कसरी जम्मा भयो प्रधानमन्त्री ओलीको स्वीस बैंकमा ५५ लाख डलर ?

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकमा खाता रहेको र त्यसमा ५५ लाख डलर जम्मा भएको सनसनीपूर्ण खुलासा ग्लोबल वाच एनालिसिसले गरेको छ । आज प्रकाशित उसको रिपोर्टमा जेनेभाको मिराबौड बैंकमा उक्त खाता रहेको रोल्यान्ड ज्याकार्डद्वारा तयार पारिएको रिपोर्टमा उल्लेख छ ।

बौलेभार्ड जर्जस फेभन भवनमा उक्त बैंक रहेको छ । ओलीको पत्नी राधिका शाक्यसँग संयुक्त खाता रहेको समाचार रिपोर्टमा भनिएको छ । उक्त रकम लामो समयका लागि निक्षेपमा रहेको र वार्षिक ५ लाख डलर आरामले फिर्ता हुने गरेको समेत उल्लेख छ । जम्मा भएको रकम नेपाली ६६ करोड ३४ लाख हुनआउँछ । वर्षेनी आउने रकम नेपली रुपैयाँ ६ करोड हो ।

प्रधानमन्त्री ओलीको केही वर्ष यता सम्पत्ति निकै बढेको भनिएको छ । सम्पत्ति कसरी जम्मा भयो भनेर समेत लेखिएको छ । जसमा उनले चिनियाँ कम्पनिसँग गर्न लगाएको सम्झौताहरुवापत् प्राप्त भएको कमिशन भनिएको छ । हङकङमा रहेका चिनियाँ कम्पनि चाइना कम्युनिकेशन सर्भिस र जेटीईसँगको सम्झौता उल्लेख छ । ती कम्पनिहरुसँग क्रमशः रेडियो पहुँच सञ्जालको विकास र नेपाल टेलिकमको फोर जी नेटवर्क जडानका लागि सम्झौता भएको थियो ।

उक्त योजना १९ अर्ब नेपाली रुपैयाँ बराबरको थियो । बुढिगण्डकी जलविद्युत आयोजना विना प्रतिष्पर्धा दिइएको विषयबारे उल्लेख छ । यसअघि शेरबहादुर देउवाले गरेको निर्णय उल्टाउनुमा चिनियाँ कम्पनिको चाहना अनुसार पनि भएको रिपोर्टमा भनिएको छ ।

टेलिकम्युनिकेशनको ठेक्कासम्बन्धी गतिविधिमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालको छोराको नाम पनि जोडिएको छ ।
चिनियाँ कम्पनिहरुले भिडियो कन्फरेन्सको सुविधासहित डिजिटल एक्सन रुम प्रधानमन्त्री कार्यालयमा बनाउन ठेक्का पाएको उल्लेख छ ।

ओली पहिलोपटक प्रधानमन्त्री बन्दा र दोस्रो पटक प्रधानमन्त्ती बन्दा चीनसँग सम्बन्ध गाँसेर भ्रष्टाचारहरु गरेको दाबी गरिएको छ । उनले तत्कालिन चिनियाँ राजदुन हु चुन्ताईको सहयोगमा कम्बोडियाको टेलिकम्युनिकेशनमा लगानीको प्रक्रिया चालेको भनिएको छ । उक्त डिल दिवंगत व्यवसायी आङ छिरिङ शेर्पाले टुंगोमा पुर्याएको रिपोर्टमा उल्लेख छ ।

स्वीस बैंकहरु कालो धन लुकाउने स्वर्ग बनेको तथ्य बेला बेलामा सार्वजनिक हुनेगर्छ । त्यहाँ बैंकिङ गोपनीयता खुलाउनेलाई जघन्य अपराध मानिन्छ । त्यसैले कसैले पनि खुलाउँदैन । यति गोप्य रहने स्वीस बैंकमा प्रधानमन्त्री ओलीको रकम जम्मा भएको विषय बाहिरिनुलाई गम्भीर रुपमा लिइएको छ । रिपोर्टर्सनेपाल 

भर्खरै प्रकाशित

रहेनन् दाङका एक निर्भिक र निडर पत्रकार अधिकारी

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण नि’धन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय…

खाडी मुलुक हिँडेका १२६ जना विमानस्थलबाटै फर्काइए

काठमाडौं । कोरोना परीक्षणसम्बन्धी सुरिया ल्याबको रिपोर्ट बोकेका १२६ जनालाई विमानस्थलबाटै फर्काइएको छ। खाडी मुलुक उड्ने तयारीमा रहेका १२६ जना नेपाली र भारतीय कामदारलाई त्रिभुवन…

एसएलसी फेल भएर दुबई गए, बुर्ज खालिफामा काम गरेर ‘इञ्जिनियर’…

घुम्नका लागि दुबई जाने धेरैजसो बुर्ज खालिफा चढेर मात्र फर्कन्छन्। नभए, यो टावरलाई पृष्ठभूमि पारेर फोटो खिचाउन त प्राय: कसैले छोड्दैनन्। विख्यात अमेरिकी आर्किटेक्ट एड्रिन…

रुख चढेर क्रिकेट हेर्ने नेपाली दर्शकको बेन कुपरले गरे तारिफ

काठमाडौंमा अहिले त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट चलिरहेको छ । गत शनिबारदेखि सुरु भएको सिरिजमा सुरुको तीन दिन दर्शकसहितको खेल भएको थियो । तर सरकारको पछिल्लो…

जथाभावी मास्क फ्याँक्नेलाई कारबाही हुने, अब पाँच दिनसम्म मास्कलाई सुरक्षित…

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि काठमाण्डौ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । विशेषगरी…