सम्बर गुरुङ छिमेकी विक्षिप्त : जागिरको अवधि पनि धेरै वर्ष थिएन, यस्तो खबर सुन्नुपर्‍यो

काठमाडौँ । प्रमोसन भएपछि खुसी थिए उनी । भारतीय सेनामा कार्यरत गोरखाका सम्बर गुरुङ छुट्टी मिलाएर गाउँ आइरहन्थे । परिवार र छिमेकीसँग रमाउँथे । तर तिनै छिमेकी र आफन्तले शुक्रबार बिहानै दु:खद खबर सुन्नुपर्‍यो । भारतीय सीमा रक्षाका क्रममा ३६ वर्षीय गुरुङको शुक्रबार बिहान नि’धन भएको खबर सुनेसँगै परिवार र छिमेकी विक्षिप्त छन् ।

आरुघाट गाउँपालिका–१, मान्वुस्थित माझगाउँका सम्बरले गत कात्तिकमा घर आएका बेला हवल्दार भइसकेकाले अब केही वर्षमा रिटायर्ड ‘लाइफ’ बिताउने कुरा आफन्त र छिमेकीलाई सुनाएका थिए ।

‘बिहानै दु:खद खबर सुन्नुपर्‍यो,’ उनका दाजु जितबहादुर गुरुङले टेलिफोन कुराकानीमा कान्तिपुरसँग भने, ‘सिपाहीबाट हवल्दार भइसकेको थियो, जागिरको अवधि पनि धेरै वर्ष थिएन, यस्तो खबर सुन्नुपर्‍यो । १८–१९ वर्ष त भइसक्यो । अब धेरै वर्ष जागिरको अवधि थिएन ।’

सम्बरका दुई छोरी र श्रीमती काठमाडौंमा रहेको जितबहादुरले जानकारी दिए । परिवारका सदस्य र छिमेकी अहिले मृ’तकको अन्तिम संस्कारका लागि भारतीय सीमा क्षेत्र जाने तयारीमा छन् । ‘अन्तिम संस्कार कहाँ र कसरी गर्ने भन्ने त अलमलमै छौँ, काठमाडौमा बुहारी छिन्, भेट भएपछि यसबारे सल्लाह गर्छौं, तर भारतीय सीमा क्षेत्र त पुग्नै पर्‍यो, कोरोनाले गाडी चलेको छैन, पास बनाएर सीमा क्षेत्र जान लागेका छौँ ।’

जम्मू–कश्मीरको लाइन अफ कन्ट्रोल(एलओसी) क्षेत्र नजिक शुक्रबार सवेरै पाकिस्तात तर्फबाट भएको गो’ली’बारीमा जम्मू–कश्मीरको रजौरी जिल्लाको नौसेरा क्षेत्रमा खटिएका सम्बरको मृ’त्यु भएको हो ।

भर्खरै प्रकाशित

मङ्गल ग्रहमा तीनवटा भूमिगत ताल, हिउँ पग्लिने तापक्रम छैन तर…

मङ्गल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन्। वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन्।…

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कार्तिक १९ गते नेपाल आउंदै

काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउँदै आउने भएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको…

कोरोना भन्दा डरलाग्दो आइसोलेशन ! संक्रमित भन्छन्- त्यहाँ जाँदै नजानुहोस्

इटहरी : १३ दिन इटहरीको आइसोलेशनमा बिताएका रामधुनी-४ का सरोज खतिवडाका लागि आइसोलेशन जेल झै भयो। न राम्रो खाना, न राम्रो व्यवहार। ‘आइसोलेशन अस्पतालजस्तै हुनुपर्ने…

टर्कीका राष्ट्रपति एर्दोआनले अमेरिकालाई पनि दिए धम्की, कोसित भिड्दै हो…

रुसको एस । ४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका विषयमा नेटोका दुई सदस्य मुलुक अमेरिका र टर्कीबीच शाब्दिक ल’डाइँ चलिरहेको छ । टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले…

गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण भेटिएन : अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त…