सरिता गिरीलाई सांसदबाट हटाउने पत्र संसद सचिवालयमा पुग्यो

काठमाडौं। देशको राष्ट्रियताप्रति गम्भीर अभिव्यक्ति दिएपछि समाजवादी पार्टीबाट कारबाहीमा परेकी सरिता गिरीको सांसद पद रिक्तका लागि समाजवादी पार्टीले बुधबार संसद सचिवालयमा पत्र दर्ता गराएको छ।

सचिवलायका सचिव गोपालनाथ योगीले पत्र सचिवालयमा दर्ता भएको जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘आज (बुधबार) पत्र आएको छ। अधिकतम १५ दिन भित्र यसको टुंगो लगाइसक्नुपर्ने कानुनी प्रावधान छ।’

नेपालको नयाँ नक्साबारे संविधान संशोधन गरिँदा गिरी त्यसविरुद्ध संसदमा विरोधको सूचनासमेत दर्ता गराएकी थिइन्। यस्तै उनले राष्ट्रियतामाथि आँच पुग्ने गरी संसदमा अभिव्यक्तिसमेत दिएकी थिइन्।

संविधान संशोधनका पक्षमा उनले मतदानसमेत नगरेपछि उनको दल समाजवादी पार्टीले ह्वीप नमानेको भन्दै पार्टीको साधारण सदस्य नरहने गरी सांसदबाटसमेत कारबाही गरेको थियो।

यसरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गराउनु पर्ने र संसदको सम्बन्धित सदनका अध्यक्ष (सभामुख वा अध्यक्ष)ले सूचना पढेर सुनाउने वा टाँसेमा सांसद पद रिक्त हुन्छ।

गिरी समाजवादी पार्टीबाट प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन्। उनी पद मुक्त भएपछि समाजवादी पार्टीले समानुपातिक सूचीमा रहेकी अर्की उम्मेदवारलाई सांसदमा सिफारिस गर्ने छ।

भर्खरै प्रकाशित

भारत अमेरिकातिर ढल्कियो, अब नेपालले के गर्छ ?

यो साता दक्षिण एशिया र दक्षिणपूर्वी एशियामा विकसित घटनाक्रमले क्षेत्रीय राजनीतिमा असन्तुलनका संकेतहरु देखिएका छन् । यो असन्तुलनको बाछिटा काठमाडौंसम्म आउने प्रष्ट संकेत देखिएको छ…

दुई अमेरिकी मन्त्रीले दबाब दिँदा पनि भारतले किनेन स’शस्त्र ड्रोन

दुई अमेरिकी मन्त्रीले स’शस्त्र ड्रोन किन्न दबाब दिए पनि भारतले त्यसलाई अस्वीकार गरेको छ। नयाँ दिल्लीमा हालै भएको टु प्लस टु मन्त्रीस्तरीय बैठकमा भारत र…

पाटनका डाक्टरले प्रधानमन्त्रीलाई लेखे पत्र- उकुसमुकुस भइसक्यो!

सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार ! नेपालमा कोरोना महामारी सुरू भएलगत्तै कोरोना संक्रमित बिरामीको उपचार गर्दै आएको पाटन अस्पतालको म एक फ्रन्टलाइन चिकित्सक हुँ। समाचारहरूमा ‘पाटन अस्पतालमा…

हङकले अमेरिकाविरुद्ध मुद्धा हाल्ने, यस्तो छ कारण !

हङकङमा बनेका सामानमा अमेरिकाले ‘मेड इन चाइना’ लेख्न थालेपछि विवाद चर्किएको छ। बिबिसीका अनुसार चीनले नयाँ सुरक्षा कानुन लागू गरेसँगै हङकङ अब छुट्टै स्वायत्त राज्य…

प्रचण्ड एघार दिन पछाडि बालुवाटारमा

१५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एघार दिन पछाडि बालुवाटार गएका छन् । अर्का अध्यक्ष एवम्…