डोनाल्ड ट्रम्पको आइडिया : कोरोनाको जोखिम उच्च विन्दुमा पुगेका बेला विद्यालय खोल्ने तयारी

काठमाडौं । जोन्स हपकिन्स विश्वबिद्यालयका अनुसार अमेरिकाको ३१ लाख भन्दा वढी जनता कोरोना संक्रमित भएको अवस्थामा पनि त्यहाँका बिद्यालयहरु खोल्ने तयारी गरिएको छ ।

मंगलबार एकै दिन ६० हजार बढीको संक्रमित फेला परेतापनि बिद्यालयहरु खोल्ने तयारी अमेरिकी सरकारले गरको हो ।

ह्वाइट हाउसका प्रवक्ता माइक पेन्सले कोराना भाइरस नियन्त्रणका लागि कडा नियमहरु लागू गर्नु ठिक होइन भन्दै स्कूलहरु अव चाँडै नै खोल्ने तयारी गरिएको बताउनुभयो ।

यसैबीच, अमेरिकी संक्रामक रोग बिशेषज्ञ तथा ह्वाइट हाउसका सल्लाहाकार डा एन्थोनी फौसीले अहिलेको अवस्थामा बिद्यालयहरु खोल्नु घातक हुने बताउनु भएको छ ।

उहाँले अमेरिकामा हालसम्म पनि कोरोना नियन्त्रणमा आइनसकेको र भयावह स्थिती यथावत रहेका कारण विद्यालयहरु खोल्ने निर्णय गलत सावित हुने प्रतिक्रिया दिनुभएको छ ।

यता अमेरिकाको टेक्सस राज्यमा एकैदिन १० हजार भन्दा बढी संक्रमितहरु फेला पर्ने गरेका छन् ।

अमेरकामा कोरोना संक्रमित दिनानुदिन थपिंदै गएतापनि सामाजिक दुरी कायम नगर्ने र मास्क समेत प्रयोग नगर्नेको संख्या पनि उतिकै छ भने रेष्टुराँ, होटलहरुमा मानिसको चहलपहल बढी हुने गरेको छ ।

एकैदिन ५५ हजारभन्दा बढी कोरोना संक्रमित फेला

अमेरिकामा एकैदिन ५५ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो केही दिनयता लगातार अमेरिकामा ४० हजारभन्दा बढी संक्रमित फेला पर्दै आइरहेका छन् । यतिधेरै संक्रमित फेला परेको यो पहिलो घटना हो । संक्रमितको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

अमेरिकामा कोरोना भाइरस नियन्त्रणबाहिर गएको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा हालसम्म ३० लाख ९७ हजारभन्दा बढी संक्रमितको संख्या पुगेको छ ।

त्यस्तै संक्रमितको संख्या बढ्दै गर्दा मृत्यु हुनेको संख्यामा पनि वृद्धि हुन थालेको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण १ लाख ३३ हजार ९७२ भन्दाबढी संक्रमितको ज्यान गइसकेको छ । मंगलबारमात्रै ९९३ जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

१३ लाख ५४ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । झण्डै १६ हजारको अवस्था गम्भीर रहेको छ ।

भर्खरै प्रकाशित

अफगानिस्तानी पुरुषहरुको दाह्री नकाट्न नाऊहरूलाई तालिबानको निर्देशन

काबुल । अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले नाऊहरूलाई दाह्री खौरन र छोटो बनाउन प्रतिबन्ध लगाएको छ । इस्लामिक शरिया कानुनको उल्लंघन हुने भन्दै तालिबानले नाऊहरुलाई दाह्री…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…

एकै दिन २ जहाजमा खराबी देखिएको बुद्ध एयरमाथि छानबिन हुँदै

आज सोमबार बुद्ध एयरका २ जहाजमा एकैपटक जसो समस्या देखिएको छ । समस्या देखिएका दुवै जहाज एटीआर–७२ हुन् । सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको ‘९…

साउदीमा रहेका पुरुषसँग भिडियो कलबाट विवाह गरि घर गएकी युवतीको…

सामाजिक संजालको प्रयोग र यसका सकारात्मक अनि नकारात्मक पक्षका घटनाहरु छरपस्ट भईरहदा रोल्पामा अनौठो घटना घटेको छ। फेसबुकको भिडियो कल कुराकानी अनि त्यस पछिको माया…