मोबाइलबाट टिकटक हटाउन कर्मचारीलाई दिएको निर्देशन गल्ती भयो : अमेजन

काठमाडौँ । अमेजन कम्पनीले आफ्ना कर्मचारीलाई “सुरक्षा जोखिम” भएको कारण देखाउँदै आ–आफ्नो सेलफोनबाट टिकटक हटाउन गरेको अनुरोध गल्ती भएको बताएको छ ।

अमेजनले शुक्रबार आफ्ना कर्मचारीहरुलाई एक इमेल पठाउदै आफ्नो मोबाइलबाट टिकटक एप हटाउन निर्देशन दिएको थियो । तर शनिबार कम्पनिले आन्तरिक मेमो पठाउदै सो निर्णय गलत भएको बताएको बिबिसीले उल्लेख गरको छ ।

अमेजनले यस अघि कर्मचारीहरुलाई सुरक्षाको कारण देखाउदै अमेजन ईमेल पहुँच रहेको कुनै पनि उपकरणहरूबाट एप्पहरु मेटाउनुपर्ने बताएको थियो ।

चिनियाँ कम्पनि टिकटकमा प्रयोगकर्ताको डाटा सुरक्षित नरहेको भन्दै आलोचना भइरहेका बेला अमेजनको यो प्रकरण अगाडी आएको हो ।

अमेजनका प्रवक्ताले बिबिसीसँग कुरा गर्दै टिकटक हटाउन दिइएको निर्देशन गलत भएकोले अहिले कम्पनिले कर्मचारीहरुलाई टिकटक एप हटाउन भनेको सो निर्णय फिर्ता लिएको बताएका छन् ।

अहिले धेरै प्रयोगकर्ता भएको भारतले टिकटकसहित ५९ चिनिया एपमा प्रतिबन्ध लगाएको छ भने नयाँ कानुनका कारण टिकटक हङकङमा समेत बन्द हुदै छ ।

भर्खरै प्रकाशित

अफगानिस्तानी पुरुषहरुको दाह्री नकाट्न नाऊहरूलाई तालिबानको निर्देशन

काबुल । अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले नाऊहरूलाई दाह्री खौरन र छोटो बनाउन प्रतिबन्ध लगाएको छ । इस्लामिक शरिया कानुनको उल्लंघन हुने भन्दै तालिबानले नाऊहरुलाई दाह्री…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…

एकै दिन २ जहाजमा खराबी देखिएको बुद्ध एयरमाथि छानबिन हुँदै

आज सोमबार बुद्ध एयरका २ जहाजमा एकैपटक जसो समस्या देखिएको छ । समस्या देखिएका दुवै जहाज एटीआर–७२ हुन् । सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको ‘९…

साउदीमा रहेका पुरुषसँग भिडियो कलबाट विवाह गरि घर गएकी युवतीको…

सामाजिक संजालको प्रयोग र यसका सकारात्मक अनि नकारात्मक पक्षका घटनाहरु छरपस्ट भईरहदा रोल्पामा अनौठो घटना घटेको छ। फेसबुकको भिडियो कल कुराकानी अनि त्यस पछिको माया…