यस्तो पो मानवता : एक ब’लात्कृत महिलालाई न्याय दिलाउन जसले छाडि्न दुई करोडको जागिर

सुरुमा वार्षिक तलब दुई लाख डलर। तर एउटा ठूलो वकिल कार्यालयको त्यो जागिर प्रस्ताव रेज गार्डीले लिइनन्। उनले एउटा उद्देश्यका लागि लड्नु थियो। ‘ठूलो रकम र रहरलाग्दो जागिरको लोभका बीच मैले आफूलाई निरन्तर मेरो उद्देश्य सुविधासम्पन्न जीवनशैलीभन्दा ठूलो हो भनेर सम्झाउनुपर्थ्यो,’ रेज गार्डीले भनिन्। ‘म निश्चित कारणले कानुन पढ्न गएँ… म सकारात्मक परिवर्तन ल्याउने कुरामा कानुनको शक्ति चिन्न चाहन्थेँ,’ उनले भनिन्।

जिहादी समूह इस्लामिक स्टेट आईएसले अ’पहरण गरेका, बेचबिखन गरेका र ब’ला’त्कार गरेका महिलाहरूको न्यायको लडाइँमा उनी सहभागी भइन्। ‘मेरा अभिभावकहरू त्यो क्षेत्रबाट भागेर मलाई संसारको अर्को कुनामा पुर्‍याए। तर जहाँबाट यो सुरु भएको थियो म त्यहीँ पुगेँ।’

अन्यायबीच हुर्कँदा

रेज सन् १९९१ मा पाकिस्ताको शरणार्थी शिविरमा जन्मिएकी थिइन्। उनका बाबुआमा इराकका कुर्द समुदायका थिए। उनको बाल्यकाल सद्दाम हुसैनको शासनकालमा ज्यान गु’माएका नातेदार, छिमेकी र साथीहरूको कथा सुनेर बित्यो।

जब उनी ७ वर्षकी भइन् उनको परिवार न्यूजील्यान्ड पुग्यो। उनले अध्ययनमा राम्रो गरिन् र गत वर्ष हार्भार्ड कानुन विद्यालयबाट पढाइ पूरा गरिन्। ‘म जन्मेको अवस्थाले मलाई समानता, न्याय र मानव अधिकारमा आकर्षित गर्‍यो,’ उनी भन्छिन्। ‘मैले ती कुरा भनेका के हुन् भनेर बुझ्नुभन्दा पहिले नै अन्याय र मानव अधिकारबाट वञ्जित गरेका घटनाहरू देखेँ।’

‘त्यो म पनि हुन सक्थेँ’

सन् २०१४ मा उनी उत्तरी इराकमा कुख्यात अ’प’राध भएका स्थान नजिकै महिलाहरूको बयान सङ्कलन गरिरहेकी बेला त्यस क्षेत्रमा आईएसको उदय भयो। आईएसले याजिदिज भनिने पाँच लाख जनसङ्ख्या भएको पुरातन समूदायलाई लक्षित गर्‍यो। आईएस जिहादीहरूका लागि त्यो समूदाय विधर्मी हो।

उनीहरूको आ’क्रम’णबाट बच्न हजारौँ त्रसित गाउँलेहरू नजिकैको सिन्जार पहाडतर्फ भागे। सयौँले त्यहाँ आश्रय पाए भने थुप्रै प्रचण्ड गर्मीका कारण म’रे। समातिएका युवा र अधबैँसे उमेरका पुरुषहरू मा’रिए। लन्डन स्कूल अफ इकोनोमिक्सले गत वर्ष प्रकाशित गरेको प्रतिवेदनमा सो आ’क्रम’णमा १० हजार याजिदिजहरू समातिएका वा मा’रिएका बताएको छ।

नि’यन्त्रण’मा लिइएका महिला र किशोरीहरूका लागि नर्कको जीवन पर्खिरहेको थियो। ‘त्यस्ता महिलाको कथा सुनेर बसिरहँदा उनिहरूले त्यस्तो अवस्था भोग्नुपरेको सुनेर असह्य पीडा हुन्छ र रिस उठ्छ।’ उनी प्रश्न गर्छिन्: ‘त्यो मलाई वा मेरो बहिनीलाई वा आमालाई हुन सक्थ्यो। किन कोही यस्तो अवस्थाबाट गुज्रनुपर्छ?’

यौ’नदासीहरू

ती अ’परा’धहरूलाई कुनै व्यक्तिसँग जोड्नु र त्यसको प्रमाण पेश गर्नु गार्‍हो काम हो। रेजले सञ्चारमाध्यम र मानव अधिकार समूहहरूले नभेटेका माहिलाहरू खोजिरहेकी छन्।

‘याजिदी महिलाहरूले कति चोटी उनीहरूको बेचबिखन भयो र कहाँ राखियो सम्झन सक्छन्। उनीहरूले आफूले भोगेका ब’ला’त्कार र यौ’न’हिंसाका बारेमा भन्न सक्छन्। उनीहरूले त्यस्तो अ’प’राध गर्ने आईएसका मान्छेहरू चिन्न सक्छन्,’ रेज भन्छिन्। आईएस व्यवस्थित समूह थियो र रेजका अनुसार उनिहरूले याजिदी मानिसहरूलाई विनाश गर्न खोजेको स्पष्ट ढाँचा देखिन्छ।

‘उनीहरूले पुरुषबाट महिलालाई छुट्टाए र युवतीलाई वृद्धाबाट। यसको कारण अविवाहित युवतीहरूलाई यौनदासीको रूपमा बेच्दा धेरै पैसा आउँथ्यो। धेरै वृद्धवृद्धालाई भेटिएकै स्थानमा त्यही मारियो।’ उनी यस विषयमा धेरै अनुसन्धान हुने र त्यसबाट आईएसका लडाकुहरूलाई अ’परा’धको आ’रोप लगाउन सकिने मान्छिन्।

‘यो गोप्य र धेरै संवेदनशील छ। म बोल्न सक्ने महिलाबाट मात्रै बयान टिप्छु। अझै पनि कतिपय महिला यो विषयमा बोल्न नसक्ने अवस्थामा छन्।’ उनले भ्रमणका क्रममा पत्ता लगाएकी छन् कि आईएसका ल’डाकु मात्रै अ’प’राधी छैनन्। ‘मोसुल क्षेत्रमा धनी र शक्तिशाली अरबीहरूले महिला किनेका छन्।’

न्यायको अभियान

नादिया मुराद सन् २०१४ मा ल’डा’कूले निय’न्त्रणमा लिएर यातना दिएकी र ब’ला’त्कृत’मध्ये एक हुन्। त्यो बेला उनी जम्मा २१ वर्षकी थिइन्। सन् २०१८ मा उनले अथक अभियानका लागि नोबेल शान्ति पुरस्कार जितिन् तर अन्य धेरै याजिदिज झैँ न्याय पाउन सकिनन्। ‘केही आरोपितहरू इराकमा, केही सिरियामा र केही युरोपमा समातिएका छन्। केही घटनामा अदालतमा जान मिल्ने गरी प्रमाण छन्,’ रेज भन्छिन्।

तर सिरिया यु’द्धको चपेटामा छ र इराकको कानुनी व्यवस्था समस्याग्रस्त छ। त्यहाँको कानुन व्यवस्था लैङ्गिक या’तना, मानवताविरु’द्धको अ’परा’ध र न’रसंहा’रजस्ता अ’परा’धमा न्याय दिन सक्षम नभएको अमेरिकी गैरसरकारी संस्था ग्लोबल जस्टिस सेन्टरले बताएको छ।

यद्यपि हालै इराकी अदालतले एक आईएस लडाकूलाई १४ वर्षीय याजिदी किशोरी आश्वाक हाजीलाई ब’ला’त्कार गरेको अ’प’राधमा मृ’त्युद’ण्डको फैसला गर्‍यो। जर्मनीमा बसिरहेकी आश्वाक ब’लात्का’रीविरुद्धको मुद्दा’मा बयान दिन इराक पुगिन्।

‘अब फेरि यस्तो नहोस्’

संयुक्त राष्ट्रसङ्घले आईएसले गरेका अ’पराध’हरूमाथि अध्ययन गर्न एउटा अनुसन्धान समिति बनाएको छ। बलिया प्रमाणबाहेक विश्वको साझा स्मृतिले आईएसका अपराधीहरू खोज्न मद्दत गर्ने रेजको अपेक्षा छ।

‘जब सद्दाम हुसैनले कुर्दिस बालबालिकालाई रासायनिक ह’ति’यार प्रयोग गरेर मारे, त्यो समाचार विश्वले थाहा पाउन लामो समय लाग्यो। अहिले त सारा विश्वले याजिदिहरूलाई के भयो देखेका छन्,’ उनी भन्छिन्। याजिदी महिलाहरूले न्याय पाउनेमा उनी आशावादी छिन्। ‘हामीले यस्ता घटना भविष्यमा नहोस् भनेर पनि न्यायका लागि लड्नु जरुरी छ।’

भर्खरै प्रकाशित

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…

शुक्रबार मध्यरातिबाट रोकिनेछ भारतीयसहित १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार…

दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् ।…

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…