अस्पताल नै नगई कोरोनामुक्त भइन् १०४ वर्षीया महिला

लन्डन । बेलायतकी एक जना १०४ वर्षीया महिला कोरोनामुक्त भएकी छिन् । बेलायतकी कोरोना संक्रमित १०४ वर्षीया महिला ३ हप्ता आवासीय हेरचाह केन्द्रमै आराम गरेपछि निको भएको बीबीसीले जनाएको छ ।

केन्ट निवासी ग्रेस ग्रीनवुडलाई कोरोना संक्रमण पुष्टि भएपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो । तर अन्य जटिल समस्या नदेखिएका कारण उनलाई अस्पताल लैजानु नपरेको चिकित्सकहरुले बताएका छन् ।

ग्रेसका परिवारका सदस्यहरुका अनुसार उनी पहिले पनि विभिन्न रोगबाट ग्रसित भएको र त्यसलाई झेलेका कारण अहिलेको चुनौतीलाई सामना गर्न सकेकी हुन् । ग्रेसको जन्म बर्मा(म्यानमार) मा भएको थियो । उनले भारतमा केही समय नर्सका रुपमा काम गरेकी थिइन् । त्यसपछि उनी लामो समुद्री यात्रा तय गर्दै सन् १९४६ मा बेलायत फर्केकी थिइन् ।

लन्डनमा मेकअफ आर्टिस्टका रुपमा कार्यरत उनकी नातिनी क्रिस्टल अपोलोनिया भन्छिन्, ‘केही हप्ता पहिले उहाँ बिरामी हुनुभयो । जब चिकित्सकले उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिए हामी निकै डराएका थियौं । हामीलाई थाहा थियो हामी बसेको ठाउँमा कोरोनाबाट धेरैको मृत्यु भएको थियो ।’ आफूलाई कोरोना भाइरसको संक्रमण भएको थाहा पाएपछि पनि ग्रेस कत्ति पनि नआत्तिएको क्रिस्टल बताउँछिन् । क्रिस्टलका अनुसार उनकी हजुरआमा दृढ इच्छाशक्ति भएकी महिला हुन् । उनी अहिले पनि दैनिक रुपमा शारीरिक अभ्यासको प्रयास गरिरहेकी हुन्छिन् ।

बेलायतमा सोमबार बिहानसम्म २ लाख ९१ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ । बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ हजार ९ सय ४ रहेको छ ।

भर्खरै प्रकाशित

नेपाल स्वर्ग हो : कतारी राजदूत

काठमाण्डाै – नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताउनुभएको छ । नेपालका नागरिक विश्वकै राम्रा र यहाँको प्राकृतिक वातावरण…

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू भएको छ। वातावरण प्रभाव मूल्याङ्कनलाई ध्यान नै नदिई म्याग्दी र पर्वतको सिमानाबाट नदीको ठुलो पहिरोमा बाँध…

अमेरिका र ताइवानलाई चे’तावनी दिन चीनले देखायो यु’द्धविमानको भिडियो

चीनको एक लडाकू विमानका पाइलटले विदेशी यु’द्धविमानलाई ख’तरनाक चु’नौती दिएको र चिनियाँ हवाईक्षेत्र त्याग्न बाध्य बनाएको एक भिडियो चीनले सार्वजनिक गरेको छ । सरकारी टेलिभिजन…

नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो…

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर प्रश्न गरेका छन् । हालै ‘रअ’…

चर्चित गायिका नेहा कक्कडले गरिन् बिहे

मुम्बई । बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह बन्धनमा बाँधिएकी छन् । उनले शनिबार अर्थात २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन् । दुबैको विवाह…