युएईबाट ३५ उडान मार्फत् पाँच हजार ८ सय ५९ नेपाली स्वदेश फर्किए, ३९ हजार छन् प्रतीक्षामै

काठमाडौं । सरकारले लकडाउन घोषणा गरेपछि विभिन्न देशमा रहेका नेपालीहरू नेपाल फर्किने दिन गनेर बसिरहेका छन्। यसबीच सरकारले चार्टर उडान मार्फत् नेपालीलाई नेपाल फर्किन अनुमति दिएसँगै चर्को हवाई भाडा तिरेर नेपालीहरू स्वदेश फर्किरहेका छन्। कामदार स्वयमले नै उडान शूल्क तिरे पनि सरकारले यसलाई उद्धारको नाम दिएको छ।

जेठको अन्तिमबाट सरकारले चार्टर उडान मार्फत् नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको थियो। जसअनुरुप पहिलो पटक म्यानमारबाट नेपाली फर्किए। म्यानमार सेनाको जहाजमार्फत् २६ नेपाली स्वदेश फर्किएका थिए। आफ्ना नागरिकलाई लिन आएको म्यानमारको सैनिक विमान मार्फत् जुन ५ मा नेपाली काठमाडौं उत्रिएका हुन्।

त्यही दिन युएईबाट पहिलो चरणमा १ सय ६८ नेपाली घर आए। एयर अरेबियाको विमान मार्फत् साँझ पहिलो लटमा नेपाल आइपुगेका १ सय ६८ सहित जुलाई १२ सम्म युएईबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, एयर अरेबिया, इतिहाद एयरवेज र फ्लाइ दुबईका ३५ वटा उडानहरू मार्फत् पाँच हजार ८ सय ५९ जना नेपाली स्वदेश फर्किएका थिए। युएईको अबुधाबी, दुबई र शारजाहँबाट उनीहरू स्वदेश फर्किएका हुन्।

अझै पनि युएईमा करिब ३९ हजार नेपाली स्वदेश फर्किने दिन पर्खिएर बसेका छन्। युएईस्थित नेपाली दूतावासले अप्रिल १० देखि त्यहाँ रहेका नेपालीहरूको विवरण संकलन गर्न थालेको थियो। जस अनुरुप अनलाइन मार्फत् ३७ हजार २ सय ३० जनाले जुलाई १० सम्म विवरण उपलब्ध गराएका थिए।

उनीहरू नेपाल फर्किने पालो कुरिरहेका छन्। उनीहरूबाहेक टेलिफोन इमेल तथा फेसबुकबाट पनि नेपालीहरूले स्वदेश फर्किनका लागि दूतावासमा नाम टिपाएका छन्। उनीहरूसहित स्वदेश फर्किन चाहने ३८ हजार ९ सय ९१ जना नेपालीको नामावली दूतावासले सार्वजनिक गरेको छ।

थप १० उडानको तयारी

यसैबीच यसै साता थप १० उडानका लागि समन्वय अगाडि बढाएको छ। दुबई, अबुधाबी र शारजहाबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, एयर अरेबिया र फ्लाई दुबईका १९ उडान यस साता नेपाल आउने छन्।

जसमध्ये नेपाल एयरलाइन्सले दुबईबाट तीन उडान गर्ने छ। जसमध्ये जुलाई १५ मा २ र जुलाई १८ मा एक उडान हुने छ। त्यस्तै, हिमालय एयरलाइन्सले जुलाई १५ मै अबुधाबीबाट २ र जुलाई १८ मा अबुधाबीबाटै १ उडान हुने छ।

त्यस्तै, एयर अरेबियाका विमानले जुलाई १५ र जुलाई १८ मा शारजहाबाट नेपालका लागि दुई उडान गर्ने छन् भने फ्लाई दुबईले जुलाई १५ र जुलाई १८ मा दुबईबाट नेपालका लागि दुई उडान गर्ने छन्। दूतावासले विमान कम्पनीलाई नेपाल फर्किन चाहने ३९ हजार नेपालीको सूची उपलब्ध गराएको छ।

सूचीमा समावेशहरूले विमान कम्पनीबाट टिकट किन्न पाउने छन्।

नेपाल फर्किन चाहने नेपालीहरूको विवरण

भर्खरै प्रकाशित

केपी ओली कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने खेलमा छन् :…

काठमाडौं। नेकपाभित्र फेरि पुरानै विवादको आगो सल्किँदैछ। यसअघि प्रधानमन्त्रीको राजीनामा मागिँदा पार्टी फुटाउने, संसद भंग गर्नेजस्ता काममा ओली अग्रसर भएसँगै विवाद समाधान गर्न एउटा कार्यदल…

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…

शुक्रबार मध्यरातिबाट रोकिनेछ भारतीयसहित १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार…

दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् ।…