दक्षिणी चीन सागरबारे अमेरिकाले गर्यो चीनविरुद्ध ठूलो घोषणा, चीनले लिनेछ यस्तो ए’क्शन

काठमाडौं। अमेरिकाले दक्षिणी चीन सागरबारे ठूलो घोषणा गरेको छ । अमेरिकाले दक्षिणी चीन सागरमा चीनले गर्दै आएको दावीलाई गैरकानुनी भन्दै अस्वीकार गरेको छ ।

ट्रम्प प्रशासनले सोमबार ठूलो नीतिगत निर्णय गर्दै दक्षिणी चीन सागरमा चीनको दावीको कुनै कानुनी आधार नभएको र यस क्षेत्रमा चीनले एकतर्फी रुपमा आफ्नो आधिपत्य थोपर्न नसक्ने बताएको छ । अमेरिकाले २१ औं शताब्दीमा चीनको आक्रामक दृष्टिकोणको लागि कुनै स्थान नभएको बताएको सीएनएनको रिपोर्टमा जनाइएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भने ‘विश्वले बेइजिङलाई दक्षिणी चीन सागरलाई आफ्नो समुद्री साम्राज्य बनाउन दिने छैन । अमेरिका आफ्ना दक्षिण पूर्वी एसियाका सहयोगी देशहरुको साथमा छ र अन्तर्राष्ट्रिय कानुन अनुसार उनीहरुको सम्प्रभुता र संसाधनमा उनीहरुको अधिकारको सुरक्षा गर्नेछ ।

अमेरिका दक्षिण चीन सागर वा कुनै पनि अन्य ठूला इलाकामा शक्तिको बलमा कब्जाको हरेक प्रयासलाई अस्वीकार गर्दछ र समुद्री षेत्रको सुरक्षामा अन्तर्राष्ट्रिय समुदायको साथमा छ ।’

अमेरिकाको यो घोषणापछि चीनको पनि प्रतिक्रिया आएको छ । चिनियाँ दूतावासका प्रवक्ताले भने ‘अमेरिकाले दक्षिण चीन सागरको विषयमा दिएको बयानमा जानीजानी तथ्यहर तोडमरोड गरिएको छ र क्षेत्रमा स्थिति बढाइचढाइ पेश गरिएको छ ।

यो चीन र अन्य देशहरुबीच विवाद उत्पन्न गराउने प्रयास हो र हामी यसको कडा विरोध गर्दछौं ।’ दक्षिण चीन सागरमा चीनसँग भियतनाम, इण्डोनेशिया, मलेसिया, ब्रुनाइ, फिलिपिन्स र ताइवानको विवाद छ ।

नाइन ड्यास लाइनको नामबाट चिनिने यस क्षेत्रमा चीनले आफ्नो दावी पेश गर्दै आइरहेको छ र आफ्नो दावी बलियो बनाउन यहाँ कृत्रिम द्वीप बनाइरहेको छ ।

चीनले विगत केही दिनमा यस क्षेत्रमा आफ्नो जलसेनाको उपस्थिति बढाइरहेको छ जसबाट दक्षिण चीन सागरमा तनाव बढिरहेको छ । पोम्पियोले भने ‘चीनले गैरकानुनी तरिकाले समुद्री क्षेत्रमा दावी गर्न सक्दैन चाहे त्यो स्कारबरो रीफ होस् वा स्पार्टली द्वीपमा विशेष आर्थिक क्षेत्र ।’ पोम्पियोले स्पार्टली द्वीपमा १२ नटिकल माइल भन्दा बाहिरको क्षेत्रमा चीनको दावी अमेरिकाले अस्वीकार गर्ने बताए ।

यसका अलावा मलेसियाबाट ५० नटिकल माइल र चीनको समुद्री तटबाट १ हजार नटिकल माइल टाढा रहेको जेम्स शोलमा चीनको दावी पनि गैरकानुनी भएको अमेरिकाले बताएको छ ।

भर्खरै प्रकाशित

रअ प्रमुख प्रचण्डलाई भेटे भन्नु भ्रम हो : सचिवालय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट गरेको भन्न्नु भ्रम भएको सचिवालयले जनाएको छ। बिहीबार बिहान विज्ञप्ति…

के नेपाल आफ्नो भूमिको दावीबाट पछि हटेको हो ? नेपाल…

काठमाडौं। कालापानी लिपुलेक र लिम्पियाधुरामाथि आफ्नो दावीबाट नेपाल पछि हटेको भन्दै भारतमा खुसीयाली बढेको छ । भारतीय विश्लेषकहरुले नेपाल पछिल्लो समय भारतसँग सीमा विवाद नबल्झाउने…

चिनियाँ कुटिल कुटनीति : यस कारण चीन चाहन्छ यसपालिको चुनाव…

वासिङ्टन । अमेरिकामा नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचन चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूका लागि लामो समयदेखि चासो र दिग्दारीको विषय बन्ने गरेको छ । संसारकै सबैभन्दा…

चीन र ताइवानका कूटनीतिज्ञबीच फिजीमा कु’टाकुट

काठमाडौं । चीन र ताइवानको बीचमा अहिले तनाव बढिरहेको अवस्थामा फिजीमा भने यी दुई मुलुकका कूटनीतिज्ञबीच कु’टाकुट भएको समाचार सार्वजनिक भएको छ । ताइवानका अनुसार…

गुप्तचर संस्थाका प्रमुख विमान चार्टर्ड गरेर प्रधानमन्त्री भेट्न आउनु सार्वभौम…

गुप्तचर संस्थाको प्रमुख विमान चार्टर्ड गरेर नेपालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई भेट्न आएको विषयलाई कूटनीतिज्ञहरूले एउटा सार्वभौम देशको दुर्भाग्य भनेका छन् । ‘हाम्रा प्रधानमन्त्रीले उताका प्रधानमन्त्रीसँग,…