डीएसपीसहित आठ प्रहरीमाथि आ’क्रमण गर्ने विकास दुवे नेपालमा लुकेर बसेको दाबी

२२ असार, काठमाडौं । भारतको शिवसेना पार्टीले फरार अभियुक्त विकास दुवे नेपालमा लुकेर बसेको दाबी गरेको छ । अहिले नेपाल–भारत सम्बन्ध राम्रो नभएको भन्दै शिवसेनाले भोलिको दिनमा विकास दुवे पनि भारतका लागि नेपालको दाउद इब्राहिम बन्न सक्ने चेतावनीसमेत दिएको छ ।

उत्तर प्रदेशको भारतीय जनता पार्टीको आलोचना गर्ने क्रममा सोमबार शिवसेनाले यस्तो बताएको हो । शिवसेनाले पार्टीको मुखपत्र ‘साम्ना’को सम्पादकीयमा योगी आदित्यनाथको सरकारले ४० भन्दा धेरै मुद्दा उनीमाथि हुँदा पनि विकास दुवेलाई इन्का’उन्टर गर्नुपर्ने मानिसको सूचीमा नराखेको भन्दै सरकारको आलोचना गरिएको छ ।

हालै कानपुरमा विकास दुवे र उनको समूहले प्रह’रीमाथि गरेको आ’क्रम’णमा डीएसपीसहित आठ प्रहरी मा’रिएका थिए । प्रहरीले अहिलेसम्म विकास दुवेका एक सहयोगीलाई प’क्राउ गरेको छ । अबको केही समयमा नै विकास दुवे पनि प’क्राउ पर्ने दाबी सरकारले पनि गरेको छ ।

शिवसेना पार्टीको मुखपत्र ‘साम्ना’को सम्पादकीयमा ४० वर्षअघि पनि यस्तो आ’क्रम’णमा ११ प्रहरी मा’रिएको घ’टना उल्लेख गर्दै योगी आदित्यनाथ नेतृत्वको उत्तरप्रदेश सरकारले राज्यमा के कस्ता परिवर्तन गरे भन्ने प्रश्न उठाइएको छ ।

अहिले मानिसहरु कोरोना भाइरसको कारण घरभित्रै बसेको र भोलिका दिनमा अ’पराधीहरुबाट बच्न घरमा नै बस्नुपर्ने अवस्था आउन सक्ने शिवसेनाले चेतावनी दिएको छ । अहिले भारतको प्रहरीले विकास दुबेविरुद्धको का’रबाहीलाई तीव्रता दिएको छ ।

उनलाई ल्याउन सक्ने मानिसलाई सरकारले एक लाखको पुरस्कार घोषणा गरेको छ । साथै प्रहरीले उनको अवैध सम्पत्ति र बैंकमा रहेको पैसा पनि जफत गरिने बताएको छ ।

भर्खरै प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित…

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल…

यस्तो रहेछ फेसबुकले ‘म्यासेञ्जर एप’ रंगीविरंगी बनाउनुको कारण

काठमाडौं । यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला…

बाँस्कोटाको ७० करोड रुपैयाँ घुस प्रकरणको मुद्दा तामेलीमा राख्ने अख्तियारको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको…

उपचार गर्न नसक्ने संक्रमितको सरकारले गर्ने भनेकै छ त, भ्रम…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय,…

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…