एकैदिन २ लाख २८ हजार संक्रमित थपिए, डब्ल्यूएचओ भन्छ, कोरोनालाई निमिट्यान्न पार्न मुस्किल छ

२७ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस पूर्णरुपमा समाप्त पार्न मुस्किल हुने बताएको छ । विश्व स्वास्थ्य संगठनका इमर्जेन्सी प्रोग्राम प्रमुख डा. माइक रायनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

जेनेभामा अनलाइन पत्रकार सम्मेलन गर्दै उनले भने, ‘अहिले जुन स्थिति देखिएको छ, त्यसलाई हेर्दा कोरोना भाइरसलाई निमिट्यान्न पार्न सकिन्छ जस्तो लाग्दैन ।’

विश्व स्वास्थ्य संगठनका अनुसार वितेको २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै बढी देखिएको छ । संगठनका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमित २ लाख २८ हजार १०२ जना थपिएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हाल विश्वभर कोरोनाबाट संक्रमित व्यक्तिहरुको संख्या १ करोड २४ लाख ५९ हजार ३ सय ६३ छ । यसैगरी कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या २ लाख ५९ हजार ४ सय ३९ छ ।

अमेरिकामा सबैभन्दा धेरै ३१ लाख ८१ हजार ८ सय ४६ जना संक्रमित छन् । कोरोनाबाट दोस्रो बढी प्रभावित देश ब्राजिलमा १८ लाख बढी संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

भर्खरै प्रकाशित

अफगानिस्तानी पुरुषहरुको दाह्री नकाट्न नाऊहरूलाई तालिबानको निर्देशन

काबुल । अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले नाऊहरूलाई दाह्री खौरन र छोटो बनाउन प्रतिबन्ध लगाएको छ । इस्लामिक शरिया कानुनको उल्लंघन हुने भन्दै तालिबानले नाऊहरुलाई दाह्री…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…

एकै दिन २ जहाजमा खराबी देखिएको बुद्ध एयरमाथि छानबिन हुँदै

आज सोमबार बुद्ध एयरका २ जहाजमा एकैपटक जसो समस्या देखिएको छ । समस्या देखिएका दुवै जहाज एटीआर–७२ हुन् । सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको ‘९…

साउदीमा रहेका पुरुषसँग भिडियो कलबाट विवाह गरि घर गएकी युवतीको…

सामाजिक संजालको प्रयोग र यसका सकारात्मक अनि नकारात्मक पक्षका घटनाहरु छरपस्ट भईरहदा रोल्पामा अनौठो घटना घटेको छ। फेसबुकको भिडियो कल कुराकानी अनि त्यस पछिको माया…