कतारले १४० जना नेपाली नागरिकलाई डिपोर्ट गर्यो

दोहा । कतारमा आममाफी पाएका, विभिन्न अभियोगमा बन्दी जीवन बिताएका र कतारको डिपोर्टेशन सेन्टरमा रहेका १४० जना नेपालीलाई डिपोर्ट गरिएको कतारस्थित नेपाली दूतावासका द्वित्तिय सचिव प्रवीण भट्टराईले जानकारी दिएका छन् ।

उनीहरुलाई विभिन्न समयमा कानुन उल्लघंनको गरेर पक्राउ गरी फिर्ती केन्द्रमा राखिएको थियो । कोरोनाको कारण देखाउँदै कतारले आममाफी पाएका तथा बन्दी जीवन बिताएका र फिर्ती केन्द्रमा रहेका नेपालीहरुलाई यहाँ भन्दा पहिला पनि डिपोर्ट गरेको थियो ।

डिपोर्ट गरिएका १४० जनालाई लिएर दोहाबाट काठमाडौँका लागि कतार एयरलाइन्सको जहाज उडेको सचिव प्रवीण भट्टराईले बताए ।

यसअघि कतार एयरलाइन्सको पहिलो उडानमार्फद आममाफी ४३ र अर्को कतार एयरलाइन्सकै उडानमार्फत आममाफी पाएका १ सय ६३ जनालाई नेपाल पठाईसकिएको दूतावासले जनाएको छ ।

भर्खरै प्रकाशित

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…

सर्वोच्च अदालतको आदेश : अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न नपाउने फैसला सुनाएको छ । घुस लिने व्यक्ति प’क्राउ गर्न आयोगले स्टिङ अपरेसनबाट संकलन…

‘हेभी ल्यान्डिङ’ ले बिग्रिएको वाइडबडीको गियर राख्‍न २२ करोड खर्च…

नेपाल एयरलाइन्सको एयरब ए-३३० वाइडबडी जहाजको ल्यान्डिङ गियर प्रतिस्थापन गर्न २२ करोड खर्च हुने भएको छ। गएको पुसमा नेपाल एयरलाइन्सको ‘एन नाइन–एएलजेड’ नेपाली दर्ता नम्बर…

रहेनन् दाङका एक निर्भिक र निडर पत्रकार अधिकारी

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण नि’धन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय…