यूएईमा लकडाउन अवधिमा ८९ जना नेपालीको ज्यान गुमाए, कोरोनाबाट मात्रै २९ को मृ’त्यु

यूएई । संयुक्त अरब एमिरेट्स यूएईमा लकडाउन अबधिभर ८९ जना नेपालीको ज्या’न गएको छ ।

गएको चार महिनामा विभिन्न कारणले ८९ जना नेपालीको ज्या’न गएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । त्यसमध्ये २९ जनाको कोरोनाका कारण ज्या’न गएको हो । कोरोनाका कारण ज्या’न गुमाउनेमध्ये १ जना महिला र बाँकी २८ जना पुरुष रहेका छन् ।

गएको मार्च अन्तिम सातादेखि सुरु भएर जुलाई पहिलो सातासम्ममा (लकडाउन अवधिभर) यूएईमा ८९ जना नेपालीको ज्या’न गएको दूतावासले जनाएको छ । ४२ जनाको अन्त्येष्टि यूएईमै ज्या’न गुमाएका ८९ मध्ये ४२ जनाको अन्त्येष्टि यूएईमै गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको छ । ​यूएईमै अन्त्येष्टिका लागि नो अब्जेक्सन जारी गरेका ४२ जना कोरोनाबाहेक अन्य कारणले ज्यान गुमाएका हुन ।

त्यस्तै कोरोनाको कारण ज्यान गुमाउने २९ जनाको पनि अन्त्येष्टि भइसकेको छ । बाँकी १८ जनामध्ये ११ जनाको श’व नेपाल पठाइएको दूतावासले जनाएको छ । बाँकी ७ जनाको श’व अझै पनि विभिन्न अस्पतालको श’वगृहमा राखिएको छ ।

यूएईबाट क–कस्को श’व नेपाल लगियो ?

यूएईमा ज्यान गुमाएका ८९ जनामध्ये शनिबारसम्ममा ११ जनाको श’व नेपालमा आफन्तले बुझेका छन् । गएको चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्यान गु’माएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको श’व गएको जुन १९ को पहिलो उडानमा पठाइएको थियो ।

त्यस्तै, धनुषाका वीरेन्द्र दास, उदयपुरका टुकबहादुर बुढाथोकी, काठमाण्डौकी सगीता घलाङ, महोत्तरीका श्रीचरण यादव, भोजपुरका खगेन्द्र गिरी, स्याङ्जाका प्रेमबहादुर थापा र राजेन्द्र विक, सर्लाहीका देवनारायण महतो सुडी, खोटाङका इन्द्र कटुवाल र सप्तरीका राम सेवक खाङको शव नेपाल पठाइएको दूतावासकी श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिनुभयो ।

लकडाउनका कारण उडान नहुँदा यहाँ ज्या’न गुमाउनेको श’व नेपाल पठाउन सकिएको थिएन । श’व नेपाल पठाउन नसकेपछि स्थानीय प्रशासनले पटक पटक कुटनैतीक माध्यममार्फत श’व व्यवस्थापनमा सहयोग गर्न दूतावासलाई अनुरोध गर्दै आएको र दूतावासले परिवारसँगै विभिन्न निकायसँग श’व व्यवस्थामा समन्वय गरिरहेको दूतावासले जनाएको छ ।

भर्खरै प्रकाशित

भारत अमेरिकातिर ढल्कियो, अब नेपालले के गर्छ ?

यो साता दक्षिण एशिया र दक्षिणपूर्वी एशियामा विकसित घटनाक्रमले क्षेत्रीय राजनीतिमा असन्तुलनका संकेतहरु देखिएका छन् । यो असन्तुलनको बाछिटा काठमाडौंसम्म आउने प्रष्ट संकेत देखिएको छ…

दुई अमेरिकी मन्त्रीले दबाब दिँदा पनि भारतले किनेन स’शस्त्र ड्रोन

दुई अमेरिकी मन्त्रीले स’शस्त्र ड्रोन किन्न दबाब दिए पनि भारतले त्यसलाई अस्वीकार गरेको छ। नयाँ दिल्लीमा हालै भएको टु प्लस टु मन्त्रीस्तरीय बैठकमा भारत र…

पाटनका डाक्टरले प्रधानमन्त्रीलाई लेखे पत्र- उकुसमुकुस भइसक्यो!

सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार ! नेपालमा कोरोना महामारी सुरू भएलगत्तै कोरोना संक्रमित बिरामीको उपचार गर्दै आएको पाटन अस्पतालको म एक फ्रन्टलाइन चिकित्सक हुँ। समाचारहरूमा ‘पाटन अस्पतालमा…

हङकले अमेरिकाविरुद्ध मुद्धा हाल्ने, यस्तो छ कारण !

हङकङमा बनेका सामानमा अमेरिकाले ‘मेड इन चाइना’ लेख्न थालेपछि विवाद चर्किएको छ। बिबिसीका अनुसार चीनले नयाँ सुरक्षा कानुन लागू गरेसँगै हङकङ अब छुट्टै स्वायत्त राज्य…

प्रचण्ड एघार दिन पछाडि बालुवाटारमा

१५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एघार दिन पछाडि बालुवाटार गएका छन् । अर्का अध्यक्ष एवम्…