अहिलेकै अवस्थामा सार्वजनिक सवारीका साधन सञ्चालन गर्न सकिँदैनः उपाध्यक्ष प्रजापति

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सानुकाजी प्रजापतिले अहिलेकै अवस्थामा सार्वजनिक सवारीका साधन सञ्चालन गर्न समस्या रहेको भन्दै सरकारले आफूहरुको मागको सम्बोधन हुनुपर्नेम जोड दिएका छन् ।

‘अहिले कोरोना कायम छ । यस्तो बेलामा गाडी चलाउँदा पर्याप्त स्वास्थ्य सुरक्षा सावधानी अपनाउनु पर्ने हुन्छ । अर्कोतिर लामो समयदेखि गाडी ग्यारेजमा रहेकाले मर्मत नगरी सञ्चालन गर्न सक्ने अवस्था पनि छैन’, उनले भने, ‘हामीले बैंकको किस्ता, ५ प्रतिशत ब्याजदरमा ऋण लगायतका विषय सम्बोधन गरिदिन सरकारसँग आग्रह गरेका छौं, त्यो पूरा नभएसम्म गाडी सञ्चालन गर्न सक्ने अवस्था नै छैन ।’

उनले अहिले पर्याप्त स्वास्थ्य सुरक्षा अपनाउन खर्चिलो हुनेहुँदा यसका लागि सरकारले आवश्यक व्यवस्था र सहजीकरण गरिदिनुपर्नेमा जोड दिए ।

यातायात सञ्चालनका क्रममा कुनै कमजोरी हुन पुगे पछि यातायात व्यवसायीले कोरोना फैलाए भन्ने आरोप आउन सक्ने भन्दै उनले यातायात सञ्चालनका लागि पूर्णतयारी जरुरी रहेको बताए ।

‘व्यवसायीलाई गाडी मर्मत गरेर निकाल्न नै समस्या रहेको अवस्थामा सेनिटाइजर, पीपीईलगायतको व्यवस्था गर्न समस्या छ । यसका लागि सरकारले पहल गर्नुका साथै चालक, सहचालकको स्वास्थ्य बिमालगायतका कुरा पनि छ, हामीलाई अहिले पैसा कमाउनु परेको होइन’, उनले भने ।

सरकारले छोटो दूरीका सार्वजनिक यातायात खुलाउने निर्णय गरेपनि अधिकांश यातायात व्यवसायी गाडी चलाएका छैनन् ।

उनीहरुले सवारी चालक र सहचालकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टीको माग गरेका छन् । साथै लकडाउन अवधिमा बैंकमा बुझाउनुपर्ने व्याज नलिन, बैंकको किस्ता तिर्ने समय बढाउनुपर्ने, गाडी मर्मत गर्न ५ प्रतिशत ब्याजदरमा कर्जा दिनलगायतका माग पनि अघि सारेका छन् ।

यातायात व्यवसायीहरु आफ्नो माग पूरा गराउन सरकारका प्रतिनिधिसँग छलफलमा जुटिरहेको भएपनि हालसम्म सहमति भइसकेको छैन।

भर्खरै प्रकाशित

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…

बंगलादेश : कुनै बेला गरिबीको चपेटामा परेको देश बन्यो विश्वकै…

ढाका। ढाकाको ब्यस्त सडकबाट दुई घण्टा दक्षिणतर्फ लागेपछि एउटा धुलौटे सडक आउँछ। रिक्साबाट त्यो धुलौटे सडक पार गर्दा पुगिन्छ एउटा अत्याधुनिक गार्मेन्ट फ्याक्ट्री जहाँ दैनिक…

सांसदको उपचार खर्च २०० प्रतिशतले बढ्यो

४ कात्तिक, काठमाडौं । संघीय सांसदको उपचार खर्च २०० प्रतिशतले बढेको पाइएको छ । गत आर्थिक वर्ष (२०७६/०७७) को पहिलो तीन महिना (साउन, भदौ र…

सांसदले मात्र किन सरकारी कर्मचारीहरूले पनि दसैं भत्ता कोरोना कोषमा…

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा संघीय सांसद बाबुराम भट्टराईले सांसदले मात्रै नभएर कर्मचारीले पनि दसैं भत्ताबापतको रकम फिर्ता गर्नुपर्ने आशय व्यक्त गरेका छन् । दसैं भत्ताको…

लुम्बिनी प्रदेश : प्रदेशको राजधानी भएपछि तमसुक बनाउँदै महंगोमा जग्गा…

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी घोषणा हुनासाथ काठमाडौं बस्दै आएका नेकपाका एक नेताका नातेदार दाङको देउखुरी पुगे । उनले मजगाउँ भन्ने स्थानमा १३ कठ्ठा जग्गा…