चलचित्र क्षेत्रको विकास गर्ने हो भने गुटबन्दी त्याग्न : साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र क्षेत्रको विकास गर्ने हो भने गुटबन्दी त्याग्न आग्रह गरेकी छिन् । नेपाली चलचित्र एक शुभचिन्तक भन्दै सामाजिक संजालमा स्टाटस कोर्दै उनले लेखेकी छिन्–‘यदि नेपाली चलचित्रको विकास गर्ने हो भने निर्माताहरुले आफूलाई मै हुँ भन्ने भावना नराखी नव–कलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्छ ।

साथै, समुहगत स्वार्थ राखी स्थापित कलाकारप्रति पक्षपात व्यवहार र गुटबन्दी गरि चलचित्रहरु खेल्न नदिई चलचित्र क्षेत्रबाटै पलायन गराउने षड्यन्त्रबाट मुक्त समेत हुनुपर्दछ ।’

उनले, चलचित्र क्षेत्रको सुधार नगर्ने हो भने यसमा करिअर बनाउन आउन खोज्ने पढेलेखेका र योग्य कलाकारको खडेरी हुने साथै स्थापित कलाकारहरु विस्थापित हुने समेत बताएकी छिन् । उनले, सबैले आ–आफ्नो कमजोरीलाई सुधार गरि अगाडि बढ्नुपर्ने आवश्यकता समेत औल्याएकी छिन् । यो पनि पढ्नुहोस आफूविरुद्ध झूटा प्रचार नगर्न साम्राज्ञीलाई भुवनको चेतावनी

साम्राज्ञीले नायक भूवन केसीले लेखेको स्टाटसको समेत जवाफ दिएकी छिन् । भूवनले ‘जुन थालमा खायो त्यही थालमा दुलो पार्ने’ भन्दै लेखेको स्टाटसमा साम्राज्ञीले जवाफ दिदै भनेकी छिन्–‘कुनै पनि कलाकारले स्वयंम उसले गरेको मिहिनेत र लगनले कुनै स्थानमा पुगेको हुन्छ ।

कुनै ब्यानरको एक चलचित्र चल्दैमा सोहीलाई बेचेर पछिको पाएको भन्ने तर्क विल्कुलै मिल्दैन । नव–कलाकारहरुलाई कम पारिश्रमिक दिई तिनिहरुको बढी भन्दा बढी फाइदा लिने चलन कहिलेसम्म हुने हो ? कलाकारहरुले प्राप्त गरेको उचाई फगत एक अनुग्रह होइन, उसको लगन र मिहिनेतको फल नै हो ।’

नायक भूवन केसीले आफ्नो प्रतिष्ठामा आघात पुर्याउने काम फेरि पनि चालेमा कानुनी कारवाहीमा जाने बताएका थिए । साम्राज्ञीले यो कुराको जवाफ दिदै लेखेकी छिन्–‘कसैले आफ्नो धारणा व्यक्त गर्न पाउनु उसको संविधान प्रदत मौलिक हक हो । यसमा कसैले वाधा अड्चन गरेमा स्वयंम कानुनी कारवाहीमा पर्न सक्ने कुराको ज्ञान हुन जरुरी छ ।’ साम्राज्ञीले आजका नारीहरु आजका नारीहरु कमजोर नभएको पनि स्पष्ट पारेकी छिन् ।

भर्खरै प्रकाशित

मङ्गल ग्रहमा तीनवटा भूमिगत ताल, हिउँ पग्लिने तापक्रम छैन तर…

मङ्गल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन्। वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन्।…

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कार्तिक १९ गते नेपाल आउंदै

काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउँदै आउने भएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको…

कोरोना भन्दा डरलाग्दो आइसोलेशन ! संक्रमित भन्छन्- त्यहाँ जाँदै नजानुहोस्

इटहरी : १३ दिन इटहरीको आइसोलेशनमा बिताएका रामधुनी-४ का सरोज खतिवडाका लागि आइसोलेशन जेल झै भयो। न राम्रो खाना, न राम्रो व्यवहार। ‘आइसोलेशन अस्पतालजस्तै हुनुपर्ने…

टर्कीका राष्ट्रपति एर्दोआनले अमेरिकालाई पनि दिए धम्की, कोसित भिड्दै हो…

रुसको एस । ४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका विषयमा नेटोका दुई सदस्य मुलुक अमेरिका र टर्कीबीच शाब्दिक ल’डाइँ चलिरहेको छ । टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले…

गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण भेटिएन : अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त…