नेपालका प्रधानमन्त्रीले विश्‍वभर छरिएका हिन्दुहरुको भावनामा चोट पुर्‍याए : करण सिंह

नयाँदिल्ली । नेपाल-भारत सम्बन्धका जानकार तथा भारतका वरिष्ठ राजनीतिज्ञ करण सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले रामका सम्बन्धमा दिएको अभिव्यक्तिले विश्वभरका हिन्दुहरुको भावनामा चोट पुगेको बताएका छन् ।

सिंहले बुधबार विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीको राम पूर्वी नेपालमा जन्मिएको र भारतले कृत्रिम रुपमा अयोध्या निर्माण गरेको भन्ने भनाइको असामान्य कुरा गरेको टिप्पणी गरे ।

‘यो अपमानजनक अभिव्यक्तिले नेपाल र भारतका मात्र नभएर विश्वभरका हिन्दुहरुको भावनामा चोट पुगेको छ,’ विज्ञप्तिमा छ ।

असंगत अभिव्यक्ति दिएर प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको दूरी बढाउने नियत राखेको सिंहले आरोप लगाएका छन् । साथै दुवै देशका विवेकशील नागरिकहरुले यस किसिमका कदमप्रति सम्बन्धमा सचेत रहनु पर्ने र दुवै देशबीच युगौं पुरानो मित्रवत् सम्बन्ध जोगाउन हरसम्भव प्रयास गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले भानुजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा सीता भारतका नभएर अयोध्याका रामलाई दिएको र त्यो अयोध्या वीरगन्ज पश्चिमको गाउँ भएको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

ओलीको यही भनाइलाई लिएर नेपाल-भारतमा आलोचना भइरहेको छ । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा), विपक्षी भारतीय राष्ट्रिय कांग्रेसदेखि भारतका सन्त–महन्तहरुले समेत चर्को विरोध गरेका छन् । भारतीय सन्तमहन्तहरुको छाता संगठन राष्ट्रिय अखाडा परिषद्ले ओलीले माफी माग्नु पर्ने बताएको छ ।

भर्खरै प्रकाशित

ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गयो माधव नेपाल समूह

५ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गएको छ । अध्यक्ष ओलीले सर्वोच्च अदालतको…

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’ :…

जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र राजधानी ३ बर्ष वितिसक्दा पनि सरकारले तोक्न सकेको छैन । आईतबार प्रदेश २ को नाम र स्थायी…

विवाह गर्न जन्म दर्ता वा नागरिकता अनिवार्य

पश्चिम । जिल्लाका पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नुपूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ । उनीहरूकहाँ विवाहका लागि लगन हेराउन गएकाहरूले जन्मदर्ता वा नागरिकता…

बादलको खाली स्थानमा ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल आइतबारदेखि राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन् । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन…

प्रधानमन्त्री ओलीले बोलाएको बैठक रोक्न बोहराको आग्रह

५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन् । एमालेको…