नेपालप्रति आपत्तिजनक समाचार प्रशारण गरेपछि भारतीय च्यानल बन्द

काठमाडौं। नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आपत्तिजनक समाचार प्रशारण गरेपछि नेपालका च्यानल सेवा प्रदायक संस्थाहरुले भारतीय च्यानल दुरदर्शनबाहेक सबै च्यानल बन्द गर्ने निर्णय गरेका छन्।

बिहीबार रातीबाट लागु हुनेगरी च्यानलहरु बन्द गरिएको मेगा म्याक्स टिभीका उपाध्यक्ष धुव्र शर्माले जानकारी दिए। उनले भने, ‘पछिल्ला दिनहरुमा भारतीय च्यानले प्रशारण गरिरहेका सामाग्री नेपालको सम्प्रभुतामाथिकै आक्रमणका रुपमा बुझेका छौं। त्यसैले हामीले भारतीय च्यानल बन्द गर्ने निर्णय गरेका हौं।’

उनले अपरेटरहरुले आफूखुशी सल्लाह गरेर च्यानल बन्द गरेको बताए। उनले भने, ‘अहिले च्यानल बन्द गर्ने सेवा प्रदायकहरुको सेवा नेपालका करिब ४० लाख मानिसलाई कभर गर्छन्। लगभग सबै ठूला अपरेटरले च्यानल बन्द गरेका छन्। यदि कसैले गरेको छैन भने पनि शुक्रबारसम्म बन्द गर्छन्।’

नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यमहरुले लगातार नेपालविरुद्ध सामाग्रीहरु प्रशारण गरिरहेका छन्। पछिल्लो पटक प्रधानमन्त्री ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर आपत्तिजनक परपोर्ट प्रशारण गरेका थिए।

यसअघि पनि भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा नेपालमा भारतीय च्यानल बन्द गरिएको थियो।

भर्खरै प्रकाशित

अफगानिस्तानी पुरुषहरुको दाह्री नकाट्न नाऊहरूलाई तालिबानको निर्देशन

काबुल । अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले नाऊहरूलाई दाह्री खौरन र छोटो बनाउन प्रतिबन्ध लगाएको छ । इस्लामिक शरिया कानुनको उल्लंघन हुने भन्दै तालिबानले नाऊहरुलाई दाह्री…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…

एकै दिन २ जहाजमा खराबी देखिएको बुद्ध एयरमाथि छानबिन हुँदै

आज सोमबार बुद्ध एयरका २ जहाजमा एकैपटक जसो समस्या देखिएको छ । समस्या देखिएका दुवै जहाज एटीआर–७२ हुन् । सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको ‘९…

साउदीमा रहेका पुरुषसँग भिडियो कलबाट विवाह गरि घर गएकी युवतीको…

सामाजिक संजालको प्रयोग र यसका सकारात्मक अनि नकारात्मक पक्षका घटनाहरु छरपस्ट भईरहदा रोल्पामा अनौठो घटना घटेको छ। फेसबुकको भिडियो कल कुराकानी अनि त्यस पछिको माया…