पानिको विषयलाई लिएर भारत र भुटानको पनि सम्बन्ध बिग्रियो, भारतसँग सबै छिमिकेको सम्बन्ध खराब

विगत केही दिनयता छिमेकी मुलुकहरूसँग भारतको सम्बन्ध बिग्रिँदै गएको छ । कुरा चाहे बंगलादेशसँग होस् वा नेपालसँग, यी छिमेकी राष्ट्रबाट आएका विभिन्न प्रतिक्रियाले भारतका लागि कूटनीतिक बाटो अलि असहज भएको देखाउँछ । यसरी भारतसँग सम्बन्ध बिग्रिरहेको मुलुकको सूचीमा भुटानको नाम पनि थपिएको छ ।

हालै भुटानको सीमासँग जोडिएको आसामको बाक्सा जिल्लामा सैयौं किसानले ना’राबाजी गर्दै भुटानविरु’द्ध प्र’दर्शन गरे । सीमापारिको काला नदीबाट सिँचाइका लागि आउने पानी भुटानले बन्द गरिदिएको ती किसानको आरोप थियो । भारतीय मिडियाले यो विषयलाई समाचार बनाएपछि भुटानको विदेश मन्त्रालय पनि बोल्न बाध्य भएको थियो ।

भुटानको दक्षिणपूर्वी भागस्थित समड्रोप जोंगखार सहर भारतीय राज्य आसामको सीमासँग जोडिएको छ । भुटानको यो सीमाको नजिकै आसामतिर दरंगा, बोगाजुली, ब्रहमपाडा लगायतका कुल २६ वटा गाउँ छन् । त्यहाँका प्रायः सबै जनता कृषिमा निर्भर छन् ।

ती गाउँ वास्तवमै धेरै पिछडिएका छन् । त्यहाँका किसान वर्षौंदेखि भुटानबाट आउने सोही नदीको पानीले खेती गर्ने गर्छन् । तर पानी नआएपछि भुटानलाई पानी रोकेको आरोप लगाउँदै उनीहरू विरोधमा उत्रिएका हुन् ।

किसानले उक्त नदीबाट सन् १९५१ देखि पानी उपभोग गर्दै आइरहेका छन् । तर यति लामो समयमा उनीहरूलाई कहीँ कतै कुनै असुविधा भएन । अहिले पानी नपाउँदाको असुविधालाई लिएर कालीपुर बोगाजुली काला नदी आञ्चलिक बाँध कमिटी गत जुन २२ मा धर्नासमेत बसेको थियो ।

विगत आठ वर्षदेखि उक्त कमिटीको अध्यक्ष पद सम्हाल्दै आएका महेश्वर नार्जरीले भने, ‘भुटानसँग हाम्रो सम्बन्ध निकै पुरानो छ । यतिका वर्षसम्म उनीहरूका तर्फबाट हामीलाई कुनै समस्या भएन । तर, हामी किसानले पानी पाएनौं भने हाम्रो जीवन चल्दैन ।

उब्जाउ नै हुँदैन । यहाँ भोकमरी फैलिन्छ । धर्ना र प्रदर्शन गर्नुअगाडि हामीले समस्या समाधानका लागि स्थानीय प्रशासनसँग पनि पहल गरेका थियौं । तर कसैले नसुनेपछि धर्ना बस्नु प¥यो । त्यसैले दुवै देशका सरकार मिलेर यो समस्या समाधान गर्नुपर्छ । हामीले भनेको यति मात्र हो । प्रदर्शनका क्रममा हामीले भुटानलाई कुनै नराम्रा शब्द पनि प्रयोग गरेका छैनौं ।’

विगत केही सातायता धर्नामा बसेका किसानले पानी पाउने आशा छ त ? यस विषयमा नार्जरी भन्छन्, ‘भुटानले कोभिड-१९ का कारण सबै सीमा बन्द गरेको छ । त्यसैले हामीलाई चाहिने पर्याप्त पानी पाइएको छैन । किनभने आवश्यक पानी हामीहरूले पहिले आफैं पनि कुलोबाट ल्याउने गरेका थियौं ।’

भारत-भुटान मित्रता संघका सल्लाहकार सदस्य त्सेरिङ नाम्गेलले पनि पानी रोक्ने कुरालाई लिएर भुटानमाथि लागेको आरोप गलत भएको बताएका छन् । उनी भन्छन्, ‘भुटान-भारत सम्बन्धको इतिहास निकै पुरानो छ । भारतीय मिडियाले समाचार बढाइचढाइ गरी लेखेकाले यो समस्या उत्पन्न भएको हो’, उनी भन्छन्, ‘जब कि हामीले मजदुरलाई पैसा दिई नहर खनाएर पानी पठाएका छौं । केही समस्या भए पनि यो छिटै समाधान हुन्छ ।’

यसो भन्छ भुटान

सीमावर्ती भारतीय किसानले गरेको विरोध र पानी रोकेको आरोपको जवाफ दिँदै भुटानको विदेश मन्त्रालयले जुन २६ मा भनेको छ, ‘२४ जुन, २०२० मा भारतमा प्रकाशित कैयौं लेखमा भुटानले पानी रोकेको आरोप लगाइएको उल्लेख छ । तर, यी तमाम आरोप आधारहीन छन् । किनभने यो समयमा पानी रोक्नुको कुनै कारण नै छैन ।’ भुटानको विदेश मन्त्रालयले स्पष्ट पार्दै भन्यो, ‘आसामका किसान कैयौं दशक अघिदेखि नै भुटानको जलस्रोतबाट लाभान्वित छन् । अहिले कोभिड-१९ को महामारीमा पनि उनीहरूले यसको फाइदा लिइरहेका छन् । तर, अहिले लकडाउनका कारण भारत र भुटान दुवैको सीमा बन्द भएकाले केही समस्या आएको छ । तर, उनीहरूको बिजोग हुने अवस्था भने छैन ।’

भुटानको नाममा राजनीति

यसैबीच भारत-चीन तनावको माहोलमा भुटानको नाम जोडेर सत्ताधारी बीजेपीमा राजनीतिक दबाब बनाउने कोसिस भइरहेको बताइन्छ । बीजेपीका स्थानीय नेताले पानी रोकेको नाममा भारत-भुटान सम्बन्ध बिगार्नुका पछाडि राजनीति घुसेको आरोप लगाएका छन् ।

आसाम सरकारका मुख्य सचिव कुमार सञ्जय कृष्णाले भुटानको पानी रोक्ने कुरा मिडियामा आएपछि ट्विट गरेर भनेका छन्, ‘अहिले मिडियामा आएको कुरा गलत हो तर भारतीय क्षेत्रमा औपचारिक सिँचाइ च्यानलमा प्राकृतिक अवरोध हुनु यसको वास्तविक कारण हो । भुटानले यो रोकावट हटाउन मद्दत गरिरहेको छ ।’

भारत-भुटान सम्बन्ध

भुटानसँग लामो समयसम्म भारतले कैयांै अनौठा र विशिष्ट सम्बन्ध बनाइसकेको छ । सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमणको रूपमा भुटान नै रोजे । छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध राम्रो बनाउनु सरकारको पहिलो प्राथमिकता हो भनेर मोदीले बारम्बार भन्दै पनि आएका छन् ।

भारत स्वतन्त्रतापछि बनेका प्रधानमन्त्री जवाहरलाल नेहरूको पालादेखि नै भुटानसँगको सम्बन्ध निकै राम्रो छ । सन् १९५८ मा नेहरूले भुटान भ्रमण गरेका थिए । उनले भुटानलाई भारतको सधैं समर्थन रहने बताएका थिए । त्यसपछि उनले संसद्मा पनि घोषणा गरे— भुटानविरुद्ध कुनै पनि हमला भएमा भारतमै हमला भएको मानिनेछ र भुटानलाई सहयोग गरिनेछ ।

दुवै देशबीच राजनीतिक सम्बन्ध राम्रै भए पनि सीमावर्ती गाउँमा देखिएको पानीको यो समस्याले सम्बन्ध चिस्याउने हो कि भन्ने अड्कलबाजी गरिन थालेको छ । सीमावर्ती गाउँमा विगत २० वर्षदेखि काम गरिरहेका राजु नार्जरीले पानी नपाउने समस्या स्थानीय समस्या रहेको बताएका छन् ।

सन् २००३ मा भुटानको प्रवेशद्वार र यस वरिपरिको सीमामा बार लगाइएको थियो । दुवैतर्फ सुरक्षा बल तैनाथ गरिएको छ । त्यसभित्र जाँदा अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिएको छ । खेतीकिसानी गर्ने मानिसलाई पनि भुटान छिर्न पहिलेजस्तो सजिलो छैन । ब्रेकर ः भारत-चीन तनावको माहोलमा भुटानको नाम जोडेर सत्ताधारी बीजेपीमा राजनीतिक दबाब बनाउने कोसिस भइरहेको बताइन्छ । बीजेपीका स्थानीय नेताले पानी रोकेको नाममा भारत-भुटान सम्बन्ध बिगार्नुका पछाडि राजनीति घुसेको आरोप लगाएका छन् ।

भर्खरै प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित…

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल…

यस्तो रहेछ फेसबुकले ‘म्यासेञ्जर एप’ रंगीविरंगी बनाउनुको कारण

काठमाडौं । यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला…

बाँस्कोटाको ७० करोड रुपैयाँ घुस प्रकरणको मुद्दा तामेलीमा राख्ने अख्तियारको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको…

उपचार गर्न नसक्ने संक्रमितको सरकारले गर्ने भनेकै छ त, भ्रम…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय,…

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…