‘नक्कली अयोध्या’ अभिव्यक्तिबाट चौतर्फी विवादमा तानिए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि त्यसबारे आलोचना सुरु भएको छ । ओली अभिव्यक्तिको नेपाल र भारत दुवै देशमा आलोचना भएको हो ।

भारतीय जनता पार्टीका प्रवक्ता विजय सोनकर शास्त्रीले त प्रधानमन्त्री ओलीको त्यो भनाईप्रति आपत्ति जनाउँदै धर्मसँग खेलवाड गर्न नदिने बताएका छन् । प्रवक्ता शास्त्रीसँग भारतीय पत्रकारले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई कुनै जनताले स्वीकार नगर्ने प्रतिकृया दिएका हुन् ।

भारतका वामपन्थीहरुले पनि जनतासँग खेलवाड गरेको भन्दै उनले नेपालका वामपन्थीहरुले पनि त्यस्तै गर्न खोजेको बताएका छन् । ‘यसखालको अभिव्यक्तिलाई स्वीकार गर्न सकिँदैन । भगवान राम सबैका लागि विश्वासका पात्र हुन्, जोसँग नेपालका प्रधानमन्त्री वा कसैले यो विश्वासमाथि खेलवाड गर्ने अधिकार छैन’, शास्त्रीले भनेका छन् ।

राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरेका छन् । प्रधानमन्त्रीको भनाइमा अयोध्या नेपालको ठोरीमा पर्दछ। अव माहाभारतको कुरु क्षेत्र पनि नेपालको झापाको तल्लो फाँटमा छ भन्ने तथ्य प्रधानमन्त्रीले घोषणा गर्ने हो कि ?’ कटाक्ष गर्दै लोहनीले भनेका छन्, ‘प्रधानमन्त्रीको अराजक र अनियन्त्रित अभिव्यक्तिहरुको मनोविज्ञान के हो ? वास्तवमा नेपालको परराष्ट्र सम्वन्धलाई धुँजा,धुँजा पारेर नेपाललाई संकटमा धकेल्ने काम किन भइरहेछ ? प्रधानमन्त्रीकै पार्टीका नेताहरु र सवै नेपालीले सोच्ने वेला आएको छ।’

यथार्थमा ओलीको वर्तमान अभिव्यक्ति अनियन्त्रित र अराजक रहेको भन्दैजनताको पिर र पीडामा भने कुनै आवस्ता नगरेको आरोप पनि लगाएका छन् ।

राप्रपाका अर्का अध्यक्ष कमल थापाले पनि प्रधानमन्त्रीको स्तरबाट यस्ता उटपट्याङ, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त नभएको बताएका छन् । भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्नेतर्फ प्रधानमन्त्री ओलीको ध्यान गए टिप्पणी गर्दै उनले नक्सा प्रकाशित गरेर अतिक्रमित भूमि फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो नभएको धारणा राखेका छन् ।

नेकपाकै नेता एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले समेत त्यसको विरोध गरेका छन् । उनले आफ्नो ट्वीटरमा लेखेका छन्,‘पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ । अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो ।’ उनले ‘फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय’, भनेका छन् ।
तर भाषाविज्ञ लोकमणी पौडेलले सक्कली अयोध्या नेपालमै हो भन्ने यो तथ्य आफूसँग रहेको बताएका छन् ।

विगत दुई वर्षदेखि जनसमक्ष आफूले यो तथ्य राख्दै आएको भन्दै उनले यो कुरालाई कतिले नबुझेर उडाएको धारणा राख्दै सिद्ध गर्ने प्रमाण आफूसँग रहेको दावी गरेका छन् । पौडेलले आफ्नो फेसबुकमा यसका केही तथ्यहरु राखेका पनि छन् ।

भर्खरै प्रकाशित

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…

ब्राजिलमा कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिको ज्या’न गयो

अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृ’त्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका…

‘रअ’का प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ ।…

रअ प्रमुख प्रचण्डलाई भेटे भन्नु भ्रम हो : सचिवालय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट गरेको भन्न्नु भ्रम भएको सचिवालयले जनाएको छ। बिहीबार बिहान विज्ञप्ति…

के नेपाल आफ्नो भूमिको दावीबाट पछि हटेको हो ? नेपाल…

काठमाडौं। कालापानी लिपुलेक र लिम्पियाधुरामाथि आफ्नो दावीबाट नेपाल पछि हटेको भन्दै भारतमा खुसीयाली बढेको छ । भारतीय विश्लेषकहरुले नेपाल पछिल्लो समय भारतसँग सीमा विवाद नबल्झाउने…