‘प्रधानमन्‍त्रीको स्वीस बैंकमा खाता छैन’ चरित्रहत्या गर्ने बदनियताका साथ प्रकाशित गरियो

काठमाडौं : प्रधानमन्‍त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्वीस बैंकमा खाता र रकम जम्मा रहेको समाचार गैरजिम्मेवारीपूर्ण र चरित्रहत्या गर्ने बदनियताका साथ प्रकाशित भएको बताएका छन्।

उनले ‘ग्लोबल वाच एनाइसिस’को हवाला दिँदै प्रकाशित समाचार जनतामा भ्रम छर्न र प्रधानमन्त्रीलाई बदनाम गर्न उद्यत संचारमाध्यमहरूको रवैया भएको टिप्पणी गरेका छन्।

‘ग्लोबल वाच एनालाइसिसको हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ।

स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट गर्दछु।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै थापाले लेखेका छन्, ‘जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक छ।’

ग्लोबल वाच एनालाइसिसले एक सामग्री प्रकाशित गर्दै ओलीको व्यक्तिगत सम्पत्ती विगत केही वर्षहरूमा धेरै गुणा बढेको उल्लेख गर्दै उनको स्वीस बैंकमा पैसा रहेको दाबी गरेको थियो। सोही सामग्रीलाई आधार मानेर समाचार प्रकाशित भएपछि प्रधानमन्‍त्रीका प्रेस सल्लाहकार थापाले खण्डन गरेका हुन्।

उनले सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहेको बेला बदनाम सुनियोजित षडयन्त्र गर्ने तत्वहरू सक्रिय रहेको दाबी गरेका छन्।

उनले भनेका छन्,‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रष्ट नै छ।’

थापाले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्नसमेत माग गरेका छन्।

भर्खरै प्रकाशित

भारत अमेरिकातिर ढल्कियो, अब नेपालले के गर्छ ?

यो साता दक्षिण एशिया र दक्षिणपूर्वी एशियामा विकसित घटनाक्रमले क्षेत्रीय राजनीतिमा असन्तुलनका संकेतहरु देखिएका छन् । यो असन्तुलनको बाछिटा काठमाडौंसम्म आउने प्रष्ट संकेत देखिएको छ…

दुई अमेरिकी मन्त्रीले दबाब दिँदा पनि भारतले किनेन स’शस्त्र ड्रोन

दुई अमेरिकी मन्त्रीले स’शस्त्र ड्रोन किन्न दबाब दिए पनि भारतले त्यसलाई अस्वीकार गरेको छ। नयाँ दिल्लीमा हालै भएको टु प्लस टु मन्त्रीस्तरीय बैठकमा भारत र…

पाटनका डाक्टरले प्रधानमन्त्रीलाई लेखे पत्र- उकुसमुकुस भइसक्यो!

सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार ! नेपालमा कोरोना महामारी सुरू भएलगत्तै कोरोना संक्रमित बिरामीको उपचार गर्दै आएको पाटन अस्पतालको म एक फ्रन्टलाइन चिकित्सक हुँ। समाचारहरूमा ‘पाटन अस्पतालमा…

हङकले अमेरिकाविरुद्ध मुद्धा हाल्ने, यस्तो छ कारण !

हङकङमा बनेका सामानमा अमेरिकाले ‘मेड इन चाइना’ लेख्न थालेपछि विवाद चर्किएको छ। बिबिसीका अनुसार चीनले नयाँ सुरक्षा कानुन लागू गरेसँगै हङकङ अब छुट्टै स्वायत्त राज्य…

प्रचण्ड एघार दिन पछाडि बालुवाटारमा

१५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एघार दिन पछाडि बालुवाटार गएका छन् । अर्का अध्यक्ष एवम्…