माग्ने बुढाले पनि दिपाश्री निरौलाको पक्षमा आवाज उठाए, राजेश दादासंग म माफि माग्दछु

काठमाडौं – हाँस्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ ले दिपाश्री निरौलाको पक्षमा आवाज उठाएका छन् । नायिका दीपाश्रीले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न सोझाएपछि उत्पन्न विवादबारे घिमिरेले दीपाश्रीको जिब्रो चिप्लिएको बताएका छन् ।

उनले दीपाले गल्ती गरेको र माफ पनि मागिसकेको अवस्थामा पुनः दीपामाथि गालीगलौजमा उत्रिनु उचित नभएको बताएका छन् ।

‘बिगत केही दिन देखि निरन्तर रुपमा निर्देशकर कलाकार दिपा दिदी माथि तल्लो स्तरका गाली गलौज् भईरहेका छन् । हो, दिदीको गल्ति थियो,माफि पनि मागी सक्नुभयो । म पनि महानायक राजेश दादासंग ब्यक्तिगत रुपमा माफि माग्दछु । कुन गल्तिको सजायँ कति भन्ने पनि त होलानि । छिमेकीको बच्चाले साग बारी कुल्चेछ, खुट्टा भांचेर पठाईदिनेत ? दिपा दिदीको पेटमा पाप छैन तर जिब्रो चिप्लेको चांहि पक्कै हो’, उनले भनेका छन् ।

केदारले चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर रिलिज भएपछि सुरुमै १२ सय प्रतिक्रिया नकारात्मक आउँदा आफू झन्डै दोश्रो पटक डिप्रेशनमा गएको पनि उल्लेख गरेका छन् ।

‘छक्का पन्जा’को टिमबाट आफूलाई निकाल्दा चलचित्रको अस्तित्व नै सकिने भनेर आएको प्रतिक्रियामा उनले लेखेका छन्, ‘हाम्रो टिममा सबै लेखक र निर्देशक छौं । आफू आफै पनि छुट्टाछुट्टै रुपमा चलचि बनाउन सक्छौ । तर, छुट्टाछुट्टै चलचित्र बनाउँदा चलचित्र कमजोर नबनोस्, दर्शक निराश भएर नफर्किउन् भनेर हामी एक आपसमा मिल्छौ ।’

यस्तो छ उनले लेखेको स्टाटस 

आदरणीय दर्शकलाई मेरो अनुरोध: बिगत केही दिन देखि निरन्तर रुपमा निर्देशक/ कलाकार दिपा दिदी माथि तल्लो स्तरका गाली गलौज् भईरहेका छन्। हो, दिदीको गल्ति थियो,माफि पनि मागी सक्नुभयो। म पनि महानायक राजेश दादासंग ब्यक्तिगत रुपमा माफि माग्दछु। कुन गल्तिको सजायँ कति भन्ने पनि त होलानि।

छिमेकीको बच्चाले साग बारी कुल्चेछ, खुट्टा भांचेर पठाईदिनेत ? दिपा दिदीको पेटमा पाप छैन तर जिब्रो चिप्लेको चांहि पक्कै हो। अघिपछी राजेश दादाको बारेमा सकारात्मक कुरा गर्ने मान्छे,त्यो दिन दिदीको ठुलै दशा रैछ। वहां मनको दयालु हुनुहुन्छ, बर्षेनी 15 जना गरीब बच्चाहरुको स्कुल फि तिरी दिनुहुन्छ,कोही कलाकार प्राबिधिकको दुखमा पुगीहाल्नुहुन्छ, भलै बैगुण पनि होलान् । गल्ति मान्छेबाटै हुने हो, सच्चिएर अगाडी बढ्ने मौका दिनुहोस् ।

अर्को कुरा, केहि गल्ति नहुंदा पनि “छ माया छपक्कै” को ट्रेलर रिलिज हुॅदा सुरुमै करिब 1200 नेगेटिभ कमेन्ट आए, “यिनीहरुको फिल्म् फ्लप् भैहालोस्” “जोकरहरुको फिल्म् कस्ले हेर्छ र ? आदी इत्यादि। (यहि कारणले म झण्डै दोश्रो पटक डिप्रेशनमा गएको थिएं) बर्ष भरि मेहनत गरेर बनाएको फिल्म फ्लप् हुंदा कुन तत्व लाईं फाईदा पुग्दोरैछ ? मैले अहिले सम्म बुझ्न सकेको छैन । त्यो तत्व ( जो फेक आईडी सहित कमेन्टमा हाजिर हुन्छ) संग सम्बन्धित ब्यक्ति लाईत मेरो भन्नु केही छैन ।

तपाई जो सांच्चै भगवान् जस्ता दर्शक हुनुहुन्छ, कृपया आलोचना नै गर्नु परे पनि सभ्य तरिकाले गरिदिनुहोला भनि अनुरोध गर्दछु । “छक्कापञ्जा टिमबाट माग्ने निकालौं” भन्ने कुरा पनि आएको रैछ, हाम्रो टिममा सबै लेखक निर्देशक छौं, आफै आफैं छुट्टै चलचित्र पनि बनाउन सक्छौं,तर छुट्टा छुट्टै चलचित्र बनाउंदा कमजोर नबनोस्,हलमा आएका दर्शक निरास भएर नफर्किउन् भनेर एक आपसमा मिल्छौं। नेपाली चलचित्रमा सबै कुरा अन्तरराष्ट्रीय स्तरको छ, एउटै कुराको कमी छ त्यो हो स्क्रिप्ट, त्यहि स्कृप्ट को लागी अरु टिममा पनि धेरै धेरै साथिहरु एक आपसमा मिल्न जरुरी देखिन्छ। तपाईंहरुले मलाई ब्यक्तिगत् रुपमा गर्नुभएको अगाध् माया र स्नेह शिरमाराखेको छु। केही गल्ति लेखेको भए तपाई पनि माफ गरिदिनुहोला। जय माफ दिवस। जय नेपाली चलचित्र।

भर्खरै प्रकाशित

नेपाल स्वर्ग हो : कतारी राजदूत

काठमाण्डाै – नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताउनुभएको छ । नेपालका नागरिक विश्वकै राम्रा र यहाँको प्राकृतिक वातावरण…

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू भएको छ। वातावरण प्रभाव मूल्याङ्कनलाई ध्यान नै नदिई म्याग्दी र पर्वतको सिमानाबाट नदीको ठुलो पहिरोमा बाँध…

अमेरिका र ताइवानलाई चे’तावनी दिन चीनले देखायो यु’द्धविमानको भिडियो

चीनको एक लडाकू विमानका पाइलटले विदेशी यु’द्धविमानलाई ख’तरनाक चु’नौती दिएको र चिनियाँ हवाईक्षेत्र त्याग्न बाध्य बनाएको एक भिडियो चीनले सार्वजनिक गरेको छ । सरकारी टेलिभिजन…

नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो…

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर प्रश्न गरेका छन् । हालै ‘रअ’…

चर्चित गायिका नेहा कक्कडले गरिन् बिहे

मुम्बई । बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह बन्धनमा बाँधिएकी छन् । उनले शनिबार अर्थात २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन् । दुबैको विवाह…