फ्रान्सका प्रधानमन्त्री प्रधानमन्त्री पदबाट राजीनामा दिएर नगरप्रमुखको पद रोजे

फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएर नगरप्रमुखको पद रोजेका छन् । स्थानीय निर्वाचनमा आब्र क्षेत्रबाट नगरपालिका प्रमुखमा उमेदवारी दिएका उनी प्रधानमन्त्रीको कार्यब्यस्तताका कारण निर्वाचनका बेला एकपटक पनि आफ्नो नगरपालिकामा प्रचारप्रसार गर्न फर्किएका थिएनन् ।

आफ्ना ईमान्दार कार्यकर्ता र उनको ईमान्दारिताका कारण निर्वाचनमा उपस्थित नै नहुँदा पनि उनलाई जिताएपछि उनले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर नगरप्रमुखमै बस्ने निर्णय गरेका हुन् । फिलिप नगरप्रमुखमा विजयी भएको फ्रान्स२४ डटकमले जनाएको छ ।

कम बोल्ने, देश र समाजका लागि चौबिसै घण्टा काममा खटिने र निस्कलंकित उनको छविका कारण राष्ट्रपति एमानुयल माक्रोंले उनलाई १५ मे २०१७ मा प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । विवादमा पर्नै नचाहने, कम बोल्ने, धेरै खट्ने र कानुनका ज्ञातासमेत भएकाले उनी राष्ट्रपतिका निकट सहयोगीसमेत थिए ।

आफूले नगरबासीसित चुनावको प्रचार त के हात मिलाउनसमेत नपाउँदा पनि जिताएकोमा भावुक बनेका उनले शुक्रबार प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए । शनीबार उनको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री पदबाट राजीनामा गरि नगरप्रमुख बनेर फिलिपले धेरैलाई आश्चर्यमा पारिदिएका छन् ।

अलजजिरा र बीबीसीका अनुसार उनी फ्रान्समा राष्ट्रपति माक्रोंभन्दा लोकप्रिय मानिन्छन् । उनी २०१७ मा प्रधानमन्त्री नियुक्त भएका थिए । उनलाई २०२२ मा हुने निर्वाचनमा राष्ट्रपति माक्रोंका प्रतिस्पर्धीका रुपमा पनि हेरिएको छ । फिलिपको राजीनमापछि राष्ट्रपतिले जाँ कासेकलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।

भर्खरै प्रकाशित

अफगानिस्तानी पुरुषहरुको दाह्री नकाट्न नाऊहरूलाई तालिबानको निर्देशन

काबुल । अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले नाऊहरूलाई दाह्री खौरन र छोटो बनाउन प्रतिबन्ध लगाएको छ । इस्लामिक शरिया कानुनको उल्लंघन हुने भन्दै तालिबानले नाऊहरुलाई दाह्री…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…

एकै दिन २ जहाजमा खराबी देखिएको बुद्ध एयरमाथि छानबिन हुँदै

आज सोमबार बुद्ध एयरका २ जहाजमा एकैपटक जसो समस्या देखिएको छ । समस्या देखिएका दुवै जहाज एटीआर–७२ हुन् । सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको ‘९…

साउदीमा रहेका पुरुषसँग भिडियो कलबाट विवाह गरि घर गएकी युवतीको…

सामाजिक संजालको प्रयोग र यसका सकारात्मक अनि नकारात्मक पक्षका घटनाहरु छरपस्ट भईरहदा रोल्पामा अनौठो घटना घटेको छ। फेसबुकको भिडियो कल कुराकानी अनि त्यस पछिको माया…