दूतावासको बेवास्थाका कारण यूएईमा नेपालीको अवस्था जटिल बन्दै, हुन थाल्यो क्याम्पमै झ’डप

कोरोना भाइरसको कारण कम्पनी बन्द भएपछि बिगत ४ महिनादेखि यूएईको अबुधाबीमा रहेको ट्रान्सगार्ड ग्रुप कम्पनीमा करिव २ हजार ५०० जना नेपाली कामदारको अवस्था थप जटिल बन्दै गएको क्याम्पमा रहेका नेपालीहरुले बताएका छन् ।

उनीहरुका अनुसार बिगत लामो समयदेखि काम बिहिन भएको कारण मानसिक तनाव सिर्जना हुन थालेको बताउछन् । कम्पनीमा ठूलो सङ्ख्यामा नेपाली कामदार रहेको र ती कामदारहरु मध्ये ७० प्रतिशतले मात्र काम पाएका छन् भने बाँकी ३० प्रतिसत काम बिहिन भएर कोठामै बस्न बाध्य छन् । यता, ट्रान्सगार्ड ग्रुप कम्पनीको तिजरा क्याम्पमा बुधबार साझा नेपाली कामदार र कम्पनी प्रशासन बीच झडप भएको नाम नबताउने सर्थमा एक नेपालीले जानकारी दिएका छन् ।

नेपाली कामदारले कित हामीलाई काम देउ होइन भने घर पठाऊ भन्दै कम्पनी प्रशासन कहाँ पुगेपछि झडप भएको थियो । उनीहरुका अनुसार नेपाली कामदारहरु मात्र भएको कारण कम्पनी पनि बेवास्था गरेको जनाएका छन् । झडप लगतै कम्पनीको मेनेजर आएर नेपालको फ्लाइट खुलेको छैन ईन्डियाको फ्लाइट खुलेको छ बरु इन्डिया पठाउन सक्छौ भनेपछि नेपालीहरु थप आक्रोसित बनेका उनीहरु बताउछन् ।

उनीहरु कम्पनीको एचआरमा गएर बुझदा हामीले २ हजार ४ सय ७९ जना नेपालीको नामावली यूएईस्थित नेपाली दूतावासमा बुझाई सकेका छौ बांकी काम दूतावासले गर्छ कम्पनीको भनाइ उदृत गर्दै एक नेपालीले भने । केहिदिन अगाडी यूएईको ट्रान्सगार्ड ग्रुप कम्पनीमा ठूलो संख्यामा नेपाली कामदार अलपत्र भन्ने समाचार बाहिरी संगै कम्पनीले विशेष ध्यान दिएको काभ्रेका जयराम नेपालले बताए ।

समाचार बाहिरीए पछि दूतावासले पनि ट्रान्सगार्ड कम्पनीले आफ्ना श्रमिकलाई आफ्नै खर्चमा छुट्टै जहाज चार्टर्ड गरेर नेपाल पठाइदिने प्रस्ताव दूतावासमा राखेको र दूतावासमा श्रमिकको नामसमेत परराष्ट्र मन्त्रालयमा पठाइसकेको दूतावासले जानकारी गराएको उनीहरु बताउछन् । कम्पनीले दूतावासमालाई आफ्नै खर्चमा छुट्टै जहाज चार्टर्ड गरेर नेपाल पठाइदिने भनेर नामावली पठाए पनि दूतावासबाट कुनै अनुमती नआएको क्याम्प ब्याबस्थापनले जनाएको छ ।

नेपाल सरकार र नेपाली दूतावासकै कारण आफूहरुको उद्दारमा ढिलाई भैरहेको उनीहरुको भनाइ रहेको छ । ट्रान्सगार्ड ग्रुप यूएईको सबै भन्दा ठूलो सप्लाई कम्पनी हो । विभिन्न क्षेत्रमा गरि यूएईमा करिव ३ लाख ७० हजारको हाराहारीमा नेपाली कार्यरत छन् ।

भर्खरै प्रकाशित

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…

बंगलादेश : कुनै बेला गरिबीको चपेटामा परेको देश बन्यो विश्वकै…

ढाका। ढाकाको ब्यस्त सडकबाट दुई घण्टा दक्षिणतर्फ लागेपछि एउटा धुलौटे सडक आउँछ। रिक्साबाट त्यो धुलौटे सडक पार गर्दा पुगिन्छ एउटा अत्याधुनिक गार्मेन्ट फ्याक्ट्री जहाँ दैनिक…

सांसदको उपचार खर्च २०० प्रतिशतले बढ्यो

४ कात्तिक, काठमाडौं । संघीय सांसदको उपचार खर्च २०० प्रतिशतले बढेको पाइएको छ । गत आर्थिक वर्ष (२०७६/०७७) को पहिलो तीन महिना (साउन, भदौ र…

सांसदले मात्र किन सरकारी कर्मचारीहरूले पनि दसैं भत्ता कोरोना कोषमा…

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा संघीय सांसद बाबुराम भट्टराईले सांसदले मात्रै नभएर कर्मचारीले पनि दसैं भत्ताबापतको रकम फिर्ता गर्नुपर्ने आशय व्यक्त गरेका छन् । दसैं भत्ताको…

लुम्बिनी प्रदेश : प्रदेशको राजधानी भएपछि तमसुक बनाउँदै महंगोमा जग्गा…

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी घोषणा हुनासाथ काठमाडौं बस्दै आएका नेकपाका एक नेताका नातेदार दाङको देउखुरी पुगे । उनले मजगाउँ भन्ने स्थानमा १३ कठ्ठा जग्गा…