गजुरेलले भर्चुअल गाईजात्रा गर्ने

काठमाडौँ । हालै विश्व स्वास्थ्य संगठन डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससको नक्कल गरेको मनोज गजुरेलको प्रस्तुति रहेको कार्यक्रमको टिजर सार्वजनिक भयो । याे टिजर मनाेज गजुरेलकाे साउन १५ गतेदेखि सुरु हुने भर्चुअल ‘गाईजात्रा विशेष कार्यक्रम’को हाे ।

कोरोना संक्रमण फैलावटको जोखिम न्यूनिकरणका डिजिटल माध्यमबाट मनोरञ्जन प्रदान गर्न लागिएको ब्राण्डवर्थका प्रमुख कार्यकारी निर्देशक मोहन गजुरेलले जानकारी दिए ।

कोरोनाले गर्दा आम मानिसमा देखिएको मनोसामाजिक असर न्यूनिकरण गर्न यो कार्यक्रमले मनोवैज्ञानिकथेरापीको रुपमा काम गर्ने उनको भनाइ छ । कार्यक्रमको सम्पूर्ण सुटिङ सकिएको बताइएको छ । यो कार्यक्रम साउन १५ देखि एक सातासम्म प्रसारणमा आउनेछ ।

अर्का प्रस्तोता कवि शैलेन्द्र सिंखडाले इम्युन पावर बढाउन हाँस्यको महत्त्व रहेको बताए । कार्यक्रममा कलाकारहरु यमन श्रेष्ठ, पशुपति शर्मा, चट्याङ मास्टर, अर्जुन पराजुली, शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे , सिताराम कट्टेल, कुञ्जना घिमिरे र राजा राजेन्द्रको पनि प्रस्तुति रहनेछ । त्यस्तै कमेडी च्याम्पियनका हिमेश पन्त, सुमन कोइराला, खड्गबहादुर पुनमगर, मेक्सम गौडेल, सुमन कार्की, सुरेन्द्र केसी, जोगिन्दर पानवाला, सुवोध गौतम, दिनेश काफ्लेलगायतको प्रस्तुति रहने बताइएको छ ।

भर्खरै प्रकाशित

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…

ब्राजिलमा कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिको ज्या’न गयो

अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृ’त्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका…

‘रअ’का प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ ।…

रअ प्रमुख प्रचण्डलाई भेटे भन्नु भ्रम हो : सचिवालय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट गरेको भन्न्नु भ्रम भएको सचिवालयले जनाएको छ। बिहीबार बिहान विज्ञप्ति…

के नेपाल आफ्नो भूमिको दावीबाट पछि हटेको हो ? नेपाल…

काठमाडौं। कालापानी लिपुलेक र लिम्पियाधुरामाथि आफ्नो दावीबाट नेपाल पछि हटेको भन्दै भारतमा खुसीयाली बढेको छ । भारतीय विश्लेषकहरुले नेपाल पछिल्लो समय भारतसँग सीमा विवाद नबल्झाउने…