कोरोना संक्रमित ऐश्वर्यालाई पूर्व प्रेमीले गरे स्वास्थ्यलाभको कामना

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय वच्चनलाई आइतबार कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनलाई कोरोना संक्रमण देखिएपछि बलिउडका कलाकार र फ्यानहरुले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

कोरोनाको संक्रमण उनका ससुरा अमिताभ, पति अभिषेक र छोरी आराध्यामा पनि देखिएको छ । यसैबिच ऐश्वर्याका पूर्व प्रेमी बिबेक ओबरायले पनि ऐश्वर्या र उनको परिवारका सदस्यहरुलाई स्वास्थ्यलाभको कामना गरेका छन् ।

अभिनेता विवेकले वच्चन परिवारलाई जतिसक्दो छिटो कोरोना संक्रमण निको भएर रिर्पोट नेगेटिभ आओस् भन्दै भगवानसँग प्राथना गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन् सिनियर वच्चन र जुनियर वच्चनलाई जतिसक्दो छिटो निको होस् ।

फ्यानलाई धन्यवाद दिदै यसो भने अमिताभले

बलिउड अभिनेता अमिताभ बच्चनसहित परिवारलाई कोरोनाभाइरसको संक्रमण भएको छ । शनिबार राति अमिताभ र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण देखिएको थियो भने आइतबार पनि अमिताभकी बुहारी तथा अभिनेत्री ऐश्वर्या र नातिनी आराध्यामा कोरोना संक्रमण देखियो ।

अहिले अमिताभ र अभिषेकको मुम्बईस्थित नानावती अस्पतालमा कोरोनाको उपचार गराइरहेका छन् । यसैबीच बलिउडका कलाकार र फ्यानहरुले अमिताभको परिवारको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । अमिताभको स्वास्थ्य लाभको कामना गर्दै भारतका केही स्थानमा पुजा र हवन पनि गरेका छन् ।

यस्तै स्वास्थ्यलाभको कामना गर्ने सबै फ्यानहरुलाई अमताभले धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन् – ‘तपाईंको, चिन्ता, प्राथना र अभिषेक, एैश्वर्या, आराध्या र मेरा लागि तपाईंको शुभेच्छाप्रति म आभारी छु, सबैलाई धन्यवाद ।’

केहीदिन अघिमात्र अमिताभको स्वास्थ्य लाभको कामना गर्दै मुम्बईमा महामृत्युंजय जाप गरिएको छ । उनको स्वास्थ्य लाभको कामना गर्दै जाप गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

भर्खरै प्रकाशित

भारत अमेरिकातिर ढल्कियो, अब नेपालले के गर्छ ?

यो साता दक्षिण एशिया र दक्षिणपूर्वी एशियामा विकसित घटनाक्रमले क्षेत्रीय राजनीतिमा असन्तुलनका संकेतहरु देखिएका छन् । यो असन्तुलनको बाछिटा काठमाडौंसम्म आउने प्रष्ट संकेत देखिएको छ…

दुई अमेरिकी मन्त्रीले दबाब दिँदा पनि भारतले किनेन स’शस्त्र ड्रोन

दुई अमेरिकी मन्त्रीले स’शस्त्र ड्रोन किन्न दबाब दिए पनि भारतले त्यसलाई अस्वीकार गरेको छ। नयाँ दिल्लीमा हालै भएको टु प्लस टु मन्त्रीस्तरीय बैठकमा भारत र…

पाटनका डाक्टरले प्रधानमन्त्रीलाई लेखे पत्र- उकुसमुकुस भइसक्यो!

सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार ! नेपालमा कोरोना महामारी सुरू भएलगत्तै कोरोना संक्रमित बिरामीको उपचार गर्दै आएको पाटन अस्पतालको म एक फ्रन्टलाइन चिकित्सक हुँ। समाचारहरूमा ‘पाटन अस्पतालमा…

हङकले अमेरिकाविरुद्ध मुद्धा हाल्ने, यस्तो छ कारण !

हङकङमा बनेका सामानमा अमेरिकाले ‘मेड इन चाइना’ लेख्न थालेपछि विवाद चर्किएको छ। बिबिसीका अनुसार चीनले नयाँ सुरक्षा कानुन लागू गरेसँगै हङकङ अब छुट्टै स्वायत्त राज्य…

प्रचण्ड एघार दिन पछाडि बालुवाटारमा

१५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एघार दिन पछाडि बालुवाटार गएका छन् । अर्का अध्यक्ष एवम्…