अमेरिकामा २०२० को अन्तिमसम्म कोरोनाको खोप आउँछ : फाउची

काठमाडौं । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले यस सन् २०२० को अन्तिमसम्ममा अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप बजारमा आउने बताएका छन् । उनले अहिले अनुमान गरिएको समयसीमाको विषयलाई लिएर आफू निकै खुसी रहेको पनि बताएका छन् ।

फाउचीले खोप निर्माणमा अमेरिकालाई चीनले पछि पार्छ कि भन्नेमा आफ्नो कुनै चिन्ता नरहेको उनको भनाइ छ । उनले सबै एउटै बाटोमा हिँड्न नसक्ने भन्दै चीनले कोरोना भाइरसको खोप अमेरिकाभन्दा पहिला निर्माण गर्न नसक्ने पक्का रहेको बताए ।

यद्यपि कोरोना भाइरसविरुद्धको खोपले कति समयसम्म मानिसलाई कोरोना भाइरसबाट बचाउँछ भन्ने प्रश्न भने अझै पनि बाँकी रहेको फाउचीको भनाइ छ ।

बुधबार अमेरिकी कम्पनीले निर्माण गरेको खोप परीक्षणको महत्वपूर्ण चरण सफल रहेको दाबी गरिएको थियो । अब यो खोपको अन्तिम चरणको परीक्षण बाँकी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसलाई निकै ठूलो समाचार रहेको बताएका थिए ।

स्रोत : बीबीसी

भर्खरै प्रकाशित

भोलिबाट लाइसेन्सको कोटा हट्ने अनलाइन फारम खुल्ने

भोलिबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम खुल्ने भएको छ। योसँगै निश्चित कोटा सिस्टम पनि हट्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी…

नेपाली ‘टिनेजर’ युवतीहरुको मनमा बस्ने यी युवा को हुन् ?

नेपालली सामाजिक संजालमा एउटा तस्विर छाइरहेको छ। शारीरिक सुपमा सुगठित, अग्लो कद, लामो कपाल त्यसैमा शरिरैभर ट्याट्यु। झट्ट हेर्दा नेपाली जनजाती युवा जस्तै देखिने अनुहार…

सत्ताबाट उत्रिएपछि डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थाले

सत्ताबाट उत्रिएका अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थालेका छन्। गत वर्षको राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका ट्रम्पले पराजित भएपछि…

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भने झैँ भयो पोम्पेओसहित…

काठमाडौं । चीनले अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओसहित डोनाल्ड ट्रम्प प्रशासनका २८ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । आफ्नो आन्तरिक मामिलामा दखल दिएको भन्दै चीनले…

डोनाल्ड ट्रम्पले गरेका फोहोर सफा गर्दै जो बाइडेन, सत्तामा आएलगतै…

काठमाडौँ। डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी सरकारले गरेका विभिन्न गल्तिहरु बाइडेन सरकारललाई कसरी डिल गर्ने भन्ने चुनौती थपिएको छ। ट्रम्पका कारण चीनसंग बिग्रिएको आर्थिक कारोबार,  इरान…