आजदेखि अनलाइन कक्षा बन्द गर्ने घोषणा

काठमाडौं – आफ्ना मागको कार्यान्वयनमा सरकारका तर्फबाट कुनै चासो नदिएको भन्दै निजी शैक्षिक संस्थाका सञ्चालकहरूले बिहीबारदेखि शिक्षण सिकाइका सबै क्रियाकलाप बन्द गर्ने घोषणा गरेका छन् ।

यसबाट विगत तीन महिनादेखि निजी विद्यालयले सञ्चालन गर्दै आएको अनलाइन कक्षा लगायतका सिकाइका क्रियाकलाप पूर्णरूपमा बन्द हुने भएका छन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन.प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटा तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीका पुरीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कक्षा बन्द गर्ने घोषणा गरेका हुन् ।

बुधबार संयुक्त विज्ञप्ति जारी गरी यी दुई संस्थाले मासिक शिक्षण शुल्क, अनलाइन शुल्क लगायतका विषयमा सरकारले कुनै निर्णय नलिएकाले बाध्य भएर अनलाइन कक्षा बन्द गर्नु परेको जनाएका छन् ।

एन.प्याब्सनका अध्यक्ष सापकोटाले तीन महिनाको अवधिमा पनि मन्त्रालयले आफूहरूका समस्या समाधानमा ध्यान नदिएपछि विरोधस्वरूप अनलाइन कक्षा बन्द गरिएको बताए । ‘‘कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि तीन महिना अनलाइन कक्षा सञ्चालन गरियो, अब थेग्न सक्ने अवस्था भएन शुल्कको निधो नहुँदा घरभाडा, बैङ्कको ब्याज, किस्ता तिर्न नसकेपछि कक्षा बन्द गर्न बाध्य भयौँ’’, अध्यक्ष सापकोटाले बताए ।

यसबीचमा आफूहरूले अभिभावकबाट अनलाइन कक्षाको कुनै शुल्क नलिएको जानकारी निजी विद्यालयका सञ्चालकले जानकारी दिएका छन् । अनलाइन कक्षा सञ्चालन गर्दा विद्यालयका सञ्चालकलाई धेरै दायित्व थपिएको तर अभिभावक शुल्क तिर्न आउँदा पनि शुल्क लिन नसकिएको भन्दै अध्यक्ष सापकोटाले आफूहरू बाध्य भएर यो निर्णयमा पुगेको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरै प्रकाशित

हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदै छ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विदाई सम्बोधनको क्रममा आफूहरुले थालेको आन्दोलन बल्ल सुरु हुन थालेको बताएका छन् । एक भिडियो सम्बोधनमा ट्रम्पले भनेका…

नेपाल जतिसुकै भारत विरोधी भएपनि हामी नेपालसंग शत्रुताको कल्पना पनि…

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको भन्दै भारतको आलोचना भइरहेका बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग शत्रुता कल्पना पनि गर्न नसकिने बताएका…

चीनको अर्को चमत्कार : प्रतिघण्टा ६ सय २० किलोमिटर कुद्न…

एजेन्सी । चीनले नयाँ हाई स्पिड रेलको प्रोटोटाइप अर्थात् डिजाइन सार्वजनिक गरेको छ । यो रेल ६ सय २० किलोमिटर प्रति घण्टासम्मको गतिमा कुद्न सक्ने…

भारतले आजबाट नेपाललाई अनुदानमा खोप दिने

काठमाडौं । भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या…

नागरिक एपको समस्या हटाउन अर्को एप बनाइँदै

नागरिक एपको समस्या हटाउन सरकारले अर्को अनलाइन प्रणाली बनाउन सुरु गरेको छ। धेरै सेवाग्राहीको नागरिकता नम्बर मेल नखाएकोले नागरिकतामा भएका सानातिना गल्ती सच्याउन अनलाइन प्रणाली…