अध्यक्ष दाहाल र माधवकुमार नेपालले मागे प्रधानमन्त्रीको फेरि राजीनामा

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीसँग प्रधानमन्त्री पदबाट राजीनामा दिन माग गरेका छन् । पार्टीभित्रको विवाद सुल्झाउने र शुक्रबारको स्थायी कमिटी बैठक सुरु गर्ने विषयमा सहमति जुटाउने प्रयासका लागि बिहीबार तीन शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो ।

सोही छलफलमा अध्यक्ष दाहाल र नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिन ओलीलाई सुझाएका हुन् । स्रोतका अनुसार ओलीले पनि दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याएका छन् ।

दुवै समूहले आ–आफ्ना अडान कायम राखेपछि छलफल निष्कर्षविहीन भएको छ ।
आजको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । महासचिव पौडेलले छलफल भए पनि कुनै निष्कर्ष ननिस्केको बताए । उनका अनुसार शुक्रबारको स्थायी कमिटी बैठक स्थगित नगर्ने सहमति पनि छलफलमा भएको छ ।

मंगलबार र बुधबार ओलीसँग भएको छलफलमा विवाद समाधानमा ठोस सहमति नभएपछि बिहीबार दाहालले नेपाललाई पनि छलफलका लागि लगेका थिए । दाहाल र नेपाल बालुवाटार जानुअघि दाहाल निवास खुमलटारमा यस समूहका सचिवालयका ६ नेताको बैठक भएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार खुमलटारमा भएको सहमतिअनुसार दाहाल र नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिन ओली आग्रह गर्ने र नदिने अडान दोहोर्‍याए थप कदम चाल्ने जानकारी दिने सहमति भएको थियो ।

एजेन्डा र प्रधानमन्त्रीको राजीनामाको विषयमा नेकपामा अहिले दाहाल र नेपाल एउटै समूहमा छन् ।

१० असारबाट जारी स्थायी कमिटी बैठकमा दाहाल र नेपालले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् । प्रधानमन्त्री ओलीले कुनै पनि पद नछाड्ने अडान दोहोर्‍यारहेका छन् ।

बुधबार दाहालसँगको छलफलमा पनि प्रधानमन्त्री ओलीको यही अडान थियो । बरु उनले चाँडो महाधिवेशन गरेर पार्टीको एकल नेतृत्व लिन आग्रह दाहाललाई प्रस्ताव गरेका थिए । तर, दाहाल–नेपाल समूह तत्काल ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने पक्षमा छन् ।

भर्खरै प्रकाशित

भोलिबाट लाइसेन्सको कोटा हट्ने अनलाइन फारम खुल्ने

भोलिबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम खुल्ने भएको छ। योसँगै निश्चित कोटा सिस्टम पनि हट्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी…

नेपाली ‘टिनेजर’ युवतीहरुको मनमा बस्ने यी युवा को हुन् ?

नेपालली सामाजिक संजालमा एउटा तस्विर छाइरहेको छ। शारीरिक सुपमा सुगठित, अग्लो कद, लामो कपाल त्यसैमा शरिरैभर ट्याट्यु। झट्ट हेर्दा नेपाली जनजाती युवा जस्तै देखिने अनुहार…

सत्ताबाट उत्रिएपछि डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थाले

सत्ताबाट उत्रिएका अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थालेका छन्। गत वर्षको राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका ट्रम्पले पराजित भएपछि…

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भने झैँ भयो पोम्पेओसहित…

काठमाडौं । चीनले अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओसहित डोनाल्ड ट्रम्प प्रशासनका २८ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । आफ्नो आन्तरिक मामिलामा दखल दिएको भन्दै चीनले…

डोनाल्ड ट्रम्पले गरेका फोहोर सफा गर्दै जो बाइडेन, सत्तामा आएलगतै…

काठमाडौँ। डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी सरकारले गरेका विभिन्न गल्तिहरु बाइडेन सरकारललाई कसरी डिल गर्ने भन्ने चुनौती थपिएको छ। ट्रम्पका कारण चीनसंग बिग्रिएको आर्थिक कारोबार,  इरान…