भारतीय मिडिया नहेर्ने मात्र हैन कार्यक्रममा पनि सहभागी नहौं : थापा

काठमाडौं – भारतीय मिडियाहरुले नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक समाचार प्रशारण गरेपछि भारतीय न्यूज च्यानल बिहीबारदेखि नेपालमा प्रशारण बन्द गरिएको छ ।

भारतिय मिडियामा नेपाल र प्रधानमन्त्री ओलीबारे भ्रामक र कपोकल्पित समाचार प्रशारण भएपछि अहिले यसको आलोचना भइरहेको छ ।

यसैबीच नेपाली काँग्रेसका नेता गगन थापाले भारतीय सञ्चारमाध्यमहरुको कार्यक्रममा सहभागी हुन नहुने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई जोडेर प्रशारण गरिएको विषयवस्तुले हामि सबैको अपमान गरेको बताएका छन् ।

उनले अब भारतिय मिडिया नेपालमा नहेर्ने मात्र हैन तिनका कार्यक्रममा भाग पनि नलिन भनेका छन् । उनले लेखेका छन्, ‘नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ, प्रश्न गरौँ।

उनले लेखेका छन्, – नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ,प्रश्न गरौँ। तर यो सन्दर्भमा केही भारतीय सञ्चार माध्यममा@PM_Nepalलाई जोडेर प्रसारित विषयवस्तुले हामी सबैको अपमान गरेको छ।त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्र हैन अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिउँ।

भर्खरै प्रकाशित

‘रअ’का प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ ।…

रअ प्रमुख प्रचण्डलाई भेटे भन्नु भ्रम हो : सचिवालय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट गरेको भन्न्नु भ्रम भएको सचिवालयले जनाएको छ। बिहीबार बिहान विज्ञप्ति…

के नेपाल आफ्नो भूमिको दावीबाट पछि हटेको हो ? नेपाल…

काठमाडौं। कालापानी लिपुलेक र लिम्पियाधुरामाथि आफ्नो दावीबाट नेपाल पछि हटेको भन्दै भारतमा खुसीयाली बढेको छ । भारतीय विश्लेषकहरुले नेपाल पछिल्लो समय भारतसँग सीमा विवाद नबल्झाउने…

चिनियाँ कुटिल कुटनीति : यस कारण चीन चाहन्छ यसपालिको चुनाव…

वासिङ्टन । अमेरिकामा नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचन चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूका लागि लामो समयदेखि चासो र दिग्दारीको विषय बन्ने गरेको छ । संसारकै सबैभन्दा…

चीन र ताइवानका कूटनीतिज्ञबीच फिजीमा कु’टाकुट

काठमाडौं । चीन र ताइवानको बीचमा अहिले तनाव बढिरहेको अवस्थामा फिजीमा भने यी दुई मुलुकका कूटनीतिज्ञबीच कु’टाकुट भएको समाचार सार्वजनिक भएको छ । ताइवानका अनुसार…