कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट देश सुरक्षित छैन : गगन थापा

नेकपाका साथीहरू ! राजनीतिक होइन भनेर नपन्छिनोस, अब ओलीलाई प्रमबाट बिदा गर्नोस्।’

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र रामबारे दिएको अभिव्यक्तिको व्यापक रुपमा आलोचना भइरहेको छ । सोमबार भानु जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिक अतिक्रमणमा परेको उल्लेख गर्दै भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्जदेखि पश्चिममा पर्ने बताएका थिए ।

उनले राम नेपाली भएको र भारतले विवादित अयोध्या खडा गरेको दाबी गरेका थिए । बिनाप्रमाण प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै आलोचना भइरहेको छ ।

यसैक्रममा कांग्रेस सांसद तथा पूर्वमन्त्री गगन थापाले प्रधानमन्त्री ओलीले नेकपाभित्रको आन्तरिक किचलोमा कुर्सी जोगाउन योजनाबद्ध ढंगले अस्त्र उठाउँदै राजनीतिक स्टन्ट गरेको आरोप लगाएका छन् ।

थापाले ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले ‘जे पनि बोल्ने’ प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाएँ। मेरो विचारमा-यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनाबद्ध ढंगले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो ।’

प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिँदा भारतबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने हेक्का भए पनि त्यही आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफूलाई’कथित राष्ट्रवादी’बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रुपमा संवेदनशील विषयमा असंगत अभिव्यक्ति दिएको थापाले आरोप लगाएका छन् ।

गगन थापा लेख्छन्, ‘यसले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रस्ट पार्छ । आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने,प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ।यसलाई हल्का रुपमा नलिऔं।यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पूरा हुन नदिऔं।’

सांसद थापाले प्रधानमन्त्री ओलीले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले ‘अन्टसन्ट’ बोलेको पनि आरोप लगाएका छन् । प्रधानमन्त्रीको अभिक्यक्ति प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आएको उल्लेख गर्दै थापा भन्छन्, ‘कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र !नेकपाका साथीहरू ! राजनीतिक होइन भनेर नपन्छिनोस,अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्।’

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मबारे सोमबार दिएको अभिव्यक्तिप्रति नेपाल र भारतबाट टिकाटिप्पणी र आलोचना भएपछि पराराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाई राजनीतिक विषयसँग सम्बन्धित नभएको जनाएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग र कसैको भावनामा ठेस पुर्‍याउने आशयमा व्यक्त नभएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

भर्खरै प्रकाशित

क्यान्सर पिडित खनालको उपचारकालागि जापानमा दुई हप्तामै संकलन भयो साढे…

काठमाडौँ  । विद्यार्थी भिसामा जापान गएका सुदूरपश्‍चिम प्रदेश लम्किचुवा-२ कैलालीका क्यान्सर पिडित केशव खनालको उपचारका लागि जापानमा दुई हप्तामै साढे ५१ लाख रुपैयाँ संकलन भएको छ…

धुर्मुस-सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड

चितवन । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका १५ मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई…

बिपन्न परिवारमा जन्मीएका कमान सिंह थापाको ‘कार्यालय सहयोगीदेखि उपसचिव सम्मको…

दुर्गम पहाडी जिल्ला रोल्पा नगरपालिका ४ तित्रिकोटको बिपन्न परिवारमा जन्मीएका ३३ वर्षिय कमान सिंह थापामगर नेपाल सरकारको उपसचिवमा सिफारीस भए पछि गाउँ नै खुसि भएको…

यातायात कार्यालयको सोफामा भेटियो २ लाख २३ हजार रुपैयाँ

१४ माघ, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको सोफामा लुकाएको २ लाख भन्दा बढी रुपैयाँ फेला पारेको छ । लाइसेन्स…

भाइरल सचिन : राजेश हमालसँग भिडियोदेखि ‘मेरी बास्सै’मा अभिनयसम्म

नेपाली गीतसंगीत पछिल्लो केही समयदेखि भ्यूज, ट्रेन्डिङ र टिकटकमा रमाएको छ । गीत सफलताको मापन त्यसको शब्द, संगीत, स्वर र भिडियो भन्दा पनि भ्यूज, ट्रेन्डिङ…