चिनियाँ मिडियामा नेपालबारे रोचक रिपोर्टः नेपाली स्टार्टअप कम्पनीहरु फस्टाउँदा भारत–चीनलाई पत्तै छैन

काठमाडौं। पछिल्लो ५ वर्षको अवधिमा नेपालमा स्टार्टअप कम्पनीहरु राम्रोसँग फस्टाइरहेको एक रिपोर्टमा खुलासा भएको छ । चीनको अखबार साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित रिपोर्टअनुसार पछिल्लो ५ वर्षको अवधिमा नेपालमा साढे ३ सय भन्दा धेरै स्टार्टअप कम्पनीहरुले राम्रो सुरुवात गरिसकेका छन् । चीन र भारतका लगानीकर्ताहरुले स्टार्टअप कम्पनीमा लगानी गर्ने गरेको भए पनि नेपालमा फस्टाइरहेका स्टार्टअपमा भने ती लगानीकर्ताको नजर नपरेको रिपोर्टमा जनाइएको छ ।

पछिल्लो समय नेपाली युवाहरु विदेशमा अध्ययनपछि उतै करिअर बनाउनुभन्दा नेपालमै फर्किएर यहीँ स्टार्टअप कम्पनी सुरु गर्नेतिर आकर्षित भएको उल्लेख गर्दै फेशन डिजाइनर मिना गुरुङको उदाहरण दिइएको छ । गुरुङले ४ वर्षअघि आयरल्याण्डमा फेशन डिजाइनिङमा ग्रयाजुएशन गरेपछि तत्कालै नेपाल फर्किएर वातावरणमैत्री कपडाको ब्राण्ड बोरा स्टुडियो सुरु गरेकी छिन् ।

बोरा स्टुडियो नेपालमा फस्टाउँदै गरेका ३५० स्टार्टअपमध्ये एक हो जो २०१५ मा नेपालमा ९ हजार जनाको ज्यान लिने भूकम्पपछि सुरु भएका थिए ।

भूकम्पलगत्तै भारतले नेपालमाथि अघोषित नाकाबन्द लगायो जसले नेपालको अर्थतन्त्र झनै ओरालो लाग्यो । नेपालको कूल गार्हस्थ उत्पादन २०१४–१५ मा ३.३२ प्रतिशत रहेकोमा अर्को वर्ष घटेर ०.५९ प्रतिशतमा झर्यो ।

देशका ५.६ मिलियन नागरिक अर्थात कूल जनसंख्या मध्ये ५ जनामा १ जनाले आफ्नो रोजगारी गुमाए । देश कठिन अवस्थामा पुगेका बेला देशका धेरै उद्यमीले देशको आयातमा निर्भरता घटाउन योगदान दिन सुरु गरे ।

नेपालका ८० प्रतिशत उपभोग्य सामानहरु आयात गरिन्छन् । आयात गरिने सामानहरुमा तेल, सुन, फलाम, स्टिल, औषधि र मेडिकल उत्पादन, सिमेन्ट, विद्युतीय सामानहरु प्रमुख हुन् । नेपालका स्टार्टअप कम्पनीहरुले पहिरनदेखि विद्युतीय सामान, खाद्य चेनदेखि सवारी सुविधासम्म उपलब्ध गराउन थालेका छन् । स्टार्टअपमा उद्यमीहरु अधिकांश २२ देखि ३५ वर्षका युवाहरु छन् र उनहिरु विदेशका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गरेर फर्किएका हुन् ।

केही स्टार्टअपहरुले त सुरुमा १ वा २ जना र मात्रै ७० हजार रुपैयाँ बराबर पूँजीबाट कम्पनी सुरु गरेका छन् । पछिल्लो समय फस्टाउँदै गएका स्टार्टअपहरुमध्ये कफी चेन रेड मड कफी, इकमर्स प्लेटफर्म फुडमाण्डुदेखि राइड शेयरिङ एप टुटल प्रमुख हुन् । अधिकांश उत्पादनहरु घरेलु बजारलाई लक्षित गरिएका छन् तर टेक्सटाइल, कपडा, चिया, कफी लगायतका उत्पादनहरु भने निर्यात पनि हुन्छन् । नेपालबाट निर्यात हुने ५ प्रमुख उत्पादन पाम तेल, कफी, चिया, मसला र टेक्सटाइल हुन् ।

नेपालमा स्टार्टअपको अवधारणा नयाँ हो । यहाँका अधिकांश उद्योगहरु पारिवारिक आधिपत्य भएका छन् जहाँ १७ लाख ५० हजारले रोजगारी पाएका छन् र यिनीहरुले कूल गार्हस्थ उत्पादनमा २२ प्रतिशत योगदान दिन्छन् । काठमाडौंका अर्थशास्त्री चन्दन सापकोटाका अनुसार भूकम्प र नाकाबन्दीका बेला धेरै युवा उद्यमीहरु आए जसले देशलाई चुनौतीसँग जुध्न सघाए । डोल्मा इम्प्याक्ट फण्डका लगानी निर्देशक शब्द ज्ञवालीले पनि २०१५ पनि ठूलो संख्यामा इकमर्स प्लेटफर्महरु फस्टाउँदै गएको देखिरहेको बताएका छन् ।

विज्ञहरुले राजनैतिक स्थिरता, डिजिटल प्रविधिको उदय, क्यापिटल फण्डिङ तथा नेपाली युवाको विश्वव्यापी एक्सपोजरले नेपालको अर्थतन्त्र अगाडि बढेको मान्छन् । लगानी निर्देशक ज्ञवालीका अनुसार भूकम्पको एक वर्षपछि नै नेपालको जीडीपीमा उछाल आएको थियो । ज्ञवालीका अनुसार २०१७ मा जीडीपी वृद्धिदर ७.७ प्रतिशत थियो । यो केन्द्रीय बैंकले अपेक्षा गरेभन्दा बढी हो । ज्ञवालीका अनुसार यो वृद्धि पछिल्लो २० वर्षकै धेरै हो ।

भारत र चीनको बीचमा रहेर पनि नेपालका कुनै पनि स्टार्टअपमा चिनियाँ र भारतीय लगानीकर्ताको नजर परेको छैन । ज्ञवालीका अनुसार नेपालमा चिनियाँ र भारतीय लगानी परम्परागत हाइड्रोपावर, सिमेन्ट र अन्य उत्पादन क्षेत्रमा सीमित छ । होटल, रेष्टुरेण्ट, शिक्षासम्बन्धी सेवा, स्वास्थ्यमा पनि लगानी छ तर युवाले सुरु गरेका साना स्टार्टअपमा विदेशी लगानीकर्ताले चासो दिएका छैनन् । देशको लगानी नीति र विदेशी लगानीमा न्यूनतम ५ लाख डलरको थ्रेसहोल्डले पनि विदेशी लगानीलाई निरुत्साहित गरेको विज्ञको बुझाइ छ ।

करको उच्च दर, स्टार्टअप मैत्री नीति नहुनु, नियामक अवरोधहरु तथा इजाजत पाउन कठिनाइ जस्ता कारण नेपालमा लगानीकर्ताहरुको वृद्धि हुन नसकिरहेको विश्वास गरिएको छ । ग्लोबल इनोभेसन इन्डेक्समा नेपाल १२६ देशहरुमध्ये १०९ औं स्थानमा छ । नेपाली युवा उद्यमी मञ्चका पूर्व अध्यक्ष अजय श्रेष्ठका अनुसार नेपालमा लगानी जुटाउनु सबैभन्दा ठूलो चुनौती हो किनकि बैंकहरुले बिना धितो ऋण दिन मान्दैनन् ।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश : प्रदेशको राजधानी भएपछि तमसुक बनाउँदै महंगोमा जग्गा…

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी घोषणा हुनासाथ काठमाडौं बस्दै आएका नेकपाका एक नेताका नातेदार दाङको देउखुरी पुगे । उनले मजगाउँ भन्ने स्थानमा १३ कठ्ठा जग्गा…

गम्भीर बिरामीको पनि भर्ना नलिने सरकारी अस्पताल, उपचार नगरेबापत सरकारविरुद्ध…

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का जतिसुकै गम्भीर बिरामी भए पनि पैसा छैन भने कुनै पनि अस्पतालले भर्ना नलिने भएको छ । काठमाडौंस्थित सिभिल…

हङकङले ताइवानका विमानलाई विवादित प्राटस टापुमा पुग्न लगायो रोक

हङकङले ताइवानलाई विवादित प्राटस टापुमा पुग्न रोक लगाएको छ। विवादित क्षेत्र वरपरको हवाई क्षेत्र अर्को सूचना नआएसम्म बन्द रहने बताउँदै हङकङले ताइवानलाई विवादित प्राटस टापुमा…

उपचार नपाउँदा मौलिक हक हनन, सरकारी अस्पतालले कोरोना संक्रमितबाट पैसा…

काठमाडौं ।  संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त…

भारतको गोप्य सेनामा काम गर्ने तिब्बती सैनिक

घरको एउटा कुनामा निमा तेन्जिङको तस्विर राखिएको छ, त्यहाँ राखिएको तेलबाट बल्ने दियोको प्रकाश त्यसमाथि परिरहेको छ । छेउको कोठामा प्राथना जारी छ जसमा घरका…