अरु कलाकार महानायक छनौटको विवादमा, रेखा थापा भने योगामा मस्त

काठमाडौ, २९ असार । चलचित्रका कलाकारहरु विवादमा परिरहँदा नायिका रेखा थापा भने आफ्नै दुनियाँमा छिन् । उनी विवादबाट बिल्कुल टाढा छिन् । उनी कसैको पक्ष वा विपक्षमा बोलेकी छैनन् ।

अन्यायको चर्को विरोध र आलोचना गर्ने रेखा चलचित्रकै कलाकार दीपाश्री निरौला र नायक राजेश हमालको बारेमा कुनै प्रतिक्रिया दिएकी छैनन् ।

रेखा आजकल योगामा मस्त छिन् । उनको योगाको विभिन्न शैलीको तस्बिर सामाजिक सञ्जालमा पोष्ट भएका छन् । उनी योगमै रमाइरहेकी छिन् ।

दीपाले एक अन्र्तवार्तामा राजेश हमालको ‘महानायक’ पदको बारेमा पत्रकारलाई गरेको प्रतिप्रश्नले उत्पन्न विवाद अझै अन्त्य भएको छैन । उनले दर्शकसँग गल्ती स्विकार गर्दै पटक–पटक माफी मागे पनि गाली गलौज र आलोचना गर्ने क्रम अझै रोकिएको छैन् ।

दीपालाई सामाजिक सञ्जालमा गरेका दर्शकले अनावश्यक गाली गलौज र विरोधले मानसिक रुपमा असर परीरहेको भन्दै धेरै कलाकारहरुले दीपाबाट भएको गल्तीलाई माफी दिन समेत आग्रह गरिरहेका छन् । तर केही चलचित्र कलाकारहरु भने मौन छन् । उनीहरुले कुनै प्रतिक्रिया दिएका छैनन् ।

आज रेखाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘मान्छेको वास्तविक मुल्याङ्कन धेरै चुनौती र बिषम परिस्थितीको बेला हुन्छ, हरेक परिस्थितीले हामीलाई केही न केही उपहार ल्याएको हुन्छ ।’

भर्खरै प्रकाशित

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…

ब्राजिलमा कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिको ज्या’न गयो

अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृ’त्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका…

‘रअ’का प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ ।…

रअ प्रमुख प्रचण्डलाई भेटे भन्नु भ्रम हो : सचिवालय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट गरेको भन्न्नु भ्रम भएको सचिवालयले जनाएको छ। बिहीबार बिहान विज्ञप्ति…

के नेपाल आफ्नो भूमिको दावीबाट पछि हटेको हो ? नेपाल…

काठमाडौं। कालापानी लिपुलेक र लिम्पियाधुरामाथि आफ्नो दावीबाट नेपाल पछि हटेको भन्दै भारतमा खुसीयाली बढेको छ । भारतीय विश्लेषकहरुले नेपाल पछिल्लो समय भारतसँग सीमा विवाद नबल्झाउने…