भारतीय बाँधले नेपालको राष्ट्रिय हितमा धक्का दियो : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारतले आफ्नो रक्षाका लागि बाँध र तटबन्ध बनाएर नेपालको राष्ट्रिय हितमा धक्का दिएको बताएका छन् ।

संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा आइतबार बाढी-पहिरोको क्षति र नियन्त्रणबारे भएको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । भारतले समानान्तर रूपमा बाँध बनाउँदा हरेक वर्ष नेपालको तराई क्षेत्र डुबान हुने गरेको गृहमन्‍त्री थापाको भनाइ थियो ।

उनले नेपालमा भारतले बनाएको बाँधका कारण डुबान नहोस् भनेर सरकारले पहल गरेको बताए । ‘‘भारतले बनाएको बाँधबाट निकास दिनुपर्‍यो नि ।

आफ्नो रक्षाका लागि बाँध बनाए पनि नेपालको राष्ट्रिय हितमा धक्का हो,’’ उनले भने, ‘‘पहल गरेका छौं तर, सार्थक देखिएको छैन । भारतीय प्रधानमन्त्री आउँदा यसबारे छलफल भएको छ। तर, कार्यान्वयन गरेका छैनन् । त्यसले गर्दा पनि समस्या भएको छ ।’’

नेपाललाई डुबानबाट बचाउन भारतले निकास दिनुपर्ने र त्यसका लागि सरकारले पहल गर्ने उनले बताए ।

भर्खरै प्रकाशित

नेपाल स्वर्ग हो : कतारी राजदूत

काठमाण्डाै – नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताउनुभएको छ । नेपालका नागरिक विश्वकै राम्रा र यहाँको प्राकृतिक वातावरण…

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू भएको छ। वातावरण प्रभाव मूल्याङ्कनलाई ध्यान नै नदिई म्याग्दी र पर्वतको सिमानाबाट नदीको ठुलो पहिरोमा बाँध…

अमेरिका र ताइवानलाई चे’तावनी दिन चीनले देखायो यु’द्धविमानको भिडियो

चीनको एक लडाकू विमानका पाइलटले विदेशी यु’द्धविमानलाई ख’तरनाक चु’नौती दिएको र चिनियाँ हवाईक्षेत्र त्याग्न बाध्य बनाएको एक भिडियो चीनले सार्वजनिक गरेको छ । सरकारी टेलिभिजन…

नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो…

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर प्रश्न गरेका छन् । हालै ‘रअ’…

चर्चित गायिका नेहा कक्कडले गरिन् बिहे

मुम्बई । बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह बन्धनमा बाँधिएकी छन् । उनले शनिबार अर्थात २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन् । दुबैको विवाह…