जम्मू कश्मीरमा नेपालीभाषीलाई अब स्थायी बासिन्दासरह अधिकार दिइने

श्रीनगर । भारतको जम्मू तथा कश्मीरमा वर्षौँदेखि बसोबास गर्दै आइरहेका नेपालीभाषीलाई अब स्थायी बासिन्दासरह अधिकार दिइने भएको छ। भारत सरकारले गत मार्चमा जारी गरेको निवाससम्बन्धी नियम अनुसार नेपालीभाषी ‘गोर्खा’ले सो अधिकार पाउने भएका हुन्।

अधिकार प्राप्त गर्नका लागि नेपालीभाषी ‘गोर्खा’ले आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। उक्त प्रक्रिया पूरा गर्नेले त्यस क्षेत्रका स्थायी बासिन्दासरह अधिकार प्राप्त गर्न सक्ने प्रमाणपत्र पाउने बताइएको छ। भारत सरकारले ल्याएको सो नियम गत मार्च १८ बाटै कार्यान्वयनमा आइसकेको भारतीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

भारत सरकारले गरेको यस्तो निर्णयले नेपालीभाषी गोर्खा समुदायमा खुसी छाएको अखिल जम्मू तथा कश्मीर गोर्खा सभाकी अध्यक्ष करुणा क्षेत्रीले बतान्। त्यस्तै प्रमाणपत्रका लागि अहिले गोर्खाहरूले आवेदन दिइरहेको जानकारी दिइन्। ‘अहिले कतिले पाइसकेका छन्। कतिले अनलाइन आवेदन दिएका छन्।’ उनले भनिन्, ‘कतिले कागजमा पनि आवेदन दिएका छन्।’

क्षेत्रीका अनुसार नयाँ व्यवस्थाले गोर्खा समुदायलाई धेरै अधिकार दिनेछ। उनले भनिन्, ‘यो अधिकार पाएपछि अब हाम्रो बच्चाहरूले पनि राज्यको नोकरी गर्न सक्छन्। पहिले फौजमा मात्र जान पाउँथे।’

पहिले भारतको संविधानको धारा ३७० र ३५(ए ले जम्मू(कश्मीर राज्यलाई विशेष राज्यको मान्यता दिएको थियो। जसअनुसार उक्त राज्यलाई आफ्नो छुट्टै संविधान र झण्डा राख्ने अधिकार थियो भने त्यहाँ अन्य राज्यका मानिसहरूले अचल सम्पत्ति जोड्न, राज्यस्तरको सरकारी सेवामा प्रवेश गर्न र अध्ययनमा छात्रवृत्ति नपाउने नियम थियो।

तर अब नेपालीभाषीले सहित पाकिस्तानी शरनार्थी, भारतकै अन्य राज्यका व्यक्तिले पनि जग्गा किनबेच गर्न, अचल सम्पत्ति जोड्न, राज्यस्तरका सरकारी सेवामा प्रवेश गर्न र अध्ययनका लागि छात्रवृत्तिका लागि सहभागी हुन पाउनेछन्।

भर्खरै प्रकाशित

अफगानिस्तानी पुरुषहरुको दाह्री नकाट्न नाऊहरूलाई तालिबानको निर्देशन

काबुल । अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले नाऊहरूलाई दाह्री खौरन र छोटो बनाउन प्रतिबन्ध लगाएको छ । इस्लामिक शरिया कानुनको उल्लंघन हुने भन्दै तालिबानले नाऊहरुलाई दाह्री…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…

एकै दिन २ जहाजमा खराबी देखिएको बुद्ध एयरमाथि छानबिन हुँदै

आज सोमबार बुद्ध एयरका २ जहाजमा एकैपटक जसो समस्या देखिएको छ । समस्या देखिएका दुवै जहाज एटीआर–७२ हुन् । सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको ‘९…

साउदीमा रहेका पुरुषसँग भिडियो कलबाट विवाह गरि घर गएकी युवतीको…

सामाजिक संजालको प्रयोग र यसका सकारात्मक अनि नकारात्मक पक्षका घटनाहरु छरपस्ट भईरहदा रोल्पामा अनौठो घटना घटेको छ। फेसबुकको भिडियो कल कुराकानी अनि त्यस पछिको माया…