भारतीय मिडिया असनका साँढे जस्ता : कति सहने भारतीय मिडियाको यस्तो छाडापन ?

राज्यको चौथो तथा अति शक्तिशाली अंग हो पत्रकारिता । पत्रकारिता शब्दले नै मानिसमा विश्वास र साहस जगाएको हुन्छ । तर, भारतीय मिडिया भने पत्रकारिताका नाममा असनका साँढेजस्तै भएका छन् । उनीहरुको यस किसिमको पत्रकारिताले मानिसमा भ्रम पैदा गरेको छ ।

मानिसले पत्रकारिताप्रतिको विश्वास गुमाएका छन् । कुनै पनि छिमेकी देशसँग सुमधुरसम्बन्ध राख्न नसकेको भारतले जतिसक्यो त्यति नै अरुको बेइज्जत गर्नेतिर लागि परेको छ ।

पत्रकारिताको नाममा छाडा संस्कार पलाइरहेको बेलासमेत भारतीय सरकार चाख मानेर बसिरहेको छ । यसले भारतीय मिडियाले ‘जे पनि गर्छन्, सिवाय पत्रकारिता’ भनी लगाउने गरिएको आरोप सत्य साबित गरिदिएको छ ।

वर्षौदेखि नेपाली भूभाग मिचेर बसेको भारतीय विस्तारवादी हर्कतविरुद्ध नेपालले आवाज उठाएसँगै भारतीय मिडियाले नेपालको सरकारमा सत्तासीन व्यक्तिको चर्को आलोचना गरिरहेका छन् ।

यति मात्र नभएर भारतका जिम्मेवार व्यक्तिले समेत प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई सामाजिक सञ्जाल एवम् मिडियामा तुच्छ र अपाच्य शब्दको प्रयोग गरिरहेका छन् ।

पछिल्लो समय केही प्रसिद्ध भारतीय मिडियाले समेत प्रधानमन्त्री ओली र चिनियाँ राजदूत हु यान्छीलाई एकअर्कासँग जोडेर अपशब्द र मानहानी हुने भिडियो बनाई सारा विश्वसमक्ष देखाएका छन् । यसले भारतीय मिडिया, पत्रकार, सरकारलगायत भारतीय संस्कारमाथि ठूलो प्रश्नचिन्ह खडा गरेको छ ।

भारतीय मिडियाको यस प्रकारको व्यवहारले मानिसको मन मस्तिस्कमा घृणाको भाव पैदा गराएको छ । भारतीय मिडियाको यो व्यवहारले स्वयम् भारतीय नागरिकलाई समेत लज्जाबोधको अवस्थामा पुर्याएको छ । यस्तो व्यवहार नेपालीलाई मात्र नभएर अन्य छिमेकी देशलाईसमेत् आजित तुल्याएको छ ।

भर्खरै प्रकाशित

अफगानिस्तानी पुरुषहरुको दाह्री नकाट्न नाऊहरूलाई तालिबानको निर्देशन

काबुल । अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले नाऊहरूलाई दाह्री खौरन र छोटो बनाउन प्रतिबन्ध लगाएको छ । इस्लामिक शरिया कानुनको उल्लंघन हुने भन्दै तालिबानले नाऊहरुलाई दाह्री…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…

एकै दिन २ जहाजमा खराबी देखिएको बुद्ध एयरमाथि छानबिन हुँदै

आज सोमबार बुद्ध एयरका २ जहाजमा एकैपटक जसो समस्या देखिएको छ । समस्या देखिएका दुवै जहाज एटीआर–७२ हुन् । सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको ‘९…

साउदीमा रहेका पुरुषसँग भिडियो कलबाट विवाह गरि घर गएकी युवतीको…

सामाजिक संजालको प्रयोग र यसका सकारात्मक अनि नकारात्मक पक्षका घटनाहरु छरपस्ट भईरहदा रोल्पामा अनौठो घटना घटेको छ। फेसबुकको भिडियो कल कुराकानी अनि त्यस पछिको माया…