प्राचीन कालमा यस्ता प्रकारका सर्पहरु पाइन्थे

साँचिक्कै होस् वा टिभी वा पत्रिकामा होस्, प्रायः हामी सबैले सर्प देखेका छौं । सर्प घस्रने जीवहरुको स्कुआमाटा (squamata) वर्ग अन्तर्गत पर्छ । त्यसको शरिरमा पत्रै–पत्र भएको छाला हुन्छ, जसलाई स्केल (scale) भनिन्छ । तिनीहरु छेपारोबाट विकास भएको वैज्ञानिकहरुको अनुमान छ । तिनीहरुको धेरै विशेषताहरु पनि छेपारोस“ग मेल खान्छ ।

फरक के छ भने, छेपारोको खुट्टा हुन्छ तर सर्पको खुट्टा हुँदैन । त्यही भएर सर्पलाई कहिलेकाहीँ खुट्टाबिनाको छेपारो पनि भनिन्छ । तर वैज्ञानिकहरुले प्राचीन समयमा सर्पहरुको पनि खुट्टा रहेको कुरा पत्ता लगाएका छन् ।

प्राचीन कालका प्राणीहरुको अध्ययन गर्ने दुई वैज्ञानिकहरुले इजरायलमा अहिलेसम्मकै सबैभन्दा प्राचीन सर्पहरुको जीवाशेष फेला पारेका थिए । उक्त जीवाशेषको अध्ययनपछि उनीहरुले त्यो समयमा सर्पहरुको शरीरमा साना तर विकसित खुट्टाहरु रहेको कुरा प्रमाणित गरेका छन् । फिल्ड संग्राहलय, सिकागो का माइकल काल्डवेल र अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका माइकल लिले उक्त कुरा प्रमाणित गरेका हुन् ।

समुद्रमा सरिसृप वर्गभित्र पर्ने एकथरिका जीवहरु पाइन्छन्, जसलाई मोसासउरोइड्स (mosasauroids) वर्गभित्र राखिएको छ । यस प्रजातिको सरिसृपहरुको शरीरमा पौडी खेल्नका लागि पखेटाजस्ता भाग हुन्छन् । काडवेल र लिले प्राचीन कालका खुट्टा भएका सर्पहरु यसै प्रजातिको हुनुपर्छ भनी बताएका छन् ।

उनीहरुका अनुसार त्यस बेलाका खुट्टा भएका सर्पहरुले खानाको खोजी गर्ने क्रममा विस्तारै आफूलाई जमीनको सट्टा समुद्रमा बस्न अभ्यस्त बनाउँदै लगे । त्यसले गर्दा उनीहरुको शरीरको खुट्टाको आकार पनि विस्तारै परिवर्तन हुँदै गयो र पौडी खेल्नका लागि सजिलो हुने पखेटाजस्तो बन्न पुग्यो ।

आजभन्दा २० वर्ष पहिले इजरायलको राजधानी जेरुसलेम नजीकको चुनढुंगायुक्त समुद्री किनारमा सर्पका दुई वटा जिवाशेषहरु फेला परेका थिए । ती जीवाशेषहरु आजभन्दा १३८ देखि ६५ मिलियन वर्ष पुरानो समयभित्रका हुन् । ती दुबै जिवाशेषहरुमा खुट्टा देखिन्छन् । वैज्ञानिकहरुले त्यसको वैज्ञानिक नाम Pachyrhachis problematicus दिएका छन् ।

जेरुसलेमको हिब्रु विश्वविद्यालयमा राखिएका तिनै तिनै जिवावशेषको गहन र विस्तृत अध्ययनको आधारमा लि र काडवेड प्राचीन सर्पको पनि खुट्टा हुन्थ्यो भन्ने निष्कर्षमा पुगेका हुन् ।

त्यसो त लामो र पातलो स्वरुपमा फेला परेका ती जिवाशेषहरुलाई त्यसबेला वैज्ञानिकहरुले सर्पको हैन, छेपारोका जिवावशेषहरु भनी मानेका थिए ।

आजभोलिका धेरैजसो जीव वैज्ञानिकहरु के विश्वास गर्छन् भने सर्प जमीनभित्र बस्ने छेपारोबाट विकसित भएको जीव हुनुपर्छ । किनभने, अझै पनि सर्पका केही आदिम प्रजातिहरु जमीनभित्रका दूलाहरुमा बस्ने गर्छन् । फेरि बोआ समूहका केही सर्पहरुमा त साना र अति नै अविकसित अवस्थामा रहेको र करिब करिब लोप भइसकेको अवस्थामा रहेको हिप र खुट्टाका हड्डीहरु समेत विद्यमान रहेका हुन्छन् । तस्विर : सांकेतिक गुगलबाट 

भर्खरै प्रकाशित

मङ्गल ग्रहमा तीनवटा भूमिगत ताल, हिउँ पग्लिने तापक्रम छैन तर…

मङ्गल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन्। वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन्।…

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कार्तिक १९ गते नेपाल आउंदै

काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउँदै आउने भएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको…

कोरोना भन्दा डरलाग्दो आइसोलेशन ! संक्रमित भन्छन्- त्यहाँ जाँदै नजानुहोस्

इटहरी : १३ दिन इटहरीको आइसोलेशनमा बिताएका रामधुनी-४ का सरोज खतिवडाका लागि आइसोलेशन जेल झै भयो। न राम्रो खाना, न राम्रो व्यवहार। ‘आइसोलेशन अस्पतालजस्तै हुनुपर्ने…

टर्कीका राष्ट्रपति एर्दोआनले अमेरिकालाई पनि दिए धम्की, कोसित भिड्दै हो…

रुसको एस । ४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका विषयमा नेटोका दुई सदस्य मुलुक अमेरिका र टर्कीबीच शाब्दिक ल’डाइँ चलिरहेको छ । टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले…

गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण भेटिएन : अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त…