नेपाल सुध्रिएन भने हामी कुनै सामान दिन्नौं, नेपालका लागि मुश्किल घडी आउँछ : भारतीय व्यापारी

काठमाडौं । गलवान उपत्यकामा २० जना सैनिक मा’रिएपछि भारतमा चीनप्रति जनस्तरमा आ’क्रोश बढेको छ। भारतीय नागरिकले चिनियाँ सामग्रीलाई ‘बाइकट’ अभियान चलाएका छन्। भारत र चीनका सेनाबीच झ’डप हुनुअघि देखिनै नेपाल र भारतबीच सम्बन्धमा उतारचढाव आएको छ।

सन् १८१६ को सुगौली सन्धीअनुसार नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतले आफ्नो नक्सामा हालेपछि नेपाल असन्तुष्ट भयो। सडकमा प्र’दर्शन भए। नेपाल सरकार नक्सा सच्याउन कुटनीतिक पहलमा लागिरह्यो। यहीँ बीचमा भारतले नेपाल चिढ्याउने अर्को कदम चाल्यो, नेपाली भूमि भएर मानसरोवर जोड्ने सडकको ट्रयाक उद्घाटन। यो कदमले नेपालमा आन्दोलन चर्कियो। सरकार पनि एक्सनमा उत्रियो। लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपाली नक्सामा समावेश गरियो। संविधान संशोधन गरियो। यी क्षेत्र नजिकै सुरक्षा उपस्थिति पनि बलियो बनाइयो।

त्यतिमात्रै होइन नेपाली भूमि आफ्नो नक्सामा हाल्ने, आ’क्रा’मक रुपमा सडक बनाएर हेपाहा प्रवृतिको काम जसरी भारतले गर्‍यो त्यसैगरी नेपाल आ’क्रामक रुपमा अगाडि बढ्यो। नेपाल आ’क्रामक हुँदा भारतीयहरु रिसाए जसरी सुरुमा भारत आ’क्रामक हुँदा नेपाली आ’क्रोशित भएका थिए।

नेपाल आफ्नो जमिनमा स्वामित्व खोज्दा भारतीयको पारो यति तात्यो कि उनीहरु नेपालसँग व्यापार नगर्ने भनिरहेका छन्। आफ्नो जमिनमा चिनियाँ सेना आउँदा कसरी दुख्दो रहेछ उनीहरुले बारम्बार महसुस गरिसकेका छन्। तर, वर्षौदेखि हाम्रो भूमिमा सेना राखेर अझ उल्टै हामीलाई चेतावनी दिँदा उनीहरुले चीनका कारण महसुस भएको दु:ख बिर्सिरहेका छन्।

अर्थात नेपालसँग बडेभाईको जस्तो भूमिकामा प्रस्तुत भइरहेका छन्। वास्तवमा जसले दु:ख महसुस गरेको हुन्छ उसले बुझ्छ भन्ने मान्यता छ। तर, भारतीयहरु आफ्नो जमिनमा मिचिँदा वा जमिनमा कोही आउँदा जसरी आफ्नो रगत उम्लिन्छ त्यसैगरी अर्काको मिच्दा उनीहरुलाई पीडा हुन्छ होला भन्ने हेक्का राख्दैनन्।

अब कुरा गरौं भारतीयहरुको चेतावनीको। नवभारत टाइम्सले एउटा भिडियो रिपोर्ट बनाएको छ। रिपोर्टमा अहिले भारतमा चिनियाँ सामान बाइकट अभियान चलिरहेको र चीनतिरको रिस भारततर्फ पनि देखिन थालेको दावी गरिएको छ।

रिपोर्टमा भनिएको छ:

भारतका व्यापारी ठूलो संख्यामा नेपाललाई अत्यावश्यक सामान निर्यात गर्छन्।

नेपालले भारतीय इलाकालाई आफ्नो नक्सामा समावेश गर्‍यो। त्यसयता नेपाल सरकार भारतविरु’द्ध लगातार वयानबाजी गर्दै आइरहेको छ।

यसले पश्चिम बंगालका व्यापारीलाई निराश गरिदिएको छ।

उनीहरुले चेतावनी दिएका छन कि नेपालले आफ्नो रवैया बदलेन भने व्यापार पूर्ण रुपमा बन्द गर्नेछौं। साथै सरकारसँग पनि माग गर्नेछन्, नेपालमा हुने निर्यातमा पूर्ण रुपमा रोक लगाइदेउ।

एक जना व्यापारीले भिडियोमा भनेका छन्

हामी लामो समयदेखि नेपाललाई मालसमान दिएर सहयोग गरिरहेका छौं। तर जसरी भारतीय भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपाल सरकारले आफ्नो नक्सामा देखाएको यसले हामी सबै व्यापारीलाई सोच्न बाध्य बनाएको छ।’

यति सहयोग गर्दा नेपाल हाम्रो भूमिलाई आफ्नो नक्सामा देखाउँदैछ।

यसकारण हामी नेपालसँग व्यापार गर्दैनौं। भारत सरकारलाई निर्यातमा रोक लगाउन भन्नेछौं।

भारतीय भूमि नेपालले आफ्नो नक्सामा देखाउनु दु:खको कुरा हो।

नेपाल सुध्रिएन भने हामी कुनै सामान दिने छैनौं। नेपालले सोच्नुपर्छ। जबसम्म सच्चिँदैन तबसम्म हामी व्यापार गर्दैनौं।

रिपोर्टमा पश्चिम बंगालजस्तै अन्य राज्यले पनि नेपालविरुद्ध कदम उठाए नेपालका लागि मुश्किल घडी हुनसक्ने उल्लेख छ। तर भारतीय व्यापारीले भुल्न नहुने कुरा के हो भने उनीहरुले हामीलाई नि:शुल्क सामान दिएका होइनन्।

उनीहरुले रोक लगाए अर्को ठाउँबाट आउँछ। आइतवारमात्रै पश्चिमको बनबासाका व्यापारीले लकडाउनका कारण सीमा बन्द हुँदा व्यापार ठप्प भएको र बजार नेपालीमा निर्भर रहेको भन्दै विज्ञप्ति निकालेका थिए। यसले के देखाउँछ भने सामान नदिए उनीहरुकै व्यापारमा गिरावट आउनेछ।

भर्खरै प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित…

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल…

यस्तो रहेछ फेसबुकले ‘म्यासेञ्जर एप’ रंगीविरंगी बनाउनुको कारण

काठमाडौं । यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला…

बाँस्कोटाको ७० करोड रुपैयाँ घुस प्रकरणको मुद्दा तामेलीमा राख्ने अख्तियारको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको…

उपचार गर्न नसक्ने संक्रमितको सरकारले गर्ने भनेकै छ त, भ्रम…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय,…

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…