सिन्धुपाल्चोक बाढी : उद्दारका लागि अनुकूल मौसम कुर्दै हेलिकोप्टरसहितको टोली

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीबाट प्रभावितको उद्दारका लागि हेलिकोप्टरसहितको टोली अनुकूल मौसमको प्रतिक्षामा छ। बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले मौसम अनुकूल हुनेबित्तिकै उद्दार कार्यमा हेलिकोप्टर पुर्‍याइने बताएका छन्।

काठमाडौंबाट सभामुख अग्निप्रसाद सापकोटासहित गएकाे हेलिकोप्टर खराब मौसमका कारण धुलिखेलको आकाशबाट फर्किएको थियो।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोकका युवा नेता माधव सापकोटा ‘सुबोध’ सहित गएको हेलिकोप्टर नेपालथोकमा इमरर्जेन्सी ल्यान्ड गरेर बसेको छ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टरसहितको टोली अनुकूल मौसम पर्खिरहेको जनाएका छन्।

मन्त्री दुलालका अनुसार सडक अवरुद्ध भएकाले घाइतेको उद्दारमा समस्या देखिएको छ। ‘सडक अवरुद्ध भएकाले घाइतेको उद्धार गर्न सकिएको छैन। प्रकृतिको अपार चुनौती सामना गर्न सुरक्षाकर्मी र स्थानीय जुट्नु भएको छ । मौसम थोरै अनुकूल हुनासाथ उद्धार कार्यमा हेलिकोप्टर पुग्नेछन्,’ उनले भनेका छन्।

बाह्रविसेको जम्बु बजारमा गएराति आएको बाढीबाट २ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन्।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश : प्रदेशको राजधानी भएपछि तमसुक बनाउँदै महंगोमा जग्गा…

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी घोषणा हुनासाथ काठमाडौं बस्दै आएका नेकपाका एक नेताका नातेदार दाङको देउखुरी पुगे । उनले मजगाउँ भन्ने स्थानमा १३ कठ्ठा जग्गा…

गम्भीर बिरामीको पनि भर्ना नलिने सरकारी अस्पताल, उपचार नगरेबापत सरकारविरुद्ध…

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का जतिसुकै गम्भीर बिरामी भए पनि पैसा छैन भने कुनै पनि अस्पतालले भर्ना नलिने भएको छ । काठमाडौंस्थित सिभिल…

हङकङले ताइवानका विमानलाई विवादित प्राटस टापुमा पुग्न लगायो रोक

हङकङले ताइवानलाई विवादित प्राटस टापुमा पुग्न रोक लगाएको छ। विवादित क्षेत्र वरपरको हवाई क्षेत्र अर्को सूचना नआएसम्म बन्द रहने बताउँदै हङकङले ताइवानलाई विवादित प्राटस टापुमा…

उपचार नपाउँदा मौलिक हक हनन, सरकारी अस्पतालले कोरोना संक्रमितबाट पैसा…

काठमाडौं ।  संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त…

भारतको गोप्य सेनामा काम गर्ने तिब्बती सैनिक

घरको एउटा कुनामा निमा तेन्जिङको तस्विर राखिएको छ, त्यहाँ राखिएको तेलबाट बल्ने दियोको प्रकाश त्यसमाथि परिरहेको छ । छेउको कोठामा प्राथना जारी छ जसमा घरका…