केपी ओलीको अयोध्या र भगवान रामबारेटिप्पणीबाट भारत रुष्ट – भाजपाले गर्‍यो निन्दा, ओलीविरुद्ध खनिए भारतीय मिडिया 

भगवान रामको जन्मस्थान अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीबाट भारतको सत्तासित भारतीय जनता पार्टी (भाजपा) आ’क्रोशित भएको छ ।

प्रधानमन्त्री ओलीले सोमबार वास्तविक अयोध्या भारतमा नभई नेपालमा रहेको र भगवान राम नेपाली रहेको दाबी गरेका थिए ।

प्रधानमन्त्री ओलीले विवादास्पद अभिव्यक्ति दिएको भनि भाजपाले आलोचना तथा निन्दा गरेको हो।

भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले भगवान रामप्रतिको आस्थामा खेलवाड गर्न नहुने बताएका छन् ।

उनले भनेका छन्, ‘भगवान राम आस्थाको विषय हुन् हाम्रा लागि, यो आस्थामाथि खेल्न कसैलाई पनि दिइने छैन, नेपालका प्रधानमन्त्रीलाई पनि ।’

प्रधानमन्त्री ओलीले सोमबार भानुजयन्तीको अवसरमा बालुवाटारमा भएको कार्यक्रममा भगवान रामको जन्म नेपालको अयोध्यापुरीमा भएको तर भारतले सांस्कृतिक अतिक्रमण गरी अयोध्या भारतमा खडा गरेर रामलाई भारतीय बनाएको दाबी गरेका थिए ।

ओलीको अभिव्यक्तिको नेपालमै पनि आलोचना भइरहेका बेला भारतमा यसको तीव्र निन्दा भएको हो।

भारतीय समाचार संस्था पीटीआइले नेपालका प्रधानमन्त्री ओलीको भनाई आश्चर्यजनक र स्तब्ध पार्ने खालको रहेको उल्लेख गरेको छ ।

ओलीविरुद्ध खनिए भारतीय मिडिया 

चिनियाँ राजदुत र केपी ओलीको विषयलाइ लिएर अपतिजनक भिडियो प्रशारण गरेका भारतीय मिडियाहरु नेपाली र  कतिपय भारतीय जनताकै दवाबमा फामी मागेका थिए। केहिदिन यता नेपालविरुद्ध विषबमन गर्न रोकिएका भारतीय मिडिया प्रधानमन्त्री केपी ओलीले राम भारतीय नै होइनन भन्ने अभिव्यक्ति दिएसंगै पुनः उनिविरुद्ध खनिएका छन्।

भारतीय मिडियाको आरोप छ, ‘तथ्य र इतिहास बंग्याउने चीन जस्तै नेपालले पनि गर्न थालेको छ, शायद चीनबाटै सिकेको हुनुपर्छ’ ।

भर्खरै प्रकाशित

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…

ब्राजिलमा कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिको ज्या’न गयो

अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृ’त्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका…

‘रअ’का प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ ।…

रअ प्रमुख प्रचण्डलाई भेटे भन्नु भ्रम हो : सचिवालय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट गरेको भन्न्नु भ्रम भएको सचिवालयले जनाएको छ। बिहीबार बिहान विज्ञप्ति…

के नेपाल आफ्नो भूमिको दावीबाट पछि हटेको हो ? नेपाल…

काठमाडौं। कालापानी लिपुलेक र लिम्पियाधुरामाथि आफ्नो दावीबाट नेपाल पछि हटेको भन्दै भारतमा खुसीयाली बढेको छ । भारतीय विश्लेषकहरुले नेपाल पछिल्लो समय भारतसँग सीमा विवाद नबल्झाउने…