चार्टर्ड उडानका टिकट बेच्न यूएईमा बिचौलीयाको विगविगी, दूतावासले दियो चेतावनी

काठमाडौँ । आबुधाबीस्थित नेपाली दूतावासले सरकारले तोकेभन्दा महँगोमा हवाइ टिकट बिक्री गरे कार’वाही गर्ने चेतावानी दिएको छ । कोरोना महामारीका कारण समस्यमा परी यूएईबाट स्वदेश फर्कन लागेका नेपालीहरु बिचौलीयाबाट ठगिएका गूनासो आउन थालेपछि दूतावासले यस्तो चेतावानी दिएको हो।

दूतावासले बुधबार एक सूचना जारी गर्दै सरकारले तोकेभन्दा बढी भाडा नर्तिन सचेत गराएको छ । सरकारले नेपाल एयरलाइन्सका लागि दुबईबाट ३६० अमरिकी डलर र हिमालय एयरलाइन्सका लागि आबुधाबीबाट ३८५ डलर भाडादर तोकेको छ । त्यस्तै अन्य विदेशी एयरलाइन्सका हकमा पनि सम्बन्धित सेवा प्रदायक कम्पनीले तोकेभन्दा बढी पैसा नर्तिन समेत दूतावासले अनुरोध गरेको छ ।

स्वदेश फर्कन लागेका नेपालीहरुलाई राम्ररी बुझेर मात्रै टिकट खरिद गर्न दूतावासले सुचित गरेको छ । सरकारले तोकेको भन्दाबढी भाडा असु्ल गरी कसैले हवाइ टिकट किनबेच गरेमा कारवाही गरिने चेतावनी दिएको छ ।

भर्खरै प्रकाशित

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू भएको छ। वातावरण प्रभाव मूल्याङ्कनलाई ध्यान नै नदिई म्याग्दी र पर्वतको सिमानाबाट नदीको ठुलो पहिरोमा बाँध…

अमेरिका र ताइवानलाई चे’तावनी दिन चीनले देखायो यु’द्धविमानको भिडियो

चीनको एक लडाकू विमानका पाइलटले विदेशी यु’द्धविमानलाई ख’तरनाक चु’नौती दिएको र चिनियाँ हवाईक्षेत्र त्याग्न बाध्य बनाएको एक भिडियो चीनले सार्वजनिक गरेको छ । सरकारी टेलिभिजन…

नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो…

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर प्रश्न गरेका छन् । हालै ‘रअ’…

चर्चित गायिका नेहा कक्कडले गरिन् बिहे

मुम्बई । बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह बन्धनमा बाँधिएकी छन् । उनले शनिबार अर्थात २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन् । दुबैको विवाह…

चिनियाँ इन्जिनियरहरुले ७ हजार ६०० टनको भवन उठाएर ६२ मिटर…

काठमाण्डाै – चीनको शङ्घाई सहरका इन्जिनियरहरुले सात हजार ६ सय टनको एक विशाल भवनलाई त्यो रहेको ठाउँबाट अन्यत्रै सारेका छन् । इन्जिनियरहरुले सन् १९३५ मा…