चीनसँगको खतरालाई ध्यानमा राख्दै अमेरिकाले परमाणु हतियार निर्माणमा गर्ने

वासिङ्टन : रुस र चीनसँग बढ्दै गइरहेको खतरालाई ध्यानमा राखेर अमेरिका एकपटक फेरि परमाणु बम बनाउन जुटेको छ। उसले आगामी १० वर्षमा यो औद्योगिक उत्पादनमा करिब ७० हजार करोड डलर लगानी गर्ने प्रस्ताव गरेको छ।

यसको उत्पादन वा निर्माण दक्षिण क्यारिलोनाको सवाना नदीको किनारस्थित एउटा फ्याक्ट्री र न्यु मेक्सिकोको लस एल्मोसमा हुने बताइएको छ। अमेरिका र रुसबीच शीतयुद्धका बेला सवाना नदीको किनारस्थित फ्याक्ट्रीले अमेरिकी परमाणु हतियारका लागि ट्रिटियम र प्लुटोनियमको उत्पादन गर्ने गथ्र्यो। दुई लाख एकडमा फैलिएको उक्त फ्याक्ट्रीमा हजारौं मानिस काम गर्थे। तर, अहिले सो ठाउँमा तीन करोड ७० लाख ग्यालिन रेडियो एक्टिभ तरल फोहोर जम्मा भइसकेको छ। ३० वर्षपछि अब फेरि यहाँ परमाणु हतियार तयार गरिने भएको छ।

अमेरिकी संस्था द नेसनल न्युक्लियर सिक्युरिटी एडमिनिस्ट्रेसन (एनएनएसए) अमेरिकाको ऊर्जा विभागको एक अंग हो। यहाँ परमाणु हतियार बनाइन्छ। उक्त संस्थाले त्यहाँ रहेका सबै हतियार पुराना भइसकेका र अब ती हतियार हटाएर अर्को ल्याउन जरुरी रहेको बताएको छ। साथै संस्थाले यसमा कुनै अप्ठ्यारो मान्नु नपर्ने बताएको छ। किनभने अहिलेको नयाँ प्रविधि कैयौं गुणा सुरक्षित छ। त्यहाँका मानिस भने यो फ्याक्ट्री फेरि सुरु भए रेडियसनको असर पर्ला भन्ने त्रासमा छन्। यद्यपि ओबामा सरकारको कार्यकालमा अमेरिकी कांग्रेस र राष्ट्रपति ओबामा स्वयंले सोही ठाउँमा परमाणु हतियार निर्माण गर्ने सहमति जनाएका थिए।

सन् २०१८ मा राष्ट्रपति डोनाल्ड ट्रम्ले उक्त योजनालाई मञ्जुरी पनि दिएका थिए। यसका लागि प्रत्येक वर्ष ८० वटा खाल्डो खनिनेछ। तीमध्ये ५० दक्षिण क्यारोलिनामा र ३० न्यु म्याक्सिकोमा हुनेछन्। यहाँ प्लुटोनियमलाई फुटबलजस्तै गोलो बनाइनेछ। उक्त परमाणुले हतियारमा ट्रिगरको काम गर्नेछ।

विशेषज्ञ स्टिफन यंगले यो योजना खर्चिलो मात्र नभई उत्तिकै खतरापूर्ण रहेको बताएका छन्। सोही फ्याक्ट्रीको नजिकका एक ७० वर्षीय बासिन्दा पिट लाबर्ज नयाँ टेक्नोलोजी भन्नेबित्तिकै सुरक्षित हुन्छ भन्ने कुनै प्रमाण नभएको बताउँछन्। एनएनएसएले भने अमेरिकाले यो काम नरोक्ने बताएको छ। यो कार्य ढिलो गरे राष्ट्रिय सुुरक्षामा समेत समस्या आउने र खर्च पनि बढ्ने उसको भनाइ छ।

अमेरिकासँग परमाणु हतियार छन् ?

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले अमेरिकासँग सात हजार पाँच सय ५० वटा परमाणु हतियार रहेको बताएको छ। उसले परमाणु बमलाई मिसाइल र बम खसाल्ने विमानमा फिट गरेर राखेको छ। तीमध्ये रुसप्रति नजर राख्न एक सय ५० परमाणु बम युरोपमा राखेको छ। रुससँग ६ हजार तीन सय ७५ र चीनसँग तीन सय २० पारमाणविक हतियार छन्।

भर्खरै प्रकाशित

अफगानिस्तानी पुरुषहरुको दाह्री नकाट्न नाऊहरूलाई तालिबानको निर्देशन

काबुल । अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले नाऊहरूलाई दाह्री खौरन र छोटो बनाउन प्रतिबन्ध लगाएको छ । इस्लामिक शरिया कानुनको उल्लंघन हुने भन्दै तालिबानले नाऊहरुलाई दाह्री…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…

एकै दिन २ जहाजमा खराबी देखिएको बुद्ध एयरमाथि छानबिन हुँदै

आज सोमबार बुद्ध एयरका २ जहाजमा एकैपटक जसो समस्या देखिएको छ । समस्या देखिएका दुवै जहाज एटीआर–७२ हुन् । सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको ‘९…

साउदीमा रहेका पुरुषसँग भिडियो कलबाट विवाह गरि घर गएकी युवतीको…

सामाजिक संजालको प्रयोग र यसका सकारात्मक अनि नकारात्मक पक्षका घटनाहरु छरपस्ट भईरहदा रोल्पामा अनौठो घटना घटेको छ। फेसबुकको भिडियो कल कुराकानी अनि त्यस पछिको माया…