विदेश फर्किन एक हजारभन्दा बढी श्रमिकले लिए श्रम स्वीकृति

२४ असार, काठमाडौं । सरकारले विदामा आएकालाई विदेश फर्किन दिन पुनः श्रम स्वीकृति खुला गरेपछि एक हजार भन्दा बढी नेपालीले श्रम स्वकृति लिएका छन् ।

सरकारले विदेशबाट विदामा आएका र भिसा अवधि बाँकी रहेकालाई विदेश जान बिहीबारबाट पुनः श्रम स्वीकृति दिन थालेको थियो । यूएई, मलेसिया, जापान र कतारमा जान सबैभन्दा धेरै पुनः श्रम स्वीकृति जारी भएको छ ।

वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयका अनुसार विहीबार ५ जना र शुक्रबार दुई जनाले पुनः श्रम स्वीकृति पाएका थिए ।

ती दिनहरुमा सर्भरमा समस्या भएर स्वीकृति दिन नपाएपछि शनिबार पनि विभागको तहाचलस्थित कार्यालय खोलिएको थियो । शनिबार ४७ जनाले पुनः श्रम स्वीकृति पाएका थिए ।

कार्यालयबाट आइतबार एकैदिन ३४७ जना श्रमिकले विदेश जान अनुमति पाएका थिए । सोमबार यस्तो संख्या बढेर ४१० पुगेको थियो । मंगलबार पनि ३१५ जनाले पुनः श्रम स्वीकृति पाएका छन् ।

ताहाचलबाट बुधबारबाट वैधानिकीकरण शाखाबाट सेवा प्रवाह (नयाँ बाहेक) सुरु हुने भएको छ । अनलाइनमार्फत रीत पूर्वक फारम भरी पाइने टोकन अनुसारको मितिमा कार्यालयमा सेवा लिन सकिने बताइएको छ । अहिले नयाँ कामदारलाई भने विदेश जान श्रम स्वीकृति दिइएको छैन ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो ।

सरकारले त्यसकै आधारमा वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुनः श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउने बाटो खुला गरेको छ ।

सरकारले वैदेशिक रोजगारी खुला गरेपनि नियमित हवाई उडान भने साउन ७ गतेसम्म बन्द गरेको छ । विभागका महानिर्देशक कुमार दाहाल जानैपर्ने अवस्थाका कामदारहरु अनुमति लिएर नेपालबाट उद्धार उडान गर्ने विमानमा जानसक्ने बताउँछन् ।

भर्खरै प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित…

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल…

यस्तो रहेछ फेसबुकले ‘म्यासेञ्जर एप’ रंगीविरंगी बनाउनुको कारण

काठमाडौं । यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला…

बाँस्कोटाको ७० करोड रुपैयाँ घुस प्रकरणको मुद्दा तामेलीमा राख्ने अख्तियारको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको…

उपचार गर्न नसक्ने संक्रमितको सरकारले गर्ने भनेकै छ त, भ्रम…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय,…

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…