कतारमा टिकट काट्न नसकेका अलपत्र नेपालीलाई नि:शुल्क टिकट उपलब्ध गराइने

कतारमा टिकट काट्न नसकेका नेपालीलाई टिकट उपलब्ध गराइने भएको छ। कतारस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ (एनआरएनए) कतार र नेपाली व्यवसायी सङ्घ कतारले टिकट काट्न नसक्ने ५५ जना नेपालीलाई स्वदेश फिर्तीको लागि टिकटको व्यवस्था गर्ने भएको छ।

एनआरएनए कतारबाट २० वटा, नेपाली व्यवसायी सङ्घबाट २० वटा र नेपाली दूतावासबाट १५ वटा गरी ५५ वटा टिकट उपलब्ध गराउन लागिएको एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षेत्री जानकारी दिएका छन्।

प्रवक्ता क्षेत्रीका अनुसार लामो समयदेखि अस्पतालमा बसेका, कोरोना भाइरसको महामारीबाट रोजगारी गुमाएर पैसाकै कारण स्वदेश फर्किन नसकेका तथा गम्भिर स्वास्थ्य समस्या भएकाहरूलाई पहिलो चरणमा स्वदेश फर्काउनको लागि टिकट उपलब्ध गराइने छ।

कतारमा रहेका स्थापित विभिन्न सङ्घसंस्थाहरूलाई पीडित नेपालीहरूको विवरण इमेल मार्फत पठाउन अनुरोध गरिएको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्त्तदाले बताए।

यसअघि कतारबाट कोरोना कारण लगायत विभिन्न कारणले स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये २ हजार ४ सय ६ जना नेपाली नागरिकहरू स्वदेश फर्किएका छन्। अब दोश्रो चरणको उडान यही जुलाई १७ मा नेपाल र हिमालय एयरलाइन्सले उडान गर्ने तय भएको छ।

यस्तै जुलाई १८ र २० मा पनि हिमालय एयरलाइन्सले दुई र नेपाल एयरलाइन्सले दुई वटा उडान गर्ने छ भने कतारबाट दोश्रो चरणमा ६ जहाजले उडान गर्ने दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले जानकारी दिएका छन्। कतार लगायत खाडीका अन्य देशहरूमा टिकट काट्न नसकेकै कारण धेरै नेपालीहरू समस्या रहेका छन्।

भर्खरै प्रकाशित

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…

बंगलादेश : कुनै बेला गरिबीको चपेटामा परेको देश बन्यो विश्वकै…

ढाका। ढाकाको ब्यस्त सडकबाट दुई घण्टा दक्षिणतर्फ लागेपछि एउटा धुलौटे सडक आउँछ। रिक्साबाट त्यो धुलौटे सडक पार गर्दा पुगिन्छ एउटा अत्याधुनिक गार्मेन्ट फ्याक्ट्री जहाँ दैनिक…

सांसदको उपचार खर्च २०० प्रतिशतले बढ्यो

४ कात्तिक, काठमाडौं । संघीय सांसदको उपचार खर्च २०० प्रतिशतले बढेको पाइएको छ । गत आर्थिक वर्ष (२०७६/०७७) को पहिलो तीन महिना (साउन, भदौ र…

सांसदले मात्र किन सरकारी कर्मचारीहरूले पनि दसैं भत्ता कोरोना कोषमा…

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा संघीय सांसद बाबुराम भट्टराईले सांसदले मात्रै नभएर कर्मचारीले पनि दसैं भत्ताबापतको रकम फिर्ता गर्नुपर्ने आशय व्यक्त गरेका छन् । दसैं भत्ताको…

लुम्बिनी प्रदेश : प्रदेशको राजधानी भएपछि तमसुक बनाउँदै महंगोमा जग्गा…

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी घोषणा हुनासाथ काठमाडौं बस्दै आएका नेकपाका एक नेताका नातेदार दाङको देउखुरी पुगे । उनले मजगाउँ भन्ने स्थानमा १३ कठ्ठा जग्गा…