काठमाडौं । निर्देशक श्याम भट्टराईले अभिनेता तथा निर्देशक निश्चल बस्नेतलाई राजेश हमालको अभिनय मापन गर्ने अधिकार नभएको बताएका छन् । सामाजिक सञ्जालमा एक आक्रोसपूर्ण पोष्ट गर्दै निर्देशक भट्टराइले अश्लिल शब्द बिना चलचित्र निर्माण गरेर देखाउन बस्नेतलाई चुनौती समेत दिएका छन् ।
को हो त्यो निश्चल बस्नेत ? प्रश्नसहित लेख्न सुरु गरेका भट्टराइले राजेश हमालको हैसियतको बारेमा बोल्ने निश्चलको कुन फिल्म हिट भयो भन्ने प्रश्न समेत खडा गरेका छन् ।
‘अश्लिल शब्दलाई निकालेर फिल्म बनाएर, चलाएर देखाउ अनि बोल’ उनले अगाडि भनेका छन्– ‘तिमी र तिम्रो बुढीको पासपोटको कपी पनि मसँग छ । धेरै नबोल ।’ भट्टराइले कहाँबाट पाध्ने र कहाँबाट छाध्ने आफुलाई नसिकाउन समेत भनेका छन् ।
निर्देशक श्याम भट्टराई पछिल्लो समय अमेरिकामा छन् । आधा दर्जन फिल्म निर्देशन गरेका भट्टराईले राजेश हमालको बिषयमा निश्चलले बिभिन्न सञ्चारमाध्यममा दिएको अन्तर्वार्ता चित्त नबुझेर आफुले सामाजिक सञ्जालमा उक्त पोष्ट लेखेको बताए ।
‘मेरो निश्चलसँग व्यक्तिगत रुपमा केही दुश्मनी छैन । तर उनले विभिन्न सञ्चारमाध्यममा राजेशका कुन फिल्म हिट छ भनेको चित्त बुझेन’ भट्टराइले भने ।
राजेश हमाल नेपालका ‘अमिताभ बच्चन’ : भारतीय मिडिया
भारतको लोकप्रिय टेलिभिजन च्यानल ‘आज तक’को अनलाइन संस्करणमा नेपाली चलचित्रका सफल नायक राजेश हमालको तुलना बलिउडका सफल नायक अमिताभ बच्चनसँग गरिएको छ ।
‘आज तक’को अनलाइन संस्करणमा लेखिएको छ–‘नेपाली चलचित्रमा अमिताभ बच्चनको रुपमा चिनिने नायक राजेश हमाल भारतीय दर्शकका लागि नौलो हुन सक्छन् । तर, उनको लोकप्रियता नेपालमा भने निकै छ, जसलेगर्दा उनलाई ‘महानायक’को उपाधि समेत दिइएको छ । ५५ बर्षका राजेशको पहिचान नेपालमा भारतमा अमिताभ बच्चन र साहरुख खानको जस्तै छ ।’
आज तकले नायक राजेश हमालको तस्वीरहरु राख्दै उनको वैवाहिक जीवन र पारिवारिक जीवनलाई समेत उल्लेख गरेको छ । सन् १९८८ मा रिलिज भएको चलचित्र ‘यूगदेखी यूगसम्म’बाट नेपाली चलचित्रमा प्रवेश गरेका राजेश हमालले दर्शकमाझ गहिरो छाप समेत छाडेका छन् ।
आज तकमा अगाडि लेखिएको छ–‘राजेशको अभिनय र अध्ययनको यात्रा सजिलो भने थिएन । राजेशका पिता चुडाबहादुर हमाल राजदुत थिए । नेपालमा अभिनयलाई खासै राम्रो पेशाको रुपमा नहेरिएको अवस्थामा राजेशले चलचित्र क्षेत्रमा पाइला राखेका थिए ।’
चलचित्र क्षेत्रमा आउनका लागि हमालले पारिवारिक विरोध समेत झेलेको आजतकले उल्लेख गरेको छ ।