सिमामा भरतको दादागिरी : एसएसबी र भारतबाट आएका युवाले हटाए नेपाल तर्फ राखिएको साइनबोर्ड

वीरगन्ज । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को दबाबमा नेपाल- भारत सीमाको दशगजा क्षेत्रमा राखिएको साइनबोर्ड हटाइएको छ। वीरगन्जको रक्सौल नाकास्थित दशगजामा रहेको मितेरी पुलबाट बोर्ड झिकिएको हो।

गत साता सो क्षेत्रमा पर्सा प्रहरीले ‘नेपाल सरकार, जिल्ला प्रहरी कार्यालय पर्सा-वीरगन्ज सीमा क्षेत्र प्रारम्भ’ लेखिएको बोर्ड राखेको थियो।

दशगजाको नेपाली भूमिमै राखे पनि एसएसबी र भारतीय युवाले बोर्ड हटाउन दबाब दिएका थिए। साइनबोर्ड राख्ने र हटाउने विषयमा मंगलबार नेपाल प्रहरी, सशस्त्र र एसएसबी बीच केही बेर भनाभन समेत भएको थियो।

बोर्डमा पर्सा प्रहरी प्रमुखको मोबाइल नम्बर पनि लेखिएको थियो। पर्सा प्रहरी प्रमुख (एसपी) गंगा पन्तले दशगजामा रहेको मितेरी पुलमा पहिले देखि नै भन्सारको बोर्ड रहेकाले जिल्ला प्रहरी कार्यालयको बोर्ड हटाइएको बताइन्।

वीरगन्ज-रक्सौल नाकामा दुई देशको पारवाहनका लागि भारतले निर्माण गरेको ६ सय मिटर लम्बाइको मितेरी पुलको आधा भाग नेपालमा र आधा भाग भारतमा पर्छ। नेपाल प्रहरीले बोर्ड राखेको स्थान भारतीय भूमिको दशगजा क्षेत्र भएको भन्दै हटाउन दबाब दिएको बताइएको छ।

एसएसबीसँगै मितेरी पुलमा आएका भारतीय नागरिकले उक्त पुल भारत सरकारको लगानीमा बनेको र त्यहाँ नेपाल प्रहरीले आफ्नो बोर्ड राख्न नहुने बताए। एसएसबीले उक्त बोर्ड हटाउनै पर्ने अडान लिएपछि प्रहरी चौकी इनर्वाका इन्चार्ज प्रहरी नायव निरीक्षक बैद्यनाथ दासले हटाए।

एपी पन्तले भनिन्, ‘वीरगन्ज भन्सारको बोर्ड पहिले देखिनै त्यहा थियो, अर्को बोर्ड राख्न आवश्यक नभएकाले हटाइएको हो।’ सीमामा रहेका नेपाली सुरक्षाकर्मीबाट ‘मिस अण्डरस्टान्डिङ’ भएपछि पुलमा बोर्ड राख्ने काम भएको उनको भनाइ छ।

त्यो खबर थाहा पाउने वित्तिकै आफूले हटाउन निर्देशन दिएको पन्तले बताइन्। पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले सो विषयमा आफूलाई कुनै जानकारी नभएको बताए।

भर्खरै प्रकाशित

२२ वर्षे ब्लगर : जसले इन्टाग्रामको एक पोष्टबाट १५ लाख…

फेसबुक, टि्वटर तथा इन्स्टाग्राम जस्ता सोसल मिडियामा दैनिक करोडौँ प्रयोगकर्ताहरुले विभिन्न सामाग्रीहरु पोष्ट गर्ने गर्छन् । आफ्ना विचार, गतिविधि, तस्वीर, भिडियो, टिप्पणी जस्ता सामाग्रीहरु सोसल…

दैनिक ३ करोडभन्दा बढीको बिजुली खेर जाँदै

काठमाडौं । यो साता केही दशैंका कारण विद्युतको माग धेरै कम भयो । सामान्यतयाः दशैंका बेलामा यसरी बिजुलीको मागमा भारी कमी आउँछ । दशैंका कारण…

दसैं मान्न घर आएका युवामा कोरोना पुष्टि, पाँच दिनका लागि…

बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जा पाँच दिनका लागि सिल गरिएको छ । दसैं मनाउन घर आएका एक युवामा दसैंकै दिन कोरोना संक्रमण पुष्टि…

मङ्गल ग्रहमा तीनवटा भूमिगत ताल, हिउँ पग्लिने तापक्रम छैन तर…

मङ्गल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन्। वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन्।…

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कार्तिक १९ गते नेपाल आउंदै

काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउँदै आउने भएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको…