चिनियाँ राजदूत यान्छीको नेकपा नेतासँगको भेटघाटले दिल्ली तरंगित

नयाँदिल्ली । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको आइतबार नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भएको भेटलाई भारतीय सञ्चारमाध्यमले विशेष महत्त्वका साथ चर्चामा ल्याएका छन् । भारतीय मिडियाले राजदूत होउको विगतको जिम्मेवारी, सामाजिक सञ्जालमा सक्रियतादेखि सुन्दरतासम्मको टिप्पणी गर्दै आएका छन् ।

उनको राजनीतिक भेटघाटलाई विशेष चासोका साथ हेर्दै ‘नेपालमा चीनको बढ्दो हस्तक्षेप र नेपालको चीनप्रतिको झुकाव’ का रूपमा व्याख्या गर्दै आएका छन् ।

नेपालले लिम्पियाधुरासम्म समेटेर नक्सा प्रकाशन गर्नुका पछाडि चीनको हात रहेको समेत केही कूटनीतिज्ञ र विश्लेषकले दाबी गर्दै आएका छन् । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले पनि नेपालले धार्चुला–लिपुलेक पास जोड्ने सडकको वि’रोध गरेपछि घुमाउरो पाराले नेपालले चीनको आडमा वि’रोध भएको दाबी गरेका थिए ।

नेपालका लागि भारतका एक पूर्वराजदूतले होउको सक्रियता चीनको दीर्घकालीन रणनीतिअनुसार भइरहेको दाबी गरे । ‘सधैं पञ्चशीलको वकालत गर्ने चीनले नेपालको आन्तरिक राजनीतिमा यसरी खुलेर सक्रिय बन्नु सामान्य होइन, त्यसैले दिल्ली स्वाभाविक रूपमा चनाखो हुनुपर्छ’ उनले भने ।

केही भारतीय सञ्चारमाध्यमले पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्धमा चिसोपन आउनाका पछाडि राजदूत होउको सक्रियतालाई ठानेका छन् ।

भारतीय हिन्दी दैनिक अमर उज्यालाले भारतको छिमेकी देश नेपालसँग सम्बन्ध बिग्रनुमा राजनीतिक कारणका साथै चीनको कूटनीति पनि जिम्मेवार रहेको र त्यसका लागि राजदूत होउको भूमिका रहेको दाबी गरेको छ । पत्रिकाले राजदूत होउ फेसबुक ट्वीटर र इन्स्टाग्राममार्फत पनि नेपालहरूमाझ लोकप्रिय बनेको उल्लेख गरेको छ ।

भारतीय समाचार एजेन्सी पीटीआईले पनि राजदूत होउले फेरि एकपटक नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गरेको उल्लेख गरेको छ ।

एजेन्सीले राजदूत होउ र नेपालबीचको भेटघाटपछि नै जारी स्थायी समितिको बैठक बुधबारका लागि सारिएको दाबी गरेको छ । सत्तारूढ दलभित्रको विवाद बढ्दै गएपछि चिनियाँ राजदूतले आफ्नो सक्रियता बढाउँदै लगेको पीटीआईले लेखेको छ ।

त्यसैगरी भारतकै अर्को समाचार एजेन्सी आईएनएसले त राजदूत होउले काठमाडौंको कूटनीतिलाई नै पुनर्परिभाषित गरेको र भारतसँगको विवादित भूमिलाई समेटेर प्रधानमन्त्री ओलीको नयाँ नक्सा जारी गर्ने अनपेक्षित कदमका पछाडिसमेत हात रहेको लेखेको छ । ओलीवि’रुद्ध बढ्दो आ’क्रोश मत्थर पार्न अरू नेताहरूसँग भेटघाट गरेको समेत आईएनएसले लेखेको छ ।

यसअघि गत वैशाखमा नेकपाभित्र कलह चर्किएपछि राजदूत होउले गरेका राजनीतिक भेटघाट र विकसित घटनाक्रमलाई दिल्लीमा विशेष चासोका साथ हेरिएको थियो ।

त्यतिबेला राजदूत होउले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पार्टीका शीर्ष नेताहरूलाई समेत भेटेकी थिइन् । र, केही दिनको तनावपछि पार्टीको कलह थामथुम भएको थियो । त्यतिबेला पनि भारतीय विश्लेषक र मिडियाले राजदूत होउमाथि नेपालको राजनीतिमा हस्तेक्षप गरेको आरोप लगाएका थिए । राजदूत होउकै सक्रियताका कारण नेकपाभित्रको विवाद सुल्झिएको दाबी गरेका थिए ।

भर्खरै प्रकाशित

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…

शुक्रबार मध्यरातिबाट रोकिनेछ भारतीयसहित १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार…

दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् ।…

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…