भारतीय राजदूतलाई बोलाएर तत्काल विरोधपत्र दिनुपर्ने माग

काठमाौँ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यममा प्रसारित अनर्गल प्रलापको भत्सर्ना गरेको छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले एक प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘ यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीसँग ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अनेक असहमति छन् , तर नेपालका प्रधानमन्त्रीमाथि भारतीय सञ्चारजगत्ले जुन निकृष्ट शैलीको प्रदर्शनबाट चरित्रहत्या गर्न खोजेको छ, ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा त्यसको घोर भर्त्सना र निन्दा गर्दछ ।

यसका साथै नेपालका लागि महामहिम चिनियाँ राजदूतको कूटनीतिक मर्यादामाथि हिलो छ्यापेर पीत शैलीमा नयाँ दिल्लीले गरिरहेको नग्ननृत्यले ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ भन्ने नेपाली उखान चरितार्थ गर्नु उत्तिकै निन्दनीय रहेको छ ।’

नेपाल र नेपालका प्रधानमन्त्रीले उठाएका राष्ट्रियतासँग सम्बन्धित नक्सा संशोधन र नागरिकतालगायतका साहसिक कदमले सिर्जना गरेको राष्ट्रिय तरङ्गबाट विक्षिप्त भएर भारतीय सञ्चारमाध्यमले पत्रकारिताको सामान्य आचारसंहिता पनि पालना नगरेको देखिएको मोर्चाको ठहर छ ।

‘त्यो भारत सरकारकै सहमतिमा भएको हो भन्न बाध्य हुनुपर्छ । तसर्थ नेपाल र इन्डियाबीचको सम्बन्धका विविध र वृहत्तर आयामलाई इन्डिया आफैले सङ्कुचित गर्न चाहेको प्रमाणित भएको बताएको छ ।

मोर्चाले यो सन्दर्भमा नेपालका परराष्ट्र मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयले नेपालका लागि भारतीय राजदूतलाई बोलाएर तत्काल विरोधपत्र दिनुपर्ने माग गरेको छ ।

भर्खरै प्रकाशित

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…

बंगलादेश : कुनै बेला गरिबीको चपेटामा परेको देश बन्यो विश्वकै…

ढाका। ढाकाको ब्यस्त सडकबाट दुई घण्टा दक्षिणतर्फ लागेपछि एउटा धुलौटे सडक आउँछ। रिक्साबाट त्यो धुलौटे सडक पार गर्दा पुगिन्छ एउटा अत्याधुनिक गार्मेन्ट फ्याक्ट्री जहाँ दैनिक…

सांसदको उपचार खर्च २०० प्रतिशतले बढ्यो

४ कात्तिक, काठमाडौं । संघीय सांसदको उपचार खर्च २०० प्रतिशतले बढेको पाइएको छ । गत आर्थिक वर्ष (२०७६/०७७) को पहिलो तीन महिना (साउन, भदौ र…

सांसदले मात्र किन सरकारी कर्मचारीहरूले पनि दसैं भत्ता कोरोना कोषमा…

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा संघीय सांसद बाबुराम भट्टराईले सांसदले मात्रै नभएर कर्मचारीले पनि दसैं भत्ताबापतको रकम फिर्ता गर्नुपर्ने आशय व्यक्त गरेका छन् । दसैं भत्ताको…

लुम्बिनी प्रदेश : प्रदेशको राजधानी भएपछि तमसुक बनाउँदै महंगोमा जग्गा…

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी घोषणा हुनासाथ काठमाडौं बस्दै आएका नेकपाका एक नेताका नातेदार दाङको देउखुरी पुगे । उनले मजगाउँ भन्ने स्थानमा १३ कठ्ठा जग्गा…