नेपालको राजनीतिमा प्रभाव जमाउन भारतीय गुप्तचर निकायका प्रमुखहरु काठमाडौंमा

काठमाडौं। नेपालमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद चलिरहेका बेला नेपालका राजनैतिक घटनाक्रमको नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यहित भारतीय गुप्तचर निकायका प्रमुखहरु काठमाडौंमा जम्मा भएका छन् ।

आज बुधबार बस्ने भनिएको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी ओलीको भविष्य निर्धारण हुने मानेर उनीहरु आजको बैठकको निष्कर्ष भारतको पक्षमा पार्नको लागि काठमाडौंमा जम्मा भएका हुन् ।

यद्यपि आज बस्ने भनिएको स्थायी कमिटीको बैठक असार २६ गते शुक्रबारसम्मका लागि स्थगित भएको छ । भारतको रिसर्च एण्ड एनालिसिस विंग (रअ)का प्रमुख समंत कुमार गोयल र इन्टेलिजेन्स ब्यूरो प्रमुख अरविन्द कुमार अहिले नेपालाम जारी राजनैतिक उतारचढावका बीच छलफलमा व्यस्त रहेको डेली पायोनियरले लेखेको छ ।

यी दुई गुप्तचर निकाय प्रमुखहरु नेपालको घटनाक्रम भारतको पक्षमा पल्टाउन नेकपाका शीर्ष नेताहरुसँग छलफलमा जुटेको बताइएको छ । पछिल्लो समय चिनियाँ राजदूतको सक्रियता बढेपछि भारतले पनि यहाँ सक्रियता बढाएको बताइएको छ ।

गोयल र कुमारले नेपाली राजनीतिज्ञहरुसँग गरिरहेको यो छलफल नेपालमा पछिल्लो समय विकसित घटनाक्रम र लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालको नक्सामा समावेश गर्ने कदमबाट नेपाललाई पछि हटाउने उद्देश्यसहित भइरहेको बताइएको छ ।

नेकपाका नेताहरु पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, केशवप्रसाद बडाल लगायतसँग छलफल भएको बताइएको छ । भारतीय गुप्तचर वर्षमान पुन, शंकर पोखरेल र प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईसँग पनि छलफल गरेको बताइएको छ ।

स्रोतका अनुसार भारतीय टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित डा. मिनेन्द्र रिजाल, बिमलेन्द्र निधी र कृष्ण सिटौलासँग पनि सम्पर्क गरेको बताइएको छ । छलफलमा जसपामा महन्थ ठाकुर, उपेन्द यादव र बाबुराम भट्टराई पनि सहभागी भएको समाचारमा उल्लेख छ ।

यस बीचमा प्रचण्ड, माधव नेपाल र झलनाथ खनालसँग चिनियाँ राजदूत हाउ यान्छीले पनि छलफल गरेकी थिइन् । यान्छी यसअघि चीनको गुप्तचर एजेन्सीमै थिइन् । उनी यसअघि चीनको गुप्तचर एजेन्सीमा युरोप क्षेत्रकी प्रमुख थिइन् ।

भर्खरै प्रकाशित

‘रअ’का प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ ।…

रअ प्रमुख प्रचण्डलाई भेटे भन्नु भ्रम हो : सचिवालय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट गरेको भन्न्नु भ्रम भएको सचिवालयले जनाएको छ। बिहीबार बिहान विज्ञप्ति…

के नेपाल आफ्नो भूमिको दावीबाट पछि हटेको हो ? नेपाल…

काठमाडौं। कालापानी लिपुलेक र लिम्पियाधुरामाथि आफ्नो दावीबाट नेपाल पछि हटेको भन्दै भारतमा खुसीयाली बढेको छ । भारतीय विश्लेषकहरुले नेपाल पछिल्लो समय भारतसँग सीमा विवाद नबल्झाउने…

चिनियाँ कुटिल कुटनीति : यस कारण चीन चाहन्छ यसपालिको चुनाव…

वासिङ्टन । अमेरिकामा नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचन चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूका लागि लामो समयदेखि चासो र दिग्दारीको विषय बन्ने गरेको छ । संसारकै सबैभन्दा…

चीन र ताइवानका कूटनीतिज्ञबीच फिजीमा कु’टाकुट

काठमाडौं । चीन र ताइवानको बीचमा अहिले तनाव बढिरहेको अवस्थामा फिजीमा भने यी दुई मुलुकका कूटनीतिज्ञबीच कु’टाकुट भएको समाचार सार्वजनिक भएको छ । ताइवानका अनुसार…