भारतीयको उत्पटाङ्ग : सुनकै मास्क लगाउँदा पनि सर्वत्र आलोचना

काठमाडौं। कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित बनिरहेको छ । यस्तो अवस्थामा कोरोनाबाट बच्न हरेकले मास्कको प्रयोग गरिरहेका छन् । यसैबीच मास्कको बिषयमा हालै एक चर्चा चलेको छ ।

अहिले सामाजिक सञ्जालमा एक अनौठो मास्कको तस्बिर भाइरल बनिरहेको छ । एक व्यक्तिले लगाएको सुनको मास्कको चर्चा भइरहेको छ ।

समाचार एजेन्सी एएनआइका अनुसार महाराष्ट्रका शंकर कुराडेले सुनको मास्क लगाएका छन् । सुनका गहना लगाउन सौखिन उनले सुनको मास्क बनाएका हुन् । गोल्डेन म्यान भनेर पनि चिनिने शंकरले सामान्य समयमा पनि करिब ३ किलो सुनका गहना लगाएर हिँड्ने गर्छन् ।

अहिले उनले ५० ग्रामभन्दा धेरै तोलको सुनको मास्क लगाउका छन् । यसको मूल्य भारति बजारमा २ लाख ८९ हजार भारतीय रुपैयाँ पर्ने बताइएको छ ।

यस मास्कमा साना साना प्वाल बनाइएको छ, जसबाट स्वास प्रवाहका लागि समस्या हुँदैन । अहिले उनले सुनको मास्क लगाएको तसिबर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

जताततै आलोचना 

पुरै भारत महामारीको चपेटामा परिरहेको बेला सुनको मास्क प्रयोग गरेर चर्चा कमाउन खोजेको भन्दै यिनै व्यक्तिको आलोचना भइरहेको छ। भारतीय एक ट्विटर प्रयोगकर्ताले लेखेका छन् ‘हाम्रो देशमा करोडौं नागरिक घरबार बिनिन भएर बसेका छन्, यस्तो अवस्थामा उनीहरुलाई आर्थिक सहयोग गर्नुको साटो सुनको मास देखाउदै हिड्ने ढङ्ग नभएका भारतीय हुन्।’ अर्का एक जनाले पनि त्यस्तै प्रतिक्रिया दिएका छन् ‘पैसाले सबैथोक किन्न पाइन्छ तर सामान्य बुद्धि किन्न पाइन्दै भनेको यही हो।’ त्यसो त  शंकर कुराडेले सुन मास्कको प्रयोग कोरोन भाइरसबाट बच्नका लागि भन्दा पनि आफ्नो सम्पति प्रदर्शन गर्नका लागि लगाएका थिए।

भर्खरै प्रकाशित

अफगानिस्तानी पुरुषहरुको दाह्री नकाट्न नाऊहरूलाई तालिबानको निर्देशन

काबुल । अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले नाऊहरूलाई दाह्री खौरन र छोटो बनाउन प्रतिबन्ध लगाएको छ । इस्लामिक शरिया कानुनको उल्लंघन हुने भन्दै तालिबानले नाऊहरुलाई दाह्री…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…

एकै दिन २ जहाजमा खराबी देखिएको बुद्ध एयरमाथि छानबिन हुँदै

आज सोमबार बुद्ध एयरका २ जहाजमा एकैपटक जसो समस्या देखिएको छ । समस्या देखिएका दुवै जहाज एटीआर–७२ हुन् । सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको ‘९…

साउदीमा रहेका पुरुषसँग भिडियो कलबाट विवाह गरि घर गएकी युवतीको…

सामाजिक संजालको प्रयोग र यसका सकारात्मक अनि नकारात्मक पक्षका घटनाहरु छरपस्ट भईरहदा रोल्पामा अनौठो घटना घटेको छ। फेसबुकको भिडियो कल कुराकानी अनि त्यस पछिको माया…