भारतीय मिडियाको नेपालविरुद्ध प्रोपोगाण्डा, नेपालले भारतीय भूमिमा बन्न लागेको संरचना रोक्यो

काठमाडौं। नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेपछि नेपालविरुद्ध नभएको घटनामा पनि प्रोपोगाण्डा  मच्चाइरहेका भारतीय मिडियाहरुले फेरि अर्को खबर प्रकाशित गरेका छन्।

भारतीय सञ्चार माध्यम आजतकको अलनलाई संस्करणमा नेपालले भारतीय भूमिमा बन्न लागेको संरचना निर्माण रोकेको समाचार प्रकाशित गरेको छ।

समाचारअनुसार नेपालको मोहत्तरी जिल्लाको मलिाबारा र भारतको सितामढी जिल्लाको भिठ्ठा मोडमा पर्ने नेपाल–भारत सीमा क्षेत्रमा भारतीय भूमितर्फ भारत सरकार बनाउन लागेको सडक निर्माण रोकेको जनाइएको छ।

तर, नेपालले त्यहाँ सडक निर्माणमा कुनै अवरोध नगरेको जनाएको छ। मोहत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले नेपालले सडक निर्माणमा अवरोध नपुर्याएको जानकारी दिए।

डिसी नेपालसँग फोनमा उनले भने, ‘त्यसरी हामीले रोकेको भन्ने होइन। दुबै देशलाई जोड्ने सडक निर्माणको कुरा हो। दशगजा क्षेत्रमा कालोपत्रे कसरी गर्ने भन्ने विषय हो। मैले त्यहाँको डीएम (डिस्ट्रिक म्याजिस्टेड)सँग यो विषयमा कुरा गरेको छु। दशगजा क्षेत्र यत्तिकै छोड्ने की दुई देशले पाँच पाँच मिटर कालोपत्रे गर्ने भन्नेमा छलफल भइरहेको छ।’

नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यमहरुले चीन, पाकिस्तान जस्तै नेपाललाई पनि समभाव राखेर समाचारहरु दिइरहेका छन्। तर, उनीहरुका समाचार तथ्यमा आधारित भन्दा प्रोपोगाण्ड गर्ने किसिमका छन्।

भर्खरै प्रकाशित

मङ्गल ग्रहमा तीनवटा भूमिगत ताल, हिउँ पग्लिने तापक्रम छैन तर…

मङ्गल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन्। वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन्।…

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कार्तिक १९ गते नेपाल आउंदै

काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउँदै आउने भएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको…

कोरोना भन्दा डरलाग्दो आइसोलेशन ! संक्रमित भन्छन्- त्यहाँ जाँदै नजानुहोस्

इटहरी : १३ दिन इटहरीको आइसोलेशनमा बिताएका रामधुनी-४ का सरोज खतिवडाका लागि आइसोलेशन जेल झै भयो। न राम्रो खाना, न राम्रो व्यवहार। ‘आइसोलेशन अस्पतालजस्तै हुनुपर्ने…

टर्कीका राष्ट्रपति एर्दोआनले अमेरिकालाई पनि दिए धम्की, कोसित भिड्दै हो…

रुसको एस । ४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका विषयमा नेटोका दुई सदस्य मुलुक अमेरिका र टर्कीबीच शाब्दिक ल’डाइँ चलिरहेको छ । टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले…

गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण भेटिएन : अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त…